क्वारेन्टाइन बलात्कारमा संलग्नलाई कार्वाही गर्न कांग्रेसको माग

काठमाडाै‌ं ।  कैलाली जिल्लाको एक क्वारेन्टाइनमा भएको बलात्कारको घटना संलग्नलाई कडा कार्वाही गर्न नेपाली कांग्रेसले माग गरेको छ ।

‘कैलाली घटनामा दोषीलाई कानूनी कार्वाही संगसंगै क्वारेन्टाइनहरुको बेथितिमा सरकारले आफ्नो अयोग्यताको अनुहार हेर्न जरुरी छ ।’ कांग्रेसद्धारा जारी विज्ञप्तीमा उल्लेख छ ।

मापदण्ड विपरीतका अव्यवस्थित क्वारेन्टाइनहरु कोरोना संक्रमण विस्तारको केन्द्र बन्दै गएको भन्दै अव्यवस्थाका कारण देशका विभिन्न क्वारेन्टाइनबाट नागरिक भागेकोमा कांग्रेसले चासो व्यक्त गरेको छ । ‘क्वारेन्टाइन सुरक्षाका लागि कि सजायका लागि भन्ने प्रश्न उब्जिएको छ र अन्तत बलात्कार सम्मको घटनाले कम्युनिस्ट सरकारको शासकीय क्षमताको अनुहारमा कालो पोतिएको छ ।’ विज्ञप्तीमा भनिएको छ ‘हामीसंग ३ तहका सरकार छन् तर क्वारेन्टाइनमा एउटा चेलिको रक्षा गर्न असमर्थ बन्छन् भने यो भन्दा लज्जास्पद घटना अर्को के हुनसक्छ ?’

क्वारेन्टाइनको ब्यवस्थापन र सुरक्षा सम्बन्धमा गम्भीर लापरबाही गर्नेहरुको नैतिक जिम्मेवारी यो घटनामा गांसिन्छ कि गांसिन्न भन्दै कांग्रेसले सरकारसंग प्रश्न गरेको छ । बलात्कारमा सामेललाई कानूनी कार्वाही संगै यो घटनाको गम्भीर समिक्षा गरेर राज्यको जिम्मेवार पदमा रहेर गैह्र जिम्मेवार बन्नेहरुलाई दोषको मात्रा अनुरुपको विविध कार्वाही गर्न कांग्रेसले माग गरेको छ ।

तपाइको प्रतिक्रिया
(Visited 195 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

देउवा-नेपालको भेटले सत्ता समीकरणमा तरंग

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
जहाँ स्वतन्त्रले जिते