किन गएनन प्रधानमन्त्री ओली जनयुद्ध दिवस कार्यक्रममा ?

काठमाडौं । आज फागुन १ गते तत्कालीन विद्रोही नेकपा माओवादीले सशस्त्र विद्रोह थालेको दिन । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले जनआन्दोलन तथा जनयुद्धका शहीदको स्मृतिमा श्रद्धाञ्जलीसभा आयोजना गरेर मनायो ।

पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा आयोजित कार्यक्रममा नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, वरिष्ठ नेता झलनाथ खनाल, माधवकुमार नेपाललगायतका नेताहरु सहभागी थिए ।

कार्यक्रममा पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली भने अनुपस्थित भएनन् । कार्यक्रममा प्रधानमन्त्री ओली सहभागी नहुने केही दिनअघि देखि नै चर्चा थियो । गत वर्षको कार्यक्रममा पनि प्रधानमन्त्री ओली सहभागी भएका थिएनन । त्यसैले आज पनि प्रधानमन्त्री ओली स्वभाविक रुपमा कार्यक्रममा सहभागी नभएको बताइन्छ ।

पार्टी एकतापछि कार्यक्रमको नाम परिवर्तन गरेर ‘जनआन्दोलन तथा जनयुद्धका शहीदहरुप्रति श्रद्धाञ्जली’ राखिएको हो ।

२०५२ साल फागुन १ गतेदेखि तत्कालीन माओवादीले जनयुद्ध घोषणा गरेको थियो ।२०६३ साल मंसीर ५ गते विस्तृत शान्ति सम्झौता गरेपछि सशस्त्र विद्रोह औपचारिक रूपमा अन्त्य भएको थियो ।

तपाइको प्रतिक्रिया
(Visited 159 times, 1 visits today)

Ads Space Available

epaper

राजधानी दैनिकमा वार्षिक ग्राहक न्यानो उपहार योजना

भर्खरै

२ सय ३ एकल महिलालाई ब्ल्याङ्ककेट

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
पोखराको मेयरमा धनराज आचार्य उपमेयरमा मञ्जुदेवी गुरुङ