Saturday, July 11, 2020
Home प्रवास कोरोना संक्रमणले विदेशमा नेपालीको मृत्यु हुने क्रम रोकियो

कोरोना संक्रमणले विदेशमा नेपालीको मृत्यु हुने क्रम रोकियो

लन्डन । कोरोना भाइरसको संक्रमणले विदेशमा नेपालीको मृत्यु हुने क्रम रोकिएको छ । गैरआवासीय नेपाली संघ (एनआरएनए) का अनुसार विगत ८ साता लगातार बिभिन्न देशमा नेपालीहरुले ज्यान गुमाएका थिए । यो साता भने कोरोना भाइरसको संक्रमणले कुनै नेपालीले ज्यान गुमाउन परेन ।

एनआरएनए अन्तरर्गतको स्वास्थ्य समितिका अनुसार विश्वका विभिन्न देशमा कोरोना संक्रमण दरमा हिजो शनिवार साँझसम्म उल्लेख्य रुपमा कमी आएको छ । डेनमार्क, नेदरल्याण्ड, अष्ट्रेलिया, जापान, म्यानमार, पोल्याण्ड, रुस, न्युजिल्याण्ड, क्यानाडा, फिनल्याण्ड, आयरल्याण्ड, जर्मनी, स्वीडेन, स्पेन, फ्रान्स, बेल्जियमलगायतका १७ देशमा बस्ने उल्लेख्य नेपालीहरु कोरोना संक्रमणबाट मुक्त भएका छन् ।

एनआरएनए स्वास्थ्य समितिका अनुसार यो साता विदेशमा ९ हजारभन्दा बढी नेपालीहरु कोरोना संक्रमणबाट मुक्त भएका छन् । संघ अन्तर्गतको स्वास्थ्य समितिले संकलन गरेको तथ्यांकअनुसार विदेशमा रहेका १७ हजार ७ सय ९२ जना नेपालीहरु कोरोना भाइरसबाट संक्रमिक भएका छन ।

एनआरएनए स्वास्थ्य समितिका संयोजक डा. सञ्जीव सापकोटाका अनुसार सो साता पहिलो पटक अफ्रिकी मुलुकमा रहेका ३ जना नेपालीमा कोरोना भाइरसको संक्रमण भेटियो । संघका अनुसार कोरोना संक्रमणले हालसम्म १ सय २७ जना नेपालीले विदेशमा ज्यान गुमाएका छन् भने नेपाल ज्यान गुमाउने संख्या १९ पुगेको छ ।

सापकोटाका अनुसार नेपालको ५ हजार ३ सय ३५ सहित विश्वभरका ३५ देशमा २३ हजार १ सय २७ जना नेपालीमा कोरोना भाइरसको संक्रमण देखिएको छ । कोरोना भाइरसका कारण बेलायत, बेलायत, युएई, साउदी अरब, बहराइन, कुवेत, कतार, आयरल्याण्ड, जापान, टर्की, नेदरल्याण्ड र स्वीडेनलगायत १३ देशमा रहेका नेपालीहरुको ज्यान गएको थियो ।

(Visited 58 times, 1 visits today)
Loading comments...

RAJDHANIDAILY VIDEO

HAMRO PATRO

प्रमुख

काभ्रेमा मास्क नलगाई हिड्ने ४१९ लाई कार्वाही

काभ्रेपलाञ्चोक । काभ्रेमा मास्क लगाई हिँडेका ४ सय १९ जनालाई शुक्रबार प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका अनुसार सार्वजनिक स्थलमा मास्क...

पहिरोका घाइते भन्छन् : राति १२ बजे ‘लास्ट बर्थडे वीस’ गर्‍यौं, होसमा आउँदा हिलोमा गाडिएका रहेछौँ

कास्की । पोखरा महानगरपालिका–१८ सराङकोट गोठादीका टङ्कबहादुर थापाका ज्येष्ठ सुपुत्री २२ वर्षीया पिङ्कीको बिहीबार जन्मदिन परेको थियो । जन्मदिनका अवसरमा साँझ आफन्त तथा केही...

काभ्रेमा एकै दिन थपिए ६ जना कोरोना संक्रमित

काभ्रेपलाञ्चोक । जिल्लामा आज (शुक्रबार) एकै दिन ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । काठमाडाँैमा गरिएको पिसिआर परिक्षणमा ६ जनाकै रिपोर्ट पोजेटिभ आएको...

बाढी-पहिरो : उच्च सतर्कतामा बस्न सुरक्षा निकायलाई निर्देशन

जनकपुरधाम । बाढी पहिरोबाट प्रदेश २ मा हुन सक्ने जोखिम न्यूनीकरणको लागि तीनै सुरक्षा निकायलाई उच्च सतर्कतामा बस्न मुख्यमन्त्री लालबाबु राउतले निर्देशन दिएका छन्...

भर्खरै

काभ्रेमा मास्क नलगाई हिड्ने ४१९ लाई कार्वाही

काभ्रेपलाञ्चोक । काभ्रेमा मास्क लगाई हिँडेका ४ सय १९ जनालाई शुक्रबार प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका अनुसार सार्वजनिक स्थलमा मास्क...

परीक्षा २९ असारबाट, २५ गते सूचना निकालेर दुइ हप्ता क्वारेन्टाइन बस्न निर्देशन

काठमाडौं । त्रिभुवन विश्वविद्यालय चिकित्सा शास्त्र अध्ययन संस्थानले २९ असारदेखि तोकिएको परीक्षाको तिन दिन अघि सुचना निकालेर दुइ हप्ता क्वारेन्टाइन बसेर मात्रै परीक्षामा दिन...

बस्तीमै नदी पसेपछि…(फोटो फिचर)

सिन्धुपाल्चोक । निरन्तरको वर्षाले भोटेकोशी नदीको बहाव उच्च भएपछि नदी आसपसाका स्थानीयलाई सुरक्षित स्थानमा सार्न सुरु गरिएको छ । नदीले सडक कटान गर्दे बजार...

दुई तिहाईको समर्थनमा प्रधानमन्त्री बनेका ओलीको सडकमा चारजना समर्थक (फोटो फिचर)

काठमाडौ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको समर्थनमा देशका विभिन्न भागमा युवा समूहले प्रदर्शन गर्दै आएका छन् ।...

धेरै पढिएका

ई-पेपर

(Visited 39 times, 1 visits today)