सवारी दुर्घटनामा २ जनाको ज्यान गयो

उदयपुर । उदयपुरको कटारी नगरपालिका–४ सिम्लेका ३५ बर्षीय कुमार परीयारको ट्रक दुर्घटनाबाट ज्यान गएको छ । सिद्धिचरण लोकमार्ग अन्तर्गत सोलुखुम्बु दुधकुण्ड–८ शिकारी डाँडा स्थित सडक खण्डमा साँझ पौने ५ बजे ना २ ख ८८४३ नम्बरको ट्रक आफै अनियन्त्रित भई सडकबाट अन्दाजी ३०० मिटर तल खस्न गई दुर्घटना हुदा ट्रक चालक परियारको घटनास्थलमा नै ज्यान गएको प्रदेश प्रहरी कार्यालय बिराटनगरका सुचना अधिकृत (एसपी) दिपक पोखरेलले जानकारी दिए ।

त्यसैगरी मदन भण्डारी स्मृति लोकमार्ग खण्डको गाईघाट नेपालटार खण्डको सडकमा ट्याक्टर दुर्घटनामा एक बालिकाको ज्यान गएको छ । गाईघाटबाट जस्ता पाता तथा डिजल र साबुन बोकेको स १ त ५१०७ नं. को ट्याक्टर बिहीबार साँझ उदयपुरगढी गाउँपालिका–७ को बागखोरमा दुर्घटना हुदा उदयपुरगढी गाउँपालिका– ६ की ९ वर्षीया बिबिषा पाण्डेको घटना स्थलमा नै ज्यान गएको प्रहरीले जनाएको छ ।

सामान बोकेर जाँदै गरेको ट्याक्टर आफै अनियन्त्रित भई दुर्घटनामा हुँदा बालिकाको घट्नास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रमुख एसपी बीरबहादुर बुढा मगरले बताएका छन् । उनका अनुसार ट्याक्टरमा सवार सोही ठाउँकी अर्की ४० वर्षीया शर्मिला तामाङ घाईते भएकी छिन् । उनको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको प्रहरीले जनाएको छ । दुर्घटनामा फसेको ट्याक्टर त्यहीँ छ भने चालक नियन्त्रणमा लिएर अनुसन्धान सुरु भएको एसपी मगरले बताएका छन् ।

तपाइको प्रतिक्रिया
(Visited 192 times, 1 visits today)

Ads Space Available

epaper

राजधानी दैनिकमा वार्षिक ग्राहक न्यानो उपहार योजना

भर्खरै

कोशी बाँधमा अनिश्चितकालिन अनसन

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
देउवाले छैटौं पटकको प्रयाशमा मलाई पार्टीबाट निकाल्न सफल हुनु भो उहाँलाई बधाई : कर्णबहादुर मल्ल