तुलसीपुर बजार पुर्ण रुपमा खुल्यो

तुलसीपुर । तुलसीपुर बजार आजदेखि पुर्ण रुपमा खुलेको छ । यसअघि पालो अनुसार खुल्दै आएका पसलहरु आजदेखि पूर्णमा खुलेका हुन् । कपडापसल, फेन्सी, सुनचाँदी, हार्डवयर, सैलुन, खाद्यन्न, बैंकहरु, किराना, जुत्ताचप्पल, होटेल लगाएतका पसलहरु खुलेका छन् । पसलहरु खुलेसंगै सामान किनमेल गर्नेको पनि घुँइचो लागेको छ ।

गएको बुधबार मन्त्रिपरिषदको बैठकले स्वास्थ्य मापदण्ड र गृह मन्त्राललयले तय गरेको सुरक्षा मापदण्ड पूरा गरेर बजार खुल्ला गर्न दिने गरि लकडाउनलाई सहजीकरण गर्दै लैजाने निर्णय गरेको थियो । यसैलाई आधार बनाएर व्यापारीहरुे पसल खोलेको तुलसीपुर चेम्बर अफ कमर्सका अध्यक्ष टोपबहादुर घर्तीले जानकारी दिए ।

‘केहि दिन अघिसम्म खाद्यन्न, बैंक, हार्डवयर, फेन्सी पसल पालो अनुसार बिहान मात्रै खुल्दै आएका थिए ,’ चेम्बरका अध्यक्ष घर्तीले भने–‘ आज देखि त सबै खुलेका छन् । ’ चैत्र ११ गतेदेखि बन्द रहेका पसलहरु आज पुर्ण रुपमा खुलेकाले र मानिसहरुको चहलपहल पनि बढेको अध्यक्ष घर्तीले बताए ।

कोरोना संक्रमण फैलिन नदिन सुरक्षा मापदण्ड अपनाएर वस्तुस्थितिका आधारमा पसलहरु खुल्ने भनिए पनि त्यसो गरेको पाइंदैन् । संभावित कोरोनाको संक्रमण फैलिन नदिन व्यवसायीक संघसंगठन, स्थानीय सकार र प्रशासनको कुनै समनन्वय विना पसलहरु खुलेको देखिन्छ । घोराहीमा भने आंसीकमा रुपमा बजार खुलेको त्यहाँ सुरक्षा अधिकारीहरुले जानकारी दिएका छन् ।

तपाइको प्रतिक्रिया
(Visited 731 times, 1 visits today)

Ads Space Available

epaper

राजधानी दैनिकमा वार्षिक ग्राहक न्यानो उपहार योजना

भर्खरै

प्रकृतिका बुवा सुनिल भन्छन्– 'मैले छोरी गुमाएँ, अन्य नेपाली विद्यार्थीमाथि दमन नहोस्'

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
मेयरबाट राजीनामा दिएर वडा सदस्यमा उम्मेदवारी !