बर्दियामा एकै दिन थपिए १५ जना कोरोना संक्रमित

बर्दिया । बर्दियामा शुक्रबार थप १५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बाँकेको नेपालगंजस्थित भेरी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा बढैयाताल गाउँपालिकाका ९ जना, गुलरिया नगरपालिकाका ४ जना र मधुवन नगरपालिकाका २ जना गरी जम्मा १५ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय बर्दियाका जनस्वास्थ्य निरीक्षक कृष्णगोपाल चौधरीले जानकारी दिए ।

स्वास्थ्य कार्यालयका अनुसार बढैयाताल गाउँपालिका वडा नं २ का ६ जना, वडा नं २ जना र वडा नं ७ का १ जनामा ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यसैगरी गुलरिया नगरपालिकाको वडा नं २ का १ जना, वडा नं ४ का १ जना, वडा नं ५ का १ जना र वडा नं ८ का एक जनामा गरी ४ जनामा कोरोना पुष्टि भएको छ ।

मधुवन नगरपालिकाको वडा नं ४ र ६ मा एक/एक जना गरी २ जनामा कोराना पुष्टि भएको स्वास्थ्य कार्यालय बर्दियाले जनाएको छ । शुक्रबार एकैसाथ १८ जनामा संक्रमण पुष्टि भएसँगै बर्दियामा कोरोना संक्रमितको संख्या ७५ पुगेको छ । संक्रमण देखिएका सबैलाई सम्बन्धीत पालिकामा तयार पारिएको आइशोलेसन कक्षमा राखिने बताइएको छ । यसैगरी बर्दियामा ७ जनाले कोरोना जितेर घर फर्केका छन् ।

तपाइको प्रतिक्रिया
(Visited 401 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

भारत–पाकिस्तानलाई हामीले नलड्न सुझाव दियौंः प्रधानमन्त्री ओली

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राष्ट्रिय खेलाडी सुशील कापाल काट्दै रंगशाला निर्माण