भूकम्पमा क्षतिग्रस्त सिन्धुपाल्चोकका ८० प्रतिशत शैक्षिक संस्था पुनःनिर्माण

सिन्धुपाल्चोक । भुकम्पमा क्षतिग्रस्त सिन्धुपाल्चोकका शैक्षिक संस्थाहरु पुनःनिर्माणको अन्तिम चरणमा पुगेको छ । पुनःनिर्माण प्राधिकरण, जिल्ला आयोजना कार्यान्वयन इकाइ (शिक्षा) र विभिन्न संघ-संस्थाहरुबाट विद्यालयहरु पुनःनिर्माण भइरहेको छ ।

भूकम्पमा क्षतिग्रस्त विद्यालय निर्माणको जिम्मा पाएको जिल्ला आयोजना कार्यान्वयन इकाई (शिक्षा) का अनुसार भूकम्पमा क्षतीग्रस्त विद्यालय मध्ये हालसम्म ८० प्रतिशत विद्यालय भवन निर्माण सम्पन्न भएको जिल्ला आयोजना कार्यान्वयन इकाई (शिक्षा)का आयोजना प्रमुख यमबहादुर खड्काले जानकारी दिए ।

सिन्धुपाल्चोकमा ४ सय ९६ विद्यालयहरु रहेका छन् । भूकम्पमा ४१ सय बढी कक्षा कोठा क्षति भएकोमा हालसम्म ३६ सय ६५ कक्षा कोठा निर्माण सम्पन्न भएको आयोजना प्रमुख खड्काले जानकारी दिए । ‘केही समस्या आएन भने असार सम्म प्राय सबै विद्यालयहरुको पुनःनिर्माण सकिन्छ’, आयोजना प्रमुख खड्काले भने । अहिले ७ सय ९२ कक्षा कोठा निर्माण भइरहेको छ । क्षतिग्रस्त विद्यालय भवनमध्ये ३ सय ६० निर्माण सम्पन्न भएको खड्काले जानकारी दिए ।

केही विद्यालयहरु ठेक्का प्रक्रिया मार्फत निर्माण व्यावसायीहरुले निर्माण गरिरहेका छन् भने केही विद्यालय केन्द्रीय आयोजना कार्यान्वयन इकाइको बजेटमा विद्यालय व्यवस्थापन समितिले निर्माण गरिरहेको जिल्ला आयोजना कार्यन्वयन इकाई का इन्जिनियर शेरबहादुर पुजराले जानकारी दिए ।

संघ-संस्थाहरुले पनि जिल्लामा धेरै विद्यालयहरु निर्माण गरेको उनको भनाई थियो । कारितास नेपाल, हिल्फे, टाटा ट्रष्ट, जाइका, टुकी संघ सुनकोशीलगायतका संघ-संस्थाहरुले भव्य र आकर्षक विद्यालय भवन निर्माण गरेका छन् । एसियाली विकास बैंकको ऋण सहयोगमा ४० बढी विद्यालय भवनहरु निर्माण भएका छन् । भारतीय राजदुताबास र चिनियाँ दुताबासको सहयोगमा पनि विद्यालय भवनहरु जिल्लामा निर्माण भएका छन् । जग्गा अभाव । विद्यार्थी संख्या न्युन भएका ६ विद्यालय बाहेक अरु सबै विद्यालयमा निर्माणको काम हुँदै गरेको जिल्ला आयोजना कार्यन्वयन इकाले जानकारी दिएको छ ।

चामुनादेवीको विद्यालय हस्तान्तरण
यसैबीच सुनकोशी गाउँपालिका ६ थुम्पाखरमा रहेको चामुनादेवी आधरभुत विद्यालयको नवनिर्मीत विद्यालय भवन उद्घाटन र हस्तान्तरण भएको छ । जिल्ला आयोजना कार्यन्वयन इकाइको लाखमा निर्माण सम्पन्न भएको विद्यालय भवनको नेपाली कांग्रेसका केन्द्रीय सदस्य एव पुर्व सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले नयाँ भवनको उद्घाटन गरेका थिए ।

दुई तले, चार कोठे भवन समयमा नै निर्माण सम्पन्न भएपछि विद्यार्थीहरुलाई अध्ययनमा सजिलो भएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष एवम सुनकोशी गाउँपालिका ६ का वडा सदस्य रुपकाजी लामाले जानकारी दिए । विद्यालयमा रहेको अन्य भवनहरु भने भूकम्प लगतै स्थानीयको सक्रियतामा विदेशी संस्थाबाट निर्माण भएको अध्यक्ष लामाले जानकारी दिए । ‘अब भवन पर्याप्त छ, हामी अब शैक्षिक गुणस्तरमा लाग्नेछौँ’, अध्यक्ष लामाले भने ।

नवनिर्मीत विद्यालय भवनको उद्घाटन तथा हस्तान्तरण कार्यक्रममा पुर्व सूचना तथा सञ्चार मन्त्री बस्नेतले आफु लामो सयमदेखि शैक्षिक क्षेत्रको विकासमा लागेको र अब पनि सिन्धुपाल्चोकको शैक्षिक सुधार र विकासका लागि लागिपर्ने बताए । कार्यक्रममा सुनकोशी गाउँपालिकाका अध्यक्ष श्रवणकुमार जिसी (विनोद)ले सुनकोशी गाउँपालिकाको कुल बजेटमध्ये आधा बजेट शिक्षा क्षेत्रमा खर्चिएको बताए । ‘हामीले सामुदायिक विद्यालयको शैक्षिक सुधारका लागि धेरै योजनाहरु ल्याएर कार्यन्वयन गरिरहेका छौँ, देखिने गरी उपलब्धी हुँदैछ’, अध्यक्ष जिसीले भने । शिक्षा विकास तथा समन्वय इकाईका प्रमुख कृष्ण सुवेदीले सामुदायिक विद्यालयमा विद्यार्थी संख्या घट्दै गएकोले अब विद्यालयहरुले विद्यार्थी बढाउन लाग्नु पर्नेमा जोड दिए ।

सुनकोशी गाउँपालिका ६ का वडा अध्यक्ष रामकुमार थापाले आफ्नो वडा भित्र भुकम्पमा क्षतिग्रस्त भएका सामुदायिक विद्यालयहरु पुनःनिर्माण सम्पन्न भएको बताए । भवन पाएका छौँ, अब शैक्षिक सुधारका लागि लाग्नेछौँ’, अध्यक्ष थापाले भने । कार्यक्रममा नेकपा सुनकोशी गाउँपालिका कमिटीका अध्यक्ष प्रेमलाल लामाले गाउँपालिका भित्रको शैक्षिक विकासका लागि नेकपाको तर्फबाट जस्तोसुकै सहयोग गर्न पनि तयार रहेको बताए ।

विद्यालय भवन उद्घाटन तथा हस्तान्तरण कार्यक्रममा विद्यालयलाई सहयोग गर्ने दाताहरुलाई सम्मान गरिएको थियो । विद्यालयका पुर्व प्रधानध्यापक कृष्णसुवेदी, पुर्व अध्यक्ष मधुराम कार्कीलगायतलाई कार्यक्रमका प्रमुख अतिथी बस्नेतले सम्मान गरेका थिए ।

तपाइको प्रतिक्रिया
(Visited 353 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

सरकार र संविधान दुबै असफल : प्रभु साह

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
गुल्मीको छत्रकोट र सत्यवतीमा एमाले विजयी