गण्डकीमा १८ नयाँ संक्रमित फेला, पाेखरामा १ जना थपिए

पोखरा । गण्डकी प्रदेशमा मंगलबार १८ जना नयाँ कोरोना संक्रमित फेला परेका छन् । योसँगै प्रदेशमा कुल संक्रमित संख्या २ सय २३ पुगेको छ ।
प्रदेश स्वास्थ्य निर्देशनालयले मंगलबार बिहान विज्ञप्ति प्रकाशित गरी सोको पुष्टि गरेको हो । उनीहरु सबै जना भारतबाट फर्केर क्वारेन्टाइनमा बस्दैआएका थिए ।
स्वास्थ्य निर्देशनालयका अनुसार गोरखामा १०, स्याङ्जामा ४, नवलपरासी (बर्दघाट सुस्ता पूर्व) २, कास्की १ र बागलुङ १ सहित १८ जना फेला परेका हुन् । तीमध्ये गोरखा नगरपालिकाकी ३१ वर्षीया महिला छन् । अरु सबै १७ जना पुरुष छन् । गोरखामा भेटिएकामध्ये गोरखा नगरपालिकाका वर्ष २१, २५, २९, ३२, २६, ३५ र ५३ वर्ष उमेर समूहका छन् भने बारपाक सुलिकोट गाउँपालिकाका वर्ष २५ र ५३ का पुरुष छन् ।
स्याङ्जा चापाकोट नगरपालिकाका वर्ष १८ का २ जनासहित वर्ष ३५ र ३९ जना पुरुष छन् ।
नवलपरासी (बर्दाघाट सुस्ता पूर्व) को विनयत्रिवेणी गाउँपालिकाका वर्ष १८, कास्कीको पोखरा महानगरपालिकाका वर्ष २१ र बागलुङको ताराखोला गाउँपालिकाका वर्ष ३४ का पुरुषमा कोरोना भाइरस भेटिएको हो ।
संक्रमित सबैजनालाई सम्बन्धित जिल्लाको आइसोलेसन कक्षमा लैजाने तयारी भएको स्वास्थ्य निर्देशक डा. विनोदबिन्दु शर्माद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
तपाइको प्रतिक्रिया
(Visited 107 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

नेतृ रेखा थापाद्वारा राप्रपाको विशेष महाधिवेशन माग

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
काठमाडौं र भरतपुर महानगरपालिकामा बिहान ८ बजेदेखि मतगणना