Tuesday, June 22, 2021
Home बिचार सिमाना अतिक्रमण या कब्जा ?

सिमाना अतिक्रमण या कब्जा ?

,

नेपाल भारतबीच रहेको १ हजार ७ सात ५१ किलोमिटर लामो सीमा आधुनिक नेपाल स्थापनापछि तत्कालिन इस्ट इन्डिया कम्पनी सरकार र नेपाल सरकारबीच सन् १८१६ मा सुगौली सन्धिपछि कायम भएको सीमाक्षेत्र हो । भारत स्वतन्त्र भएपछि पनि नेपालको सिमाना त्यही सन्धिअनुसार नै कायम रहेको हो । त्यसपछिका दिनमा नेपाल र भारतबीचका कैयौं ठाउँमा सीमा विवाद आएका छन् । तीमध्ये नेपालको कालापानी, लिपुलेख र लिम्पियाधुरा सबैभन्दा ठूलो अतिक्रमित भूभाग हो । यो भूभाग नेपालकै हो भन्ने कैयौं तथ्य नेपालसँग हुँदाहुँदै पनि भारतीय सेनाले त्यस भूभागमा क्याम्प खडा गरेर बसेको छ । पछिल्लो समय उक्त स्थानबाट चीनसँग जोडिने सडक निर्माणपछि त्यसको बहस उत्कर्षमा पुग्न आएको देखिन्छ ।

लिपुलेख नेपाल र चीनको सिमाना रहेको भन्ज्याङ हो । नेपालको भूमि भए पनि यसको नियन्त्रण विगत दशकौंदेखि भारतले गर्दै आएको छ । प्राचीन समयदेखि व्यापारी र भक्तजन तिब्बत यात्राका लागि यो बाटो प्रयोग गर्दै मानसरोवरको यात्रा गर्दै आइरहेको तथ्य स्पस्ट छ । नेपालको सहमतिबिना सन् २०१५ मा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको चीन भ्रमणका बेला लिपुलेकलाई व्यापार वृद्धिका लागि प्रयोग गर्ने विवादास्पद समझदारी गरेका थिए । यो समझदारी अन्तर्राष्ट्रिय मान्यताविपरीत थियो । नेपालले उक्त सम्झौताको विरोध गरेको इतिहास हामीसामु प्रस्ट छ । उक्त समझदारी भएपश्चात् नेपालका राजनीतिक दल, नागरिक समाज, विद्यार्थी संगठनलगायत सबैले आन्दोलन गरी विरोध जनाएका थिए ।

केही समयअघि भारतीय रक्षामन्त्री राजनाथ सिंहले नेपालको भूमि कालापानी र लिपुलेकसम्म बाटो निर्माण गर्नका लागि शिलान्यास गरेको समाचार बाहिरिएसँगै पुनः राष्ट्रियताको विषयले प्रवेश पायो र यसको चौतर्फी विवाद सुरु भयो । नेपाल सरकारले मन्त्रिपरिषद्को बैठकबाट नेपालको लिम्पियाधुरा, लिपुलेख, कालापानीको भूमिलाई समेटेर जारी गरेको नयाँ नक्सा नेपालको इतिहासमा एक कासेढुंगा साबित भएको छ । यसमा भारत सरकारले आपत्ति जनाए र भारतीय मिडियाले विरोध गरे पनि सन् १८१६ को इस्ट इन्डिया कम्पनी र नेपालबीच भएको सुगौली सन्धिमा काली नदीपूर्व रहेका लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपालको रहेको स्पष्ट प्रमाण रहेका छन् ।

सन् १८१६ मा भएको सुगौली सन्धिपछि सन् १८२७ मा ब्रिटिस सर्भेयर्स अफ इन्डियाले गढवाल–कुमाउ नाम दिएर नक्सा जारी गरेको छ । त्यस नक्सामा लिम्पियाधुराबाट निस्केको नदीलाई काली नादी भनेर स्पष्टसँग उल्लेख गरिएको छ । सन् १८५६ मा भारतको सर्भेक्षण विभागले प्रकाशन गरेको नक्सामा ‘नेपाल एन्ड कन्ट्रिज एडनोइङ टु द साउथ, इस्ट एन्ड इस्ट कम्पाइल्ड इन अफिस अफ सर्भेयर अफ इन्डिया’ शीर्षकमा उल्लेख गरिएको छ । उक्त नक्साको नोट नम्बर ३ मा जंगबहादुर राणाले नेपाली हाते कागजमा बनाएको नक्साको विवरण पनि त्यसमा समावेश गरिएको छ भनी उल्लिखित छ ।

नेपालले कूटनीतिक तवरबाट आफ्नो भूमि फिर्ता ल्याउन सक्नुपर्छ

यसमा पनि लिम्पियाधुराबाट निस्किएको नदीलाई काली नदी भनी लेखिएको छ । सन् १८५० र १८५६ मा इस्ट इन्डिया कम्पनी र नेपालको सम्झौतामा महाकाली नदीको उद्गम स्थलका रूपमा कालापानी क्षेत्रदेखि १६ किलोमिटर पश्चिमको कुटीयान्दी नदीलाई भनिएको छ, जुन लिम्पियाधुरामा पर्दछ । इस्ट इन्डिया कम्पनिले सन् १९४७ मा भारत छोडेपछि र नेपालमा २००७ सालमा राजनीतिक परिवर्तन आएपश्चात् सीमा नियमनको निरन्तरतामा ब्रेक लागेको देखिन्छ । हालसम्मको नेपालको सिमाना भारतले करिब ७१ ठाउँमा मिचेको छ भने त्यसको हिसाबमा ६६ हजार ६ सय २ हेक्टर जमिन वा भूभाग रहेको छ । सन् १९०३ चीनले प्रकाशन गरेको ‘किङ डाइनेस्टी होल एटलस अफ चाइना’मा नेपालको नक्साको सिमानाको स्रोत लिम्पियाधुरा भई बग्ने काली नदीलाई स्पष्ट उल्लेख गरेको छ । त्रिभुवन विश्वविद्यालयको जर्नलमा डा. हृदयलाल कोइराला र डा. मंगलसिद्धि मानन्धरको संयुक्त आर्टिकलमा काली नदीको उद्गम स्थल लिम्पियाधुराबाट भएको भन्ने उल्लेख गरेका छन् । त्यसैगरी लेखक रतन भण्डारी आफ्नो पुस्तक ‘अतिक्रमणको चपेटामा लिम्पियाधुरा’ मा लेख्छन्, ‘सन् १८१६ देखि सन् १८५६ सम्मका नक्सामा लिम्पियाधुराबाट बग्ने काली नदीलई नै सिमाना मानी प्रकाशन गरेको पाइन्छ र विभिन्न कालखण्डमा प्रकाशित दर्जन बढी नक्सामा पाउन सकिन्छ ।’

राज्यलाई तिरो तिरेको प्रमाणसहित विश्वबन्धु थापा भन्छन्, ‘२०१७ सालमा लिम्पियाधुरा, कुटीयान्दीका जनताले नेपालको सरकारलाई तिरो तिरेका छन्, रणनीतिक हिसाबले तत्कालीन भारतीय प्रधानमन्त्री नेहरूले नेपालको कालापानीको भूभाग तत्कालीन राजा महेन्द्रलाई व्यक्तिगत पत्र लेखी केही समय भारतीय फौज राख्ने र पछि फिर्ता गर्ने पत्र पठाएका थिए । राजा महेन्द्रले भारतका लागि नेपाली राजदूत यदुनाथ खनाललाई आदेश गरेपछि स्वीकृति दिइएको थियो । २०१८ सालको जनगणनामा लिम्पियाधुरा डोटी र बैतडी जिल्लाबाट जनगणनामा परेको थियो, जुन केन्द्रीय तथ्यांक विभागमा अभिलेख जस्ताको तस्तै छ ।’

सरकारले नीति तथा कार्यक्रममार्फत २ जेठको संसद् बैठकमा नेपालको नक्सामा लिपुलेख, कालापानी र लिम्पियाधुराको भूभागलाई समेटेर नयाँ नक्सा जारी गर्ने विषय पास गरी मन्त्रिपरिषद्ले निर्णयबाट नयाँ आधिकारिक नक्सा जारी गरेको छ । यो निर्णय ऐतिहासिक छ । पर्याप्त प्रमाण संकलन गरी कूटनीतिक तवरले सीमा विवाद समाधान गर्नु जरुरी छ । झुकेर होइन, बलियो भएर सीमा रक्षाका लागि अन्तिम कूटनीतिक लडाइँ लड्नु जरुरी छ । यसका लागि सीमा विवादलाई अन्तर्राष्ट्रियकरण गरी अन्तर्राष्ट्रिय सहयोग र साथ लिनुपर्दछ । आन्तरिक रूपमा नेपाली एकजुट भई राष्ट्रियता, राष्ट्रिय अखण्डता र सार्वभौमसत्तालाई बलियो बनाउनुपर्छ ।

भारत र चीनले सन् २०१५ मा व्यापारिक प्रयोजनका लागि भन्दै नेपाललाई नसोधेर लिपुलेक सम्झौता गरे । चीनको अधिकांश औद्योगिक क्षेत्र पूर्वोत्तर क्षेत्रमा अवस्थित भएकाले सडकमार्गभन्दा समुद्रमार्ग नै कयौं हिसाबले सस्तो र सहज देखिन्छ । तर, भारतका लागि मानसरोवर जान सडक बनाउने उद्देश्य मात्र यसमा निहित देखिँदैन । मानसरोवर जाने अरू रुट पनि छन् । यसका पछाडि सुरक्षा रणनीति र पानीको मुहान आफ्नो बनाउने लक्ष्य हुन सक्छ । चीन सडकमार्गबाट भारत प्रवेश गर्न सक्ने सहज र सरल मार्गका रूपमा पनि यसलाई व्याख्या गरिएको पाइन्छ ।

भारत–चीन खिचातानीले नेपाललाई समस्यामा पारेको छ । चीन र भारत दुवै एकअर्कालाई समस्यामा पार्न उद्दत त छँदै छन् । यसमा थप लिम्पियाधुराबाट बगेर आउने काली नदी भारतको गिद्धेदृष्टिले बढी काम गरेको छ । महाकाली सन्धिमा नदीको पानी नेपाल भारत दुवैले आधाआधा प्रयोग गर्ने उल्लेख छ । मुहान नै कब्जा गरियो भने नदीको सम्पूर्ण पानी भारत एक्लैले प्रयोग गर्ने भारतको चाहना देखिन्छ । पानीको अभावमा बाँचिरहेको भारतले रेलका डिब्बाबाट पानी ओसारेर जनता पाल्ने गरेको छ । जेहोस् नेपालले कूटनीतिक तवरबाट आफ्नो भूमि फिर्ता ल्याउन सक्नुपर्छ ।
(लेखक अनेरास्ववियु केन्द्रीय कमिटीमा आबद्ध छन् ।)

(Visited 317 times, 1 visits today)
Loading comments...

आजको समाचार

स्थानीय जातका गाईको गहुँत र लसुन, प्याज खाँदा कालो ढुसीबाट बच्न सकिने

  काठमाडाैं ।   स्थानीय जातका गाईको गहुँत (गोमुत्र) मा नयाँ भेरियन्टसहितको कोरोनासँगै देखिएको कालो ढुसीबाट बचाउने गुण रहेको यस क्षेत्रमा अध्ययनरत व्यक्तिले बताएका छन् ।...

आईएमई लाइफ इन्स्योरेन्सले ६० करोडको आईपीओ निष्कासनका लागि पायो ट्रिपल बी रेटिङ

काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्स कम्पनीले आईपीओ निष्कासनका लागि ‘केयरएनपी ट्रिपल बी’ रेटिङ प्राप्त गरेको छ । रेटिङ एजेन्सी केयर नेपालका अनुसार उक्त रेटिङले...

अर्जेन्टिनासँग पाराग्वे पराजित

लन्डन । कोपा अमेरिका अन्तरगत मंगलबार विहान २ वटा खेल सम्पन्न भएका छन् । दोस्रो खेलमा अर्जेन्टिनाले पाराग्वेलाइ १–० गोल अन्तरले हराएको छ ।...

भक्तपुर नगरले निःशुल्क वाइफाइ जडान गर्ने

काठमाडौं । भक्तपुर नगरपालिकाले भक्तपुरलाई पर्यटकीय गन्तव्य स्थलको रूपमा विकास गर्न र कोभिडबाट प्रभावित पर्यटन व्यवसाय उकास्न चार महिनाको व्यवसाय कर छुट दिने भएको...

रासायनिक मल वा जैविक विषादीको समग्र व्यवस्थापन

देशले कृषिजन्य वस्तु बढाउने लक्ष्य लिए पनि त्यसअनुसार पर्याप्त मल तथा अरू रासायनिक पदार्थ पर्याप्त वितरण गर्न सकेको देखिँदैन । भनिन्छ, कृषिको अत्यधिक उत्पादनका...

साताका लोकप्रिय समाचार

इंग्ल्यान्डको निराशजनक बराबरी

  लन्डन । युरोपेली च्याम्पियनसिपअन्तर्गत समूह ‘डी’को खेलमा इंग्ल्यान्ड घरेलु मैदानमा छिमेकी राष्ट्र स्कटल्यान्डसँग गोलरहित बराबरीमा रोकिएको छ । वेम्वली स्टेडियममा शुक्रबार राति भएको खेलमा...

धुलिखेलकी बालिका भक्तपुर ल्याइ बलात्कार गरेको आरोपमा पक्राउ

भक्तपुर । भक्तपुर नगरपालिका–४ मा रहेको एक गेष्ट हाउसमा धुलिखेलकी १५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा एक युवालाई प्रहरीले पक्राउ गरेको छ । घुमाउन...

योगको उद्गमस्थल नेपालनै हाे, यसलाई सरकारले विश्वव्यापी बनाउने छ : प्रधानमन्त्री

  काठमाडाैं ।  प्रधानमन्त्री केपी शर्मा ओलीले समाजमा भइरहेको सांस्कृतिक अधःपतन र असत्यलाई महत्व दिइने प्रवृत्ति अन्त्यका लागि योग र साधनालाई प्रश्रय दिनुपर्ने बताएका छन्...

खोप लगाएपछि पुरानै लयमा फर्कँदै अमेरिका

वाशिङ्गटन । विगत डेढ वर्षदेखि कोरोना भाइरसका कारणले अस्तब्यस्त भएको अमेरिकी जनजीवन विस्तारै पुरानै लयमा फर्कन थालेको देखिएको छ । महामारीका कारण घर बसिरहँदा...

महाव्याधि र विपदमा पनि कुर्सीकै झल्को !

देश झन्डै ढेड वर्षदेखि नै कोरोना भाइरसको संक्रमणबाट प्रभावित छ । नागरिक प्रताडित छन् भने ८ हजार ५ सय बढी मृत्यु वरण गर्न बाध्य...

ट्रेन्डिङ

आजबाट मन्त्रिपरिषद् बैठक सिंहदरबारमा बस्ने

काठमाडौं । मन्त्रिपरिषद्को बैठक आजबाट सिंहदरबारमा बस्ने भएको छ । झन्डै डेढ वर्षपछि सिंहदरबारमा पहिलोपटक मन्त्रिपरिषद्को बैठक बस्न लागेको हो । यसअघि बालुवाटारस्थित प्रधानमन्त्री निवासमा...

संगठनात्मक पुनः निर्माणका लागि माओवादी केन्द्रद्वारा चार सदस्यीय कार्यदल गठन

काठमाडौं । संगठनात्मक पुननिर्माणका लागि नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) चार सदस्यीय कार्यदल गठन गरेको छ । बुधबार बसेको स्थायी कमिटी बैठकले चार सदस्यीय...

‘कोराना संक्रमणमुक्त भएकासंग दोस्ती कायम गरौं’

काठमाडौं । कोरोना भाइरस संक्रमणमुक्त भएकाहरुलाई अपमान होईन सम्मानपूर्वक व्यवहार गर्नुपर्ने विज्ञहरुले बताएका छन् । संक्रमणमुक्त भएकालाई अंकमाल गर्दा केहि फरक नपर्ने विज्ञहरुको भनाई...

सुनुवाइ हुन नसके संघीय कानुनअनुसार सिधै नियुक्ति

काठमाडौं । संवैधानिक परिषद्ले विभिन्न संवैधानिक निकायमा नियुक्तिका लागि गरेको सिफारिसलाई सभामुख अग्निप्रसाद सापकोटाले फिर्ता गरे पनि कानुनतः नियुक्ति प्रक्रियामा कुनै बाधा नपुग्ने देखिएको...

हिजो एकै दिन १० को मृत्यु

काठमाडौं । स्वास्थ्य मन्त्रालयका अनुसार देशभर हिजो बुधबार थप १० जना कोरोना संक्रमितको मृत्यु भएको छ । काठमाडौं उपत्यकामा पाँचसहित देशभर थप १० कोरोना...

‘माया बैगुनी’ मा दिलिप र उर्मिलाको रोमान्स

काठमाडौं । केहि महिना अघि गायक यम बराल संगको सहकार्यमा 'जवानी ताजा ताजा छ' बोलको म्युजिक भिडियो सार्वजनिक गरेर चर्चा बटुलेकी गायिका उर्मिला लाम्गादेले...

कोराेना त्रास : झापाका पर्यटकीय क्षेत्र सुनसान

झापा । कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमणको त्रासका कारण झापाका पर्यटकीय क्षेत्रमा असर परेको छ । जिल्लाका विभिन्न स्थानमा रहेका पर्यटकीय क्षेत्रमा दैनिक घुम्न आउने...

पूर्वमन्त्री बाँस्कोटालाई काेराेना सङ्क्रमण

काठमाडाैं । पूर्व सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटालाई कोरोना भाइरस (कोभिड १९)को सङ्क्रमण भएको छ । पिसिआर परीक्षणका क्रममा आज पत्नी तारा मानन्धरसँगै आफूलाई...

सम्पादकीय : जरुरी नागरिक अनुशासनको

कोरोना संक्रमण रोकथाम र नियन्त्रणको पछिल्ला प्रयासमा नागरिक अनुशासनको विषय पनि जोडतोडका साथ उठ्न थालेका छन् । पहिले सरकार, स्वास्थ्यसँग सम्बन्धित निकाय र स्वास्थ्यकर्मीहरूसँग...

गण्डकी प्रदेश ढकाल प्यानलको पक्षमा

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा गण्डकी प्रदेशअन्तर्गतका सम्पूर्ण जिल्ला नगर अध्यक्षले वरिष्ठ उपाध्यक्ष पदका उम्मेदवार चन्द्रप्रसाद ढकालको प्यानलको पक्षमा देखिएको छ...

कोरोना घटेपछि बलिउडकर्मी आशावादी

मुम्बई । दुई महिनादेखि कोरोनाको महामारीले जकेडिएको बलिउड नगरी मुम्बईमा दुई साता यताबाट कोरोनाको प्रभाव केही कम भएको छ । कोरोनाको महामारी बढेपछि त्यहाँ...

राष्ट्रियसभा बैठक अनिश्चितकालका लागि स्थगित

काठमाडौं । राष्ट्रियसभाको बैठक अनिश्चितकालका लागि स्थगित भएको छ । कोरोना भाइरसको संक्रमणको जोखिमका कारण बैठक स्थगित गरिएको हो । कोरोना भाइरसको संक्रमण रोक्न...

ई-पेपर

1

RAJDHANIDAILY VIDEO

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 175 times, 1 visits today)