Wednesday, March 3, 2021
Home अर्थ कोरोना रोकथाम र उपचार : चर्को दबाबपछि खर्च विवरण सार्वजनिक

कोरोना रोकथाम र उपचार : चर्को दबाबपछि खर्च विवरण सार्वजनिक

काठमाडौं । व्यापक जनआक्रोश र प्रदर्शनपछि सरकारले कोरोना रोकथाम र उपचारमा भएको खर्च विवरण सार्वजनिक गरेको छ । कोरोना रोकथाम, नियन्त्रण र उपचारमा भएको भनिएको १० अर्ब रुपैयाँको खर्च विवरण सार्वजनिक गर्न काठमाडौं उपत्यकासहित विभिन्न जिल्लामा प्रदर्शन भएपछि सरकारले शनिबार खर्चको फाँटवारी विवरण सार्वजनिक गरेको हो ।

कोरोना नियन्त्रणका लागि अहिलेसम्म १० अर्ब रुपैयाँ खर्च भइसकेको सरकारले जानकारी गराएसँगै सदनदेखि सडकसम्म त्यसको विवरण मागिएको थियो । उच्चस्तरीय कोरोना नियन्त्रण समिति सीसीएमसी निर्देशन समितिको निर्णयअनुसार खर्च विवरण सार्वजनिक गरिएको हो । यसअघि १० अर्ब खर्च भएको चर्चा चलिरहे पनि तीनै तहबाट हालसम्म ८ अर्ब ३९ करोड ११ लाख ९९ हजार रुपैयाँ खर्च भएको सरकारले जनाएको छ ।

– ८ अर्ब ३९ करोड खर्च
– सबैभन्दा धेरै सुदूरपश्चिममा

संघीय सञ्चित कोषबाट स्रोत व्यवस्थापन गरिएको रकममध्ये सबैभन्दा धेरै रक्षा मन्त्रालयले २ अर्ब ४० करोड २४ लाख ५७ हजार रुपैयाँ खर्च गरेको छ । यसैगरी, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले १ अर्ब ५८ करोड ५२ लाख ८३ हजार रुपैयाँ खर्च गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले ५ करोड २० लाख, शिक्षा मन्त्रालयले २ करोड ६९ लाख ७८ हजार र गृह मन्त्रालयले २ करोड ४५ लाख ८८ हजार रुपैयाँ खर्च गरेको विवरणमा उल्लेख छ ।

यसैगरी, औषधि स्वास्थ्य सामग्रीमा ३ अर्ब ९० करोड ८८ लाख रुपैयाँ, स्वास्थ्य पूर्वाधारमा १ अर्ब १२ करोड ५० लाख रुपैयाँ, जनशक्ति परिचालनमा ५ करोड ८३ लाख ३३ हजार रुपैयाँ र क्वारेन्टिनमा १३ करोड ५५ लाख ९८ हजार रुपैयाँ खर्च भएको सरकारले जनाएको छ । ‘अन्य’ शीर्षकमा ४० करोड १५ लाख ९ हजार रुपैयाँ खर्च भएको विवरण छ । अन्यभित्र के–के समावेश गरिएको छ भन्ने खुलाइएको छैन ।

यस्तो छ खर्च विवरण (रुपैयाँमा)
प्रदेश १ : १९ करोड ३५ लाख ६० हजार
प्रदेश २ : १३ करोड ३९ लाख ४६ हजार
बाग्मती प्रदेश : १३ करोड ६७ लाख
गण्डकी प्रदेश : १५ करोड ४२ लाख १० हजार
प्रदेश ५ : ७ करोड ७९ लाख ३० हजार
कर्णाली प्रदेश : २३ करोड ९२ लाख ८३ हजार
सुदूरपश्चिम प्रदेश : ३६ करोड ४८ लाख ७० हजार

यसैगरी, प्रदेश १ सरकारले १९ करोड ३५ लाख ६० हजार रुपैयाँ खर्च गरेको छ । प्रदेश २ ले १३ करोड ३९ लाख ४६ हजार, बाग्मती प्रदेशले १३ करोड ६७ लाख र गण्डकी प्रदेशले १५ करोड ४२ लाख १० हजार रुपैयाँ खर्च गरेका छन् ।

यो पनि पढ्नुहोस   सरकारसँग वार्ताका लागि चन्द समूहले बनायो प्रकाण्डको नेतृत्वमा टोली

यसैगरी, प्रदेश ५ ले ७ करोड ७९ लाख ३० हजार, कर्णाली प्रदेशले २३ करोड ९२ लाख ९३ हजार र सुदूरपश्चिम प्रदेशले ३६ करोड ४८ लाख ७० हजार रुपैयाँ खर्च गरेका छन् । सरकारले सार्वजनिक गरेको विवरणअनुसार सबैभन्दा धेरै खर्च सुदूरपश्चिम प्रदेशमा र सबैभन्दा कम खर्च प्रदेश ५ मा भएको देखिन्छ । स्थानीय तहबाट २ अर्ब ९८ करोड ५१ लाख ९४ हजार रुपैयाँ खर्च भएको विवरणमा उल्लेख छ ।

यसअघि उच्चस्तरीय कोरोना नियन्त्रण समिति र प्रधानमन्त्री केपी शर्मा ओलीले संसद्मा १० अर्ब खर्च भएको सार्वजनिक गरेका थिए । दुवै निकायले सार्वजनिक गरेको तथ्यांक र प्रधानमन्त्रीका प्रेस सल्लाहाकार सूर्य थापाले शनिबार सार्वजनिक गरको तथ्यांक बीचमा फरक देखिएको छ । सरकारले पछिल्लोपटक सार्वजनिक गरेको तथ्यांकले झन्डै डेढ अर्बको हिसाबकिताब खै त भन्ने प्रश्न उब्जिएको छ ।

उच्चस्तरीय समिति, प्रधानमन्त्री र मन्त्रीहरूले संसद्मा बोलेको हिसाब अनि अहिले सार्वजनिक भएको तथ्यांकबीच कसरी फरक प-यो ? त्यसको विस्तृत विवरण सार्वजनिक भएको छैन । यसअघि संसद्मा स्वास्थ्यमन्त्री भानुभक्त ढकालले पनि कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका क्रममा तीनवटै सरकारका तर्फबाट ९ अर्ब ८७ करोड खर्च भएको जानकारी दिएका थिए ।

उपप्रधानमन्त्री ईश्वर पोखरेल नेतृत्वको सीसीएमसीले शनिबार सार्वजनिक गरेको सो विवरणमा उल्लिखित खर्चहरु कहिलेसम्म भएको हो भनेर स्पष्ट व्याख्या गरिएको छैन । विवरणमा ‘तीनवटै तहबाट हालसम्म भएको खर्च’ भनिएको छ । तर, त्यसको मिति र समय तोकिएको छैन । सामान्यतया खर्चको विवरण सार्वजनिक गर्दा महिना र दिनसमेत तोकिनुपर्छ । तर, यो विवरणले खर्च विवरणको सामान्य औपचारिकतालाई पनि पालना गरेको छैन ।

सरकारले कोरोना नियन्त्रणका हरेक काममा सेनालाई अघि सार्दा पनि सरकार विवादित बनेको छ । सेनाले जिटूजीमार्फत चीनबाट खरिद गरेको मेडिकल सामग्रीमा १ अर्बभन्दा धेरै अनियमिता गरेको विषयले समेत सरकारलाई अप्ठ्यारोमा पारेको छ ।

(Visited 150 times, 1 visits today)
Loading comments...

आजको समाचार

साताका लोकप्रिय समाचार

समाजसेवी पशुपति गुरुङद्वारा विद्यालयलाई ५ लाख सहयोग

काठमाडौं । समाजसेवी एवम् साहित्यकार संस्कार समाज नेपालका अध्यक्ष पशुपति गुरूङले आफूले अध्ययन गरेको विद्यालयलाई ५ लाख सहयोग गरेकी छिन् । आफ्ना हजुरवुवा लक्ष्मण...

नवलपरासीमा दुई वटा ट्रक ठोक्किँदा दुबै चालकको मृत्यु

नवलपरासी । पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको दुम्कौलीमा गए राति दुईवटा ट्रक ठोक्किँदा दुइ जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका...

अर्थ मन्त्रालयमा सहसचिवहरूको सरुवा, प्रवक्तामा दाहाल

काठमाडौं । अर्थ मन्त्रालयभित्र सहसचिवहरूको जिम्मेवारीमा हेरफेर भएको छ । मन्त्रालयले आफू मातहतका निकायमा रहेका सहसचिवहरूको जिम्मेवारी हेरफेर गरेको हो । मन्त्रालयभन्दा बाहिरबाट पनि...

विवेकेशील साझाले भन्यो : प्रधानमन्त्री र राष्ट्रपतिले तत्काल राजीनामा देऊ

काठमाडौं । प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदम बदर गरिदिने सर्वोच्च अदालतको ऐतिहासिक फैसलाको विवेकशील साझा पार्टीले स्वागत गरेको छ । ‘सम्मानित अदालतको...

लेस्टर सिटी उपाधि दौडबाट बाहिर

काठमाडौं । इग्लिस क्लब लेस्टर सिटी युरोपा लिगको अन्तिम ३२ बाटै बाहिरिएको छ । शुक्रबार बिहान सम्पन्न दोस्रो लेगमा लेस्टर सिटी स्लोभिया प्रहासँग २-०ले...

ट्रेन्डिङ

४५ बोतल लागूऔषध सहित दुई कारोबारी पक्राउ

सिरहा । कोरोना भाईरसको संभावित संक्रमणबाट जोगिन सरकारले लकडाउन घोषणा गरेको बेला सिरहाको बिष्णुपुर गाउँपालिका बाट सिरहा प्रहरी ले लागू-औषध सहित...

चुक्दै निजामती प्रशासन : ९० प्रतिशत कर्मचारी निष्क्रिय

काठमाडौं । विश्वव्यापी रूपमा फैलिएको कोरोना भाइरसले सर्वसाधारण आक्रान्त भइरहँदा स्थायी सरकार मानिएको निजामती प्रशासनसमेत नराम्ररी चुक्न पुगेको छ । लकडाउनको ७६ दिनसम्म संघ,...

११ खेलाडीको स्वाब संकलन

काठमाडौं । कतार विश्वकप २०२२ र एसियन कप २०२३ को दोस्रो चरणको छनोट खेलको अन्तिम तीन खेलका लागि बन्द प्रशिक्षणमा डाकिएका नेपाली राष्ट्रिय पुरुष...

एसपीसहित १८ प्रहरी कर्मचारीमा कोरोना

पोखरा । स्याङ्जाका प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) सहित १८ जना प्रहरी कर्मचारीमा कोरोना पुष्टि भएको छ । उनीहरु सबै जिल्ला प्रहरी कार्यालय स्याङ्जामा कार्यरत...

कोरोनाविरुद्ध सचेतना अभियानमा जुटे बर्दियाली युवा

बर्दिया । विश्वभर महामारीको रुप लिइरहेको कोरोना भाइरसविरुद्ध सचेतना अभियानलाई तिव्रता दिइएको छ । कोरोना भाइरस संक्रमणको रोकथाम तथा नियन्त्रणको लागि जिल्ला...

कांग्रेस प्रवक्ता शर्मा अब टेलिभिजन कार्यक्रम प्रस्तोता

काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्मा केही समय टेलिभिजन कार्यक्रम प्रस्तोताका रुपमा प्रस्तुत हुने भएका छन् । द होराइजन मल्टिमिडियाले निर्माण गर्ने सामाजिक विषयवस्तुमाथिको...

इरानमा पनि कोरोना भाइरसबाट ५ जनाको मृत्यु

तेहरान । इरानमा शनिबार थप एक जना कोरोना सङ्क्रमित व्यक्तिको मृत्यु भएको छ । यो सहित इरानमा कोरोना जीवाणुका कारण मृत्यु हुनेको...

नेपाल तामाङ महिला घेदुङ पोखरा महानगरमा अध्यक्ष पवित्रा थोकर

पोखरा । ‘तामाङ महिला सशक्तिकरण, हाम्रो अभियान’ नाराका साथ नेपाल तामाङ महिला घेदुङ पोखरा महानगर कमिटी गठन भएको छ । पोखरा १३ संगमटोलस्थित तामाङ...

ई-पेपर

RAJDHANIDAILY VIDEO

हाम्रो पात्रो

प्रमुख

प्रधानमन्त्रीको राजिनामा माग्नु अनैतिक : मन्त्री साह

काठमाडौ। नेपाल कम्युनिष्ट पार्टीका नेता तथा शहरी विकास मन्त्री प्रभु साहले प्रधानमन्त्री केपी शर्मा ओलीको राजिनामा माग्नु नै अनैतिक भएको बताएका छन् । एक टेलिभिजन...

ताप्लेजुङको दोभान बजारमा आगलागी, ४० बढी घर जले, नियन्त्रण प्रयास जारी

काठमाडौं । ताप्लेजुङको दोभान बजारमा आज आगलागी हुँदा कम्तीमा चालीस घर जलेका छन् । बिहान करिब ९ बजेदेखि सुरु भएको आगलागी नियन्त्रणका लागि प्रयास...

नवलपरासीमा दुई वटा ट्रक ठोक्किँदा दुबै चालकको मृत्यु

नवलपरासी । पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको दुम्कौलीमा गए राति दुईवटा ट्रक ठोक्किँदा दुइ जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका...

फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य

काठमाडौं । भारतीय आयल निगमले पेट्रोलियम पदार्थको मूल्य फेरि बढाएर पठाएको छ । आइओसीले आजदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य बढाएर पठाएको हो...

भर्खरै

बिएण्डसी शिक्षण अस्पताललाई सम्बन्ध दिइने

काठमाडौं । झापा जिल्लाको बिएण्डसी शिक्षण अस्पताललाई सम्बन्धन दिने तयारी भएको प्रधानमन्त्री केपी शर्मा ओलीले बताए । उनले आज बिर्तामोडस्थित पूर्वाञ्चल क्यान्सर हस्पिटलको उद्घाटन...

रोटरी र संचार जगतबीच सहकार्य आवश्यक

ललितपुर । समाजसेवाको पर्याय मात्र होइन, रोटरी क्लबले व्यक्तित्व र नेतृत्व विकासका लागि धेरै महत्वपूर्ण भूमिका खेलेको रोटरी डिस्ट्रिक्ट ३२९२ नेपाल–भुटानका डिस्ट्रक गभर्नर राजीव...

टिकटक बनाउन आएकी बहिनी बलात्कार गर्ने दाजु पक्राउ

लमजुङ । नाताले बहिनी पर्ने १२ वर्षीया किशोरीलाई जवर्जस्ती करणी गरेको अभियोगमा प्रहरीले १९ बर्षीय युवालाई पक्राउ गरेको छ । बलात्कृत किशोरीको स्वास्थ्य परीक्षणका...

भोलिबाट केपी ओलीको पक्षमा ९२ सांसद पुग्छन्, अबको प्रधानमन्त्री पनि उहाँ नै हो : महेश बस्नेत

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली समूहका प्रभावशाली नेता तथा सांसद महेश बस्नेतले आफूहरुको पक्षमा भोलिबाट ९२ जना सांसद पुग्ने दाबी गरेका छन्...

धेरै पढिएका

श्रम र श्रीको मूल्य स्वदेशमै खोजौं

हरेक मानिसले सुख, सुविधा, समृद्घि, इज्जत एवं प्रतिष्ठाको लागि संघर्ष गरेको हुन्छ । संसारमा सबैलाई मिठो खाऊँ, राम्रो लगाऊँ, सम्पत्तिबाट पूरा हुन सक्ने सुविधा...

खोप अभियानलाई देशव्यापी बनाइँदै

काठमाडौं । कोरोनाविरुद्ध खोप ल्याएर वितरण गर्न सफल भएको सरकारले भ्याक्सिन अभियान सफल हुँदै गएको भन्दै यो अभियानमा संलग्न भई सफल बनाउन सबै पक्षमा...

सिन्धुपाल्चाेकमा दाहाल–नेपाल समुह संगठन विस्तारमा अक्रामक

सिन्धुपाल्चोक । नेपाल कम्युनिष्ट पार्टी(नेकपा) औपचारिक रुपमा विभाजन नभएपनि सिन्धुपाल्चोकमा दुवै नेकपाले संगठन सुदृढीकरण अभियानलाई आक्रमक बनाइरहेका छन् । ओली पक्ष नेकपा र दाहाल–नेपाल पक्ष...

प्रतिनिधिसभाको अधिवेशन २३ फागुनमा

 काठमाडाैं । सरकारले प्रतिनिधिसभाको अधिवेशन २३ फागुनमा आह्वान गर्न राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस गरेको छ । मन्त्रिपरिषद्को शुक्रबार बसेको बैठकले सर्वोच्च अदालतको आदेश कार्यान्वयन गर्दै...

छुटाउनुभयो कि?

(Visited 110 times, 1 visits today)