उत्तमले ल्याए नझुकून् हाम्रा शिरहरू…

काठमाडौं । अग्रज चरित्र अभिनेता उत्तम केसीले ‘नझुकून् हाम्रा शिरहरू….’ शीर्षकको गीतको भिडियो रिलिज गरिएको हो । संसद्बाट नेपालको लिम्पियाधुरा, लिपुलेक र कालापानी भूमिसहितको नक्सा पारित हुँदै गर्दा यसैको समर्थनमा उनले यो गीतको भिडियो शुक्रबार सार्वजनिक गरेका हुन् ।

भिडियोमा नेपाल कलाकर्मी संघका अध्यक्ष रवीन्द्र खड्का, मोहन निरौला, लय संग्रौला, जितु नेपाल, गोपाल ढकाल, सुभेक्षा थापा, उत्तम केसी, आशा भुसाललगायत कलाकार संघका कलाकर्मीको अभिनय रहेको छ ।

उनले यो गीतमा भारतले नेपाली भूमि लिम्पियाधुरा, लिपुलेक र कालापानी कब्जा गरेको विरुद्ध लड्न सबैलाई आह्वान गरेका छन् । पुर्खाले आर्जेको यो भूमि नेपालको भएकाले यसको रक्षामा उत्रन यो गीतबाट आग्रह गरिएको छ ।

यो गीतमा गायक विजय अधिकारी र गायिका मनीष राईको स्वर रहेको छ । गीतमा संगीत विजय अधिकारीको रहेको छ । यो गीतको भिडियो निर्देशन जीवन शाहीले गरेका हुन् । यसको निर्माण साइराम पिक्चर्स प्रालिका प्रबन्ध निर्देशक शम्शेर श्रेष्ठले गरेका हुन् ।

तपाइको प्रतिक्रिया
(Visited 170 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

शेरको सवारी

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
इटहरीको मेयरमा कांग्रेस र उपमेयरमा एमाले विजयी