Sunday, May 9, 2021
Home प्रमुख स्वास्थ्य सामग्री खरिदबारे यस्तो छ सेनाको प्रष्टीकरण

स्वास्थ्य सामग्री खरिदबारे यस्तो छ सेनाको प्रष्टीकरण

,

काठमाडौं । नेपाली सेनाले कोरोना रोकथाम तथा नियन्त्रणका लागि जीटुजी प्रक्रियामार्फत भएको स्वास्थ्य सामग्री खरिदको विषयमा सेनालाई विवादमा तान्न खोजिएको बताएको छ ।
सैनिक सूचना तथा जनसम्पर्क निर्देशनालयले बुधबार विज्ञप्ती जारी गरेर प्रचलित प्रक्रिया र मापदण्ड बमोजिम खरिद भएका सामग्रीको मूल्यको तुलनाको आधारमा, विना तथ्य प्रमाण राष्ट्रिय सेनालाई आक्षेप लगाउन खोज्नु गम्भिर विषय भएको सेनाले भनेको छ ।
सरकारद्वारा–सरकार (जीटुजी) प्रकृयामार्फत खरिद गरिएका स्वास्थ्य सामग्री तथा उपकरणहरु सम्बन्धमा नेपाली सेनालाई विवादमा ल्याउने कोसिस भइरहेको सेनाले भनेको हो ।
सेनाले सरकारले दिएको जिम्मेवारी बमोजिम तत्कालीन अन्तर्राष्ट्रिय बजार तथा स्वदेशी बजारमा स्वास्थ्य सामग्रीको चरम अभाव भएको परिस्थितिमा समेत पारदर्शिताका साथै उच्च स्तरीय मितव्ययिता अपनाउन खरिद इकाई र गुणस्तर निरीक्षण उपसमिति गठन गरेर स्वास्थ्य सामग्री खरिद कार्य सम्पन्न गरिएको प्रष्ट पारेको छ । सो सम्वन्धमा विभिन्न संचारमाध्यमहरुमा प्रकाशित समाचारहरु प्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको सेनाले भनेको छ ।
स्वास्थ्य सामग्री खरिद नेपाल सरकार, मन्त्रिपरिषद्को गत १६ चैत्रको निर्णयबाट सरकारद्वारा सरकार (जीटुजी) प्रकृया बमोजिम स्वास्थ्य सामग्री र उपकरण रक्षा मन्त्रायलमार्फत् स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको समन्वय र सिफारिसको आधारमा खरिद गर्ने म्याण्डेट प्राप्त भएको सेनाले स्पष्ट पारेको छ ।
‘तत्कालिन अन्तर्राष्ट्रिय बजार तथा स्वदेशी बजारमा स्वास्थ्य सामग्रीहरुको चरम अभाव भएको बिषम परिस्थितिमा समेत पारदर्शीताका साथै उच्चस्तरीय मितव्ययिता अपनाउन नेपाली सेनाले जीटुजी प्रकृयामार्फत सम्बन्धित देशको सरकारी प्रतिनिधी मात्रको प्रयोग गरी कमिशनरहित रुपमा प्रत्यक्ष कारोवार गर्न तथा अनियमितताका सबै सम्भावनाहरुलाई निरुत्साहित गर्ने रणनीति अनुरुप आन्तरिक खरिद निर्देशिका समेत जारी गर्नुका साथै सार्वजनिक खरिद ऐन २०६३ को परिच्छेद २ को नियम १६ मा आधारित रही सबै सरोकारवालाहरु (प्रतिनिधि स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, रक्षा मन्त्रालय तथा आमन्त्रित विज्ञहरु) सम्मिलित खरिद इकाई र गुणस्तर निरीक्षण उपसमिति गठन गरी खरिद कार्य सम्पन्न गरिएको हो,’ सेनाले विज्ञप्तीमा भनेको छ ।
पारदर्शिताको लागि मित्रराष्ट्र चीन सरकारबाटै तोकिएको सरकार नियन्त्रित कम्पनीबाट प्राप्त सरकारी मूल्य सूचिलाई नेपाल सरकारका सम्बद्ध सबै निकायहरुसँग समन्वय र सहमती गरी नेपाल सरकारको स्वीकृत प्राप्त भए पश्चात् खरिद गरी प्राप्त सामग्रीहरु हाल विभिन्न प्रदेशहरुमा वितरणको कार्य समेत भइरहेको सेनाले जनाएको छ ।

(Visited 224 times, 1 visits today)
Loading comments...

आजको समाचार

टर्निङ प्वाइन्ट : जो धरहरासँगै पुरिएकी थिइन्

६ वर्ष बितिसक्यो । दिमागबाट ‘त्यो दिन’ मत्थर हुन सकिरहेकै छैन । ‘सपनाको हो कि विपना ?’ बेलाबेला आफैंसँग प्रश्न गर्छिन्, प्रशंसा श्रेष्ठ । दिदी घुमाउन...

अक्सिजन सिलिन्डर र भेन्टिलेटरसहितको सामग्री लिन निगमको जहाज सोमबार चीन जाने

काठमाडौं । चीनबाट अत्यावश्यक स्वास्थ्य सामग्री लिन राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमको वाइडबडी ए–३३० विमान आगामी सोमबार चीनको राजधानी बेइजिङ जाने भएको छ । चीन...

जीतबहादुर रायमाझीका मिथिला कला

मिथिला लोकचित्रकला विज्ञ जीतबहादुर रायमाझी माटाका भाडाका अवशेषमा अंकित चित्र र झुपडीका भित्तामा लेखिएका शिवलिंग, पेटमा बच्चाको चित्र अंकित हात्ती, पिपलको पात, दुईतिर सम्मुख...

ओली र नेपाल समुहको आज निर्णायक वार्ता, ओली सहमत नभए नेपाल समुहका सांसदको सामुहिक राजीनामा

काठमाडौं । नेकपा एमालेको केपी ओली र माधवकुमार नेपाल समूहविच आज निर्णायक वार्ता हुने भएको छ । अध्यक्ष केपी शर्मा ओलीले २ जेठ २०७५...

अक्सिमिटर कालोबजारी गर्ने तिवारी पक्राउ

वीरगन्ज । कोरोनाले शरीरको अक्सिजन कम गराउने हुँदा बेला–बेला शरीरको अक्सिजन मापन गर्न चिकित्सकले आमसर्वसाधारणलाई सल्लाह दिएका छन् । अहिले औषधी पसलमा पल्स अक्सिमिटर...

साताका लोकप्रिय समाचार

मानवता बिरुद्धको अपराधमा संलग्न र तिनका मतियारहरुलाई नांगेझार पार्ने युवा संघको चेतावनी

काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (एमाले) निकटको युवा संघ नेपालले कोरोना भाइरसको महामारीका बीचमा मानवता बिरुद्धको अपराधमा संलग्न हुने अपराधी तथा उनका मतियारहरुलाई नांगेझार पार्ने...

सुदूरपश्चिममा एकैदिन १२ जना कोरोना संक्रमितको मृत्यु

धनगढी । सुदूरपश्चिम प्रदेशमा पछिल्लो २४ घण्टामा १२ जना कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा कैलालीका ५ जना, कञ्चनपुरका ४ जना, बझाङका...

ग्लोबल आईएमई बैंकले बालअस्पतालको भवन निर्माणार्थ १ करोड दियो

काठमाडौं । ग्लोबल आईएमई बैंकले काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थलाई १ करोड रुपैयाँ आर्थिक सहयोग प्रदान गरेको छ । बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत...

कांग्रेस नेता भण्डारी अस्पताल भर्ना

 काठमाडाैं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री शङ्कर भण्डारी अस्पताल भर्ना भएका छन् । कोरोना सङ्क्रमणका कारण केही दिनदेखि होम आइसोलेसनमा बसेका पूर्वमन्त्री भण्डारीलाई...

सार्वजनिक सेवामा जनसम्पर्क

प्रजातान्त्रिक शासन प्रणालीमा नागरिक र प्रशासनबीचको सम्बन्ध सुमधुर हुनुपर्छ र हुन्छ । नागरिक सम्प्रभुसत्ताका मालिक हुन् अर्थात् नागरिक शासन प्रणालीका अजस्र स्रोत हुन् ।...

ट्रेन्डिङ

रामपुरमा पहिरोले दुई घर पुरिए, तीन जोखिममा

रामपुर । गए राति परेको वर्षाले रामपुर नगरपालिका– १ स्थित स्याउली बजारका दुई घर पहिराले पुरेको छ । घर पछाडिबाट खसेको पहिराले स्थानीयवासी लक्ष्मी...

लकडाउन अवधिको ब्याज मिनाहाको माग

काठमाडौं । नेपाल डेरी एसोसिएसनले लकडाउन अवधिभरको ब्याज मिनाह गरिनुपर्ने माग गरेको छ । कोरोना भाइरस संक्रमण नियन्त्रण गर्न सरकारले गरेको लकडाउनले डेरी उद्योगको...

एक सय शैयाको आइसोलेशन तयार

सप्तरी, राजविराज । कोरोना संक्रमितको संख्या बढ्दै गएपछि सप्तरीको तिलाठी कोइलाडी गाउँपालिकाले आफ्नै लगानीमा एक सय शैयाको आइसोलेशन संचालनमा ल्याएको छ । तिलाठी कोइलाडी गाउँपालिका...

भोली र पर्सी उपत्यकाबाट बाहिर जान पाइने

काठमाडौं । सरकारले उपत्यकाबाट बाहिर जान चाहनेहरूलाई दुई दिनको समय सीमा दिएर बाहिर जान दिने भएको छ । रक्षा मन्त्रालयमा बिहीबार बसेको बैठकले भोलि...

कोरोना राहत, उद्धार र पुनस्र्थापनामा खर्च भएको हिसाब दिन मान्दैन इटहरी उपमहानगर

इटहरी । इटहरी उपमहानगरपालिकाले कोरोना भाइरसको असरमा परेका नागरिकको उद्धार, राहत तथा पुनस्र्थापना शीर्षकमा ४ करोड ३३ लाख खर्च गरेको छ । इटहरी उपमहानगरपालिकाका...

कोरोनाको त्रास : जापानमा विद्यालयहरु छुट्टी, कन्सर्ट र पार्कमा भेला हुन प्रतिबन्ध

टोकियो । प्राणघातक कोरोना सङ्क्रमणको जोखिमबाट सुरक्षित रहन जापानमा एक महिनाका लागि विद्यालयहरु बन्द गरिएको छ । साथै बिटीएस कन्सर्ट समेतका सबै मनोरञ्जनात्मक कार्यक्रमहरु...

बदलीसँगै वर्षाको सम्भावना

काठमाडौँ । स्थानीय वायु र पश्चिमी वायुको प्रभावले अधिकांश स्थानमा बदलीसँगै वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । बङ्गलादेशको आसपासमा अवस्थित अंपुन चक्रवात...

स्पेनिस ला लिगाः एथलेटिको शीर्ष स्थानमा

मड्रिड । स्पेनिस ला लिगा फुटबलमा एथलेटिको मड्रिड लिग अंक तालिकाको शीर्ष स्थानमा फर्किएको छ । गएराति भएको खेलमा डिर्पोटिभो आलाभेजलाई २–१ ले हराउँदै...

काठमाडौं महानगरद्वारा वडालाई अनावश्यक खर्चमा अंकुश

काठमाडौं । काठमाडौं महानगरपालिकाले आफ्ना ३२ वटै वडालाई जथाभावी खर्च गर्न अंकुश लगाएको छ । महानगरले आर्थिक वर्ष २०७७-७८ मा निकासा गरिएको वडास्तरीय प्रशासनिक...

चीनबाट मेडिकल सामग्री ल्याइयो, के के छन् ?

काठमाडौं । राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) को वाइडबडी जहाजमार्फत चीनको ग्वाङजाओबाट मेडिकल सामग्री नेपाल ल्याइएको छ । औषधि उपचारजन्य सामग्री...

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमितको संख्या ५४ पुग्यो

कास्की । गण्डकी प्रदेशका बागलुङ, स्याङ्जा, पर्वत र म्याग्दीमा थप १६ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालय पोखराले आज बिहान...

संघीयता सुदृढीकरणका लागि सार्थक पहल

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले संघीय शासन प्रणालीको चुनौती समाधानका लागि १० वर्षीय रणनीतिक योजना निर्माणको गृहकार्य थालेर निकै सकारात्मक कार्य गरेको छ...

ई-पेपर

RAJDHANIDAILY VIDEO

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 150 times, 1 visits today)