लकडाउनमा प्रदर्शन गरे कारवाही गर्ने सरकारको चेतावनी

काठमाडौं । लकडाउनका बीचमा देशव्यापी रूपमा सरकारविरूद्ध सडकमा प्रदर्शन हुन थालेपछि गृह मन्त्रालयले कारबाही गर्ने चेतावनी दिएको छ ।

राजधानी सहित देशभर विभिन्न बाहनामा प्रदर्शन हुन थालेपछि गृह मन्त्रालयले कोरोना संक्रमणको सन्त्रास कायम रही रहेको र लक डाउन समेत कायमै रहेका बेला प्रदर्शन गरिए कारवाही गर्ने चेतावनी दिएको हो ।

गृह प्रवक्ता केदारनाथ शर्माद्धारा बिहिबार जारी विज्ञप्तीमा लकडाउन आदेशको अवहेलना गर्ने वा काममा बाधा पु-याउने व्यक्तिलाई संक्रामक रोग ऐन २०२० को दफा ३ को सजायअन्तर्गत कारवाही हुने भनिएको छ ।

‘बन्दाबन्दीको आदेशको अवहेलना गर्ने वा काममा बाधा पु-याउने व्यक्तिलाई संक्रामक रोग ऐन, २०२० को दफा ३ को सजायअन्तर्गत सम्बन्धित प्रमुख जिल्ला अधिकारीले रू १०० देखि ६०० सम्म जरिवाना र १ महिनादेखि ६ महिनासम्म थुनामा राख्नेले गरी कारबाही गर्न सक्ने प्रावधान रहेको व्यहोरासमेत सम्बन्धित सबैलाई स्मरण गराइन्छ,’ गृह प्रवक्ता शर्माद्धारा जारी विज्ञप्तिमा भनिएको छ ।

मन्त्रालयले लकडाउनका बेला घरमै बसेर सरकारलाई गरेको सहयोगप्रति नागरिकलाई धन्यवाद समेत दिएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 206 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

बागमतीका मुख्यमन्त्री जम्कट्टेलले चैत १९ मा विश्वासको मत लिने

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
भरतपुरमा रेणु दाहाल ९२ मतले अगाडी