दैनिक ११ सय बढी मेगावाट विद्युत् खपत हुँदै

काठमाडौं । विश्वभर माहामारीका रूपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) को प्रभावका गरेको लकडाउन खुकुलो पारेसँगै विद्युत् माग बढेको छ । उद्योग, व्यापार व्यावसाय, सरकारी तथा निजी कार्यालय खुलेर आर्थिक गतिविधि बढ्न सुरु भएपछि विद्युत् मागसमेत बढेर ११ सय मेगाबाट भन्दा बढी पुगेको हो ।

कोभिड–१९ को सम्भावित जोखिम कम गर्न सरकारले गरेको लकडाउनका कारण दैनिक औसत करिब ५० प्रतिशतले माग घटेको थियो । देशभर ‘लकडाउन’ अघि दैनिक माग पिक हावरमा १ हजार २ सय मेगावाट हाराहारीमा विद्युत् माग हुने गरे पनि लकडाउन माग घटेर ९ सय मेगावाट पुगेको थियो ।

नेपाल विद्युत् प्राधिकरण भार प्रेषण केन्द्रका प्रमुख सुरेशबहादुर भट्टराईले विगत ८-१० दिनदेखि विद्युत् माग बढेको बताएका छन् । उनले विद्युत् माग बढेर शुक्रबार ११ सय ६५ मेगावाट र शनिबार ११ सय ४ मेगावाट पुगेको बताए । सबैभन्दा बढी विद्युत् खपत हुने काठमाडौं उपत्यकाको माग पनि लकडाउन कडा भएसम्म २ सय ९० मेगावाटको हाराहारीमा विद्युत् माग रहेकामा अहिले ३ सय मेगावाटसम्म रहेको छ । उनले भने, ‘प्राधिकरणको ४ सय ९९ मेगावाट निजी क्षेत्रको ४ सय ४९ मेगावाट र १ सय ५५ मेगावाट विद्युत् आयात गरेर विद्युत् खपत भइरहेको छ ।’

सबैभन्दा बढी विद्युत् खपत हुने काठमाडौं उपत्यकाको विद्युत् माग लकडाउन कडा भएसम्म २ सय ९० मेगावाटको हाराहारीमा रहेकोमा अहिले ३ सय मेगावाट पुगेको छ ।

लकडाउनमा कडाइ हुँदा अधिकतम साढे ९ सय मेगावाट सम्म हुने गरेको सरकारले लकडाउन पारेसँगै विद्युत् मागसमेत बढेर ११ सय मेगावाट भन्दा बढी रहेको भट्टराईले बताए । ‘केही दिन यता विद्युत्को माग बढिरहेको छ, उद्योगधन्दा, कलकारखाना पूर्ण क्षमतामा चल्न सुरु गर्ने हो भने अझै ३ सय मेगावाट माग थपिन्छ ।’ तराईमा गर्मी बढेर पंखा, एसी, कुलरलगायत विद्युतीय उपकरणको प्रयोग बढेर पनि विद्युत् खपत बढेको हो ।’

माग बढ्न थालेकाले प्राधिकरणका सबै जलविद्युत्गृह चलेका छन् । बढ्दो विद्युत् माग व्यवस्थापन गर्न आवश्यकता डिमान्ड प्यारामिटरअनुसार विद्युत् सप्लाई हुने गरेको प्राधिकरणले जनाएको छ । प्राधिकरणका जलविद्युत्गृहको उत्पादन ५ सय २५ मेगावाट छ । निजी क्षेत्रका जलविद्युत्गृहको उत्पादन ४ सय ८० मेगावाट हाराहारीमा छ । नदी खोलामा पानीको सतह बढिरहेकाले निजी क्षेत्रको उत्पादन बढिरहेको भट्टराईले जानकारी दिए ।

नेपाल सरकारले कोरोना भाइरसको संक्रमण रोक्न चैत ११ गतेदेखि लकडाउन सुरु गरेको थियो । लकडाउनमा विद्युत् माग ५० प्रतिशतसम्म घटेको थियो । यसरी माग घट्दा प्राधिकरणको रातको समयमा दैनिक १ देखि २ करोड मूल्यसम्मको विद्युत् खेर जाने गरेको ऊर्जा मन्त्रालयले बताउँदै आएको थियो । यसरी विद्युत् मागमा गिरावट आउँदा लकडाउन अवधिमा प्राधिकरणले अर्बाैं रुपैयाँ आम्दानी गुमाएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 88 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

फोहोर व्यवस्थापनमा चुक्दै बालेन, सरकार रमित

कुरी-कुरी