कृषिमा आत्मनिर्भर हुने अवसर गुम्दै

काठमाडौं । कृषिमा आत्मनिर्भर हुने राम्रो अवसर भए पनि पर्याप्त रासायनिक मलको आपूर्ति गर्न नसक्दा कृषिमा आत्मनिर्भर हुने अवसर गुम्ने देखिएको हो । महामारीका रूपमा फैलिएको कोरोना भाइरसको संक्रमणका कारण सहरमा बस्दै आएका युवा र विदेशमा रोजगारीका लागि गएका युवा गाउँमा फर्किर पुरानो बाँझो जमिनमा खेती गर्न थालेका छन् । यसैगरी धान रोप्न मनसुनसमेत भित्रिसकेको छ ।

लामो समयदेखि सरकारले कृषि क्षेत्रलाई मुख्य प्राथमिकतामा राखेको भए पनि बर्सेनि कृषकले मुख्य धानबाली लगाउने समयमा रासायनिक मलको चरम अभाव खेप्दै आएका छन् । यो वर्ष कोरोना भाइरस संक्रमणका कारण विश्व अर्थतन्त्रसँगै नेपालको अर्थतन्त्र पनि नराम्रोसँग थला परेकाले सरकारले किसानलाई समयमा रासायनिक मलको आपूर्ति गर्छ होला भन्ने अपेक्षा किसानले गरेका थिए । तर, विगतका वर्ष जस्तै यो वर्षमा पनि सरकारले कोरोना भाइरस संक्रमणलाई रोकथाम गर्न गरेको लकडाउनको बहाना बनाएर मुख्य धानबाली रोप्ने समयमा नै किसानलाई युरिया मलको चरम अभाव बेहोर्न बाध्य बनाएको छ ।

किसानले देशभरि नै रोपाइँ गर्न सुरु गरिसकेका छन् । तर, खेतमा हाल्ने पर्याप्त मल भने पाउन सकेका छैन । पर्याप्त धान उत्पादन गर्ने किसानलाई रोपाइँ गर्ने बेला डीएपी मल र धान रोपाइँ गरेको ३० देखि ३५ दिनमा युरिया मलको आवश्यक पर्छ । धान उत्पादन बढाउन अहिले न किसानले पर्याप्त मात्रामा डीएपी मल पाएका छन्, न युरिया मल नै ।

धानबाली रोप्ने समयमा किसान युरिया मलको चरम अभाव बेहोर्न बाध्य

नेपाल कृषक समूह महासंघका अध्यक्ष नवराज बस्नेत भन्छन्, ‘यसवर्ष नेपाललाई कृषिमा आत्मनिर्भर हुने राम्रो अवसर थियो । तर, सरकारले समयमा मल आपूर्ति नगर्दा कृषिमा आत्मनिर्भर हुने अवसर गुम्ने भएको छ । सहर बजारमा बस्दै आएका युवा अहिले खेती गर्न थालेका छन् तर उत्पादन बढाउन मल छैन । विगतमा वर्ष जस्तै यो वर्ष पनि किसानले मुख्य धानबाली लगाउने बेला मलको चरम अभाव खेप्नुपरेको छ ।’ बस्नेतका अनुसार तराई पहाडका विभिन्न ठाउँमा धान रोपाइँ सुरु भइसेको छ । तर, खेतमा राख्ने मल छैन । उनले भने, ‘देशभरि नै मलको समस्या छ । विषेश गरेर अहिले कृषकलाई चाहिने भनेको युरिया मल हो त्यो नै नपाइरहेको अवस्था छ ।, ‘तराईदेखि पहाडका कृषकले दैनिकजस्तो मल नपाएको गुनासो गरिरहेका छन् ।

पहाडमा सुर्खेत, कर्णाली, ओखलढुंगा, सिन्धुपाल्चोक, सिराह सप्तहरीलगायतका विभिन्न ठाउँका कृषकले बढी मल नपाएको गुनासो गर्दै आएका छन् । उनले भने, ‘सरकारसँग मलको अभावको कुरा राख्दा लकडाउनका कारण ढुवानीको समस्या भएको बताउँदै आएका छन ।, ‘कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार असार १५ सम्म मल आइपुग्ने बताएको छ । उनले भने, ‘तर असर १५ पछि आएको मलले कृषकले राहत पाउँदैनन् । त्यो बेलासम्ममा ढिलो भइसकेको हुन्छ । मलका लागि उचित समय अहिले नै हो तर बजारमा मल नै छैन ।’ सरकारले वितरण प्रणाली नै व्यवस्थित बनाउन नसक्दा मलको चरम अभाव भएको उनको भनाइ छ ।

सरकारले पर्याप्त आपूर्ति गर्न भन्दै विगतका वर्षभन्दा मलमा बजेट बढाउँदै गएको भए पनि सम्बन्धित निकायले समयमा मलको आयात नगर्दा किसानले नपाउने अध्यक्ष बस्नेतले बताए । मलको अभाव हुन नदिन सरकारले प्रांगारिक मलमा जोड दिनुपर्ने उनको भनाइ छ । नत्र मल अभावको समस्या सधैं रहिरहने उनको भनाइ छ ।

कृषि तथा पशुपन्छी विकास मन्त्रालयका प्रवक्ता डा. हरिबहादुर केसीले लकडाउनको कारण ढुवानी गर्ने मजदुर नहुँदा मलको समस्या भएको बताए । असार दोस्रोसम्म मलको समस्या समाधान हुने सक्ने उनले बताए । केसीका अनुसार हाल मौज्दात डीएपी १३ हजार मेट्रिक टन र युरिया १० हजार मेट्रिक टन र पोटास ५ हजार मेट्रिक टन छ ।

यस वर्ष विगतभन्दा आयात धेरै गरेको भए पनि लकडाउनले मल आपूर्तिमामा समस्या आएको केसीको भनाइ छ ।लकडाउनले १ महिना १५ दिनसम्म कलकत्ता बन्दरगाहमा नेपालको बल ब्यागिङ र लोडअनलोड गर्ने कार्य बन्द मजदुर अभावका कारण कलकत्तामा आइसकेको ५० हजार मेट्रिक टन रोकिएको बताए । यसैगरी, उनले गुजरातको कान्डला बन्दरगाहमा पनि २१ हजार ५ सय मेट्रिक टन युरिया मल एक महिनादेखि रोकिएको बताए ।

पछिल्लो समय लकडाउन खुकुलो भएपछि मल आउने क्रम सुरु भएकाले असार दोस्रो सातासम्म लकडाउनले रोकिएको मल नेपालमा आइपुग्ने प्रवक्ता केसीले जानकारी गराए । केसीले भने, ‘चीनबाट करिब ५० हजार मेट्रिक टन युरिया मल आउने क्रममा छ । असार अन्तिमसम्म आइपुग्छ ।’ लकडाउनले रोकिएको मल पनि आउने क्रम नै छ । यसवर्ष गतवर्षको भन्दा करिब २५ प्रतिशत मलको आयात गरेको उनले बताए । यसवर्ष मलमा मुख्य समस्या लकडाउनकै करणले भएको उनको भनाइ छ ।

तपाइको प्रतिक्रिया
(Visited 146 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

यस्तो छ– एमडीएमएस खरिद अनियमितताको अन्तरकथा

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
मुलुकभर ८२ हजार २ सय १० जनाद्वारा उम्मेदवारी दर्ता