Monday, July 26, 2021
Homeराजनीतिनेकपाकै जनप्रतिनिधिहरुले मागे मन्त्री हृदयेश त्रिपाठीको राजिनामा

नेकपाकै जनप्रतिनिधिहरुले मागे मन्त्री हृदयेश त्रिपाठीको राजिनामा

,
sharethis

गौर । रौतहटको देवाही गोनाही नगरपालिकाका कार्यपालिका सदस्यहरुले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री हृदयेश त्रिपाठीको राजिनामा माग गरेका छन् । राजीनामा माग गर्ने सबै (उपमेयरसहित दुई तिहाई भन्दा बढी जनप्रतिनिधि) नेकपाबाट निर्वाचित हुन् ।

संघीय मन्त्रालयले नगरलाई अस्तव्यस्त बनाएर कोरोना फैलाउने वातावरण निर्माणमा सहयोग गरी मानवता विरुद्धको अपराध गरेको आरोप लगाउदै मन्त्री त्रिपाठीको राजिनामा मागिएको हो । उक्त नगरपालिकामा विगत डेढ महिनामा ५ जना प्रमुख प्रशासकीय अधिकृतको सरुवा गरी मन्त्रालयले स्थिति प्रतिकुल बनाएको भन्दै राजिनामा नदिए वा प्रधानमन्त्री केपी शर्मा ओलीले बर्खास्त नगरे नगरपालिकाको कार्यालय अनिश्चितकालीन बन्द गर्ने घोषणा गरेका छन् ।

नगर उपप्रमुख परनिया देवीसहित ६ जना वडाध्यक्ष र ८ जना कार्यपालिका सदस्यहरुद्वारा प्रेस वक्तव्य जारी गर्दै कोरोना महामारीसंग जुध्नुपर्ने महत्वपूर्ण घडीमा मन्त्रालयबाट सरुवाको नाटक मञ्चन गरी नगरलाई संकटमा पारिएको आरोप लगाएका छन् । अधिकृत नहुँदा क्वारेन्टाइन अस्तव्यस्त भएको र देशमै सबैभन्दा अव्यवस्थित क्वारेन्टाइन उक्त नगरपालिकामा बनेको उनीहरुको आरोप छ ।

‘दुई वर्ष बस्दै नबसेको नगरसभा अधिकृत सिकिन्द्र साहको पहलमा केही महिना अगाडि मात्रै बैठक बसी सर्वसम्मत ढंगले बजेट पारित गरेको थियो । बजेट पारित भई कार्यान्वयनको जटिल अवस्थामा एवं कोरोना सन्त्रास र लकडाउनमा मन्त्रालयबाट सहयोग र सहजीकरण गर्नुको सट्टा निरन्तर हस्तक्षेप गरि अस्तव्यस्त पार्ने कार्य निन्दनीय छ । कोरोना सन्त्रास र लकडाउनमा डेढ महिनामा ५ जना हाकिम सरुवा गरि संघीय सरकारले कोरोनाप्रति कति गम्भीर तथा स्थिरता र सुशासनको कस्तो अभ्यास गर्दैछ? आफैमा विचारणीय छ’ वक्तव्यमा उल्लेख छ ।

‘आज संकटपूर्ण अवस्थामा यो नगरपालिका अस्तव्यस्त भएको छ, क्वारेन्टाइनको अवस्था दयनीय छ, बजेट खर्च करिबकरिब शून्य छ, राहत र बचाउको कार्य पनि कमजोर नै छ । यसको जिम्मा कसले लिने ? संघीय मन्त्रालयले नगरलाई अस्तव्यस्त बनाएर कोरोना फैलाउने वातावरण निर्माणमा सहयोग गरी मानवता विरुद्धको अपराध गरेको छ । तसर्थ माननीय मन्त्री हृदयेश त्रिपाठीले यो सम्पूर्ण कार्यको जिम्मा लिएर नैतिकताको आधारमा राजिनामा दिन जरुरी छ । यदि मन्त्रीले राजिनामा नदिए संघीय सरकार स्थानीय तहको क्षेत्राधिकारप्रति जिम्मेवार, कोरोना संक्रमणप्रति गम्भीर तथा स्थिरता र सुशासनको लागि प्रतिबद्ध छ भन्ने मा. मन्त्रीलाई तुरुन्त बर्खास्त गर्न सम्माननीय प्रधानमन्त्रीज्यूलाई आग्रह गर्दछौं’ वक्तव्यमा भनिएको छ, ‘यस नगरपालिकाको हाकिम सरुवामा मा. मन्त्रीको स्तरबाट भईरहेको अदृश्य चलखेल रोक्न र गलत कार्यको जवाफदेही बनाउन संघीय सरकार खासगरी सम्माननीय प्रधानमन्त्रीज्यूद्वारा चितबुझ्दो कदम नचालिए यो नगरपालिका कार्यालय अनिश्चितकालीन बन्द गर्न बाध्य हुने व्यवहोरा अनुरोध गर्दछौं ।’

(Visited 843 times, 1 visits today)
Loading comments...

आजको समाचार

को हुन नवनियुक्त स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठ

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्रीमा उमेश श्रेष्ठ नियुक्त भएका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीेले श्रेष्ठलाई आइतबार राज्यमन्त्रीमा नियुक्त गरेकी...

६० सचिव फेरबदलको गृहकार्यमा देउवा सरकार

काठमाडौं । कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारले विभिन्न मन्त्रालय र निकायका प्रशासनिक नेतृत्वमा रहेका सचिवको सरुवा तयारी गरेको छ । विभिन्न मन्त्रालय र निकायमा...

निगमलाई निजीकरण नगर्न अल्पकालीन अन्तरिम आदेश

काठमाडौं । सर्वोच्च अदालतले नेपाल वायु सेवा निगमलाई तत्काल निजीकरण नगर्न अल्पकालीन आदेश जारी गरेको छ । नेपालका लागि नेपाली पार्टीकातर्फबाट आतिस कार्कीले दायर गरेको...

कमजोर नबनून् राजनीतिक दलहरू !

नेपालको संविधान २०७२ को प्रस्तावनामामुलुकले ‘जनताको प्रतिष्पर्धात्मक बहुदलीय लोकतान्त्रिक शासन प्रणाली’अँगाल्ने कुरा उल्लेख गरिएको छ । बहुदलीय प्रतिष्पर्धात्मक राज्य व्यवस्थामा आवधिक निर्वाचनको महŒवपूर्ण भूमिका...

साताका लोकप्रिय समाचार

श्रीलंकाविरुद्ध भारतको रोमान्चक जीत

कोलम्बो । भारतले दोस्रो एकदिवसीय खेलमा श्रीलंकाविरुद्ध तीन विकेटको रोमाञ्चक जीत हात पारेको छ । यो जीतसँगै ३-१ दिवसीय खेलको श्रृंखला भारतले एक खेल...

नवनियुक्त स्वास्थ्य राज्यमन्त्रीकाे सपथ सिंहदरवारमा

  काठमाडाैं ।  नवनियुक्त स्वास्थ्यराज्यमन्त्री उमेश श्रेष्ठले सपथ लिएका छन् । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिषरिषद् कार्यालयमा आयोजित विशेष समारोहमा प्रधानमन्त्री शेरबहादुर देउवाले श्रेष्ठलाई पद तथा गोपनीयताको...

भोलीदेखी लामो दुरीका सार्वजनिक यातायात सञ्चालन हुने

  काठमाडौं । भोलिदेखि मध्यम र लामो दूरीको सार्वजनिक यातायात संचालन हुने भएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले जारी निषेधाज्ञालाई थप खुकुलो पार्दै लामो...

पर्यटकलाई भिसा छुट दिने घोषणा कार्यान्वयन भएन

काठमाडौं । सरकारले चालू आर्थिक वर्ष २०७८-७९को बजेट (अध्यादेश)मार्फत विभिन्न मुलुकबाट नेपाल आउने विदेशी पर्यटकलाई एक महिना अवधिको भिसा शुल्क छुट दिने भनिए पनि...

को हुन नवनियुक्त स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठ

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्रीमा उमेश श्रेष्ठ नियुक्त भएका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीेले श्रेष्ठलाई आइतबार राज्यमन्त्रीमा नियुक्त गरेकी...

ट्रेन्डिङ

भेरी अस्पतालमा दुई कोरोना संक्रमितको मृत्यु

बाँके । नेपालगञ्जस्थित भेरी अस्पतालमा उपचाररत दुई कोरोना सङ्क्रमितको गएराति मृत्यु भएको छ । नेपालगञ्ज उपमहानगरपालिका वडा नं.१०, भृकुटीनगर, निवासी ६१ वर्षीय पुरुष र...

पहिरोमा पुरिएर मोटरसाइकल चालकको ज्यान गयो

हेटौंडा । काठमाडौँबाट इपातर्फ जानेक्रममा कोगटेखोला नजिकै आइपुग्दा गए राति बा४४प ६०८५ नंको मोटरसाइकललाई कोगटेखोलामा आएको पहिरोले पुरेको इलाका प्रहरी कार्यालयले जनाएको छ । पहिरोमा...

ई-पेपर

1

RAJDHANIDAILY VIDEO

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 191 times, 1 visits today)