काठमाडौं । कार्यक्रम “कथा आफ्नो आफ्नो ” अन्तर्गत बिश्वब्यापी लघुकथा सम्मेलन सम्पन्न भयो । जेठ ३० गतेदेखि प्रत्यक्ष प्रसारण भएको सो कार्यक्रमा १०० भन्दा बढी युवाहरुको सभागिता जनाएका थिए । देशभित्रबाट कथाकार इन्द्रकुमार श्रेष्ठ ‘सरित’ सुनसरीबाट, तारा केसी र रन्जुश्री पराजुली काठमाडौबाट, भागीरथी श्रेष्ठ गुल्मीबाट, नारायण तिवारी र बसुश्री पाण्डे बिराटनगरबाट, डा. पुष्करराज भट्ट धनगडीबाट, ललिता दोषी ललितपुरबाट, चेतनाथ धमला ओखल्ढुङ्गाबाट, सीता बिष्ट कार्की र विनोद नेपाल पाल्पाबाट र विदेशबाट बुना दाहाल अमेरिकाबाट, लक्ष्मी उप्रेती भारतबाट र बेलायतबाट कृष्ण बजगाईलगायत थुप्रै विशिष्ट कथाकारहरुको उपस्थिति रहेको थियो।
यो महामारी र लकडाउनले सबैलाई अनउत्पादक बनाएको बेला, यस घडीमा युवाहरूलाई सशक्त पार्ने लक्ष्य राखेर डिजिटल मञ्चको माध्यमबाट उनीहरूको आवाज फैलाउन आमंत्रित कथाकार र युवा दिमागहरूलाई जोड्न गरिएको यस कार्यक्रममा, बिश्वब्यापी लघुकथा सहजकर्ता इन्द्रकुमार श्रेष्ठ ‘सरित’ थिए भने कार्यक्रम संचालिका दिलाशा सिंह ठकुरी रहेकी थिइन्।
डिजिटल प्लेटफर्ममार्फत संचालन गरिएको यस बिश्वब्यापी लघुकथा सम्मेलन २०७७ सामाजिक रुपान्तरण र परिवर्तनका लागि रहेको बिश्वोब्यापी संयोजक दिपेन दाहालले बताए । यस दिनमै अन्तर्राष्ट्रिय बाल श्रमविरुद्ध दिवस परेका हुनाले संसारभरबाट बाल श्रम हटाउनु पर्छ भनी सम्पूर्णमा एक्यब्धता जाहेर गरे। देश विदेशमा छरिएका सम्पूर्ण युवाहरुलाई लक्षित गरिएको र लेखकको कलमलार्इ निरन्तरता र सार्थकता दिने हिसाबले गरिएको यस कार्यक्रममा उपस्थित स्रष्टा र युवाहरुलार्इ धन्यवाद ज्ञापन गर्दै आगामी दिनमा पनि यस्ता कार्यक्रमहरु पस्की रहने दाहालले बाचा गरे ।
जेभियर इन्टरनेशनल कलेजद्वारा प्रस्तुत कार्यक्रम “कथा आफ्नो आफ्नो” (विश्वोव्यापि लघुकथा सम्मेलन), जेभियर युथ रेडक्रस सर्कल, जेभियर लिटेचर क्लब, म्यानेजमेन्ट क्लबले आयोजना गरेको छ भने,सम्बन्धित् सङ्गठन एसएमटी ग्लोबल र गुडफेल्स : वेभभिंग स्टोरिज अफ सोसाइटी रहेको सो कार्यक्रम मा अन्तरास्ट्रिय साथ् डाइनामिक बुनाको रहेको छ साथै सन्चार साथमा फेयरवर्ड डेली, राजधानी डेली र कान्थिपुर छन् भने युवा साथ सियफेल र शिक्षा पोर्टल को रुपमा मेरो स्पार्क रहेका छन्।