टिपर दुर्घटनामा गम्भीर घाइते भएकाको हेलिकप्टरबाट उद्धार

संखुवासभा । संखुवासभाको मकालु गाउँपालिका–३ मा टिपर दुर्घटनाबाट गम्भीर घाइते भएकाको हेलिकप्टरबाट उद्धार गरिएको छ । दुर्घटनाबाट गम्भीर घाइते भएका उदयपुरको रौता –५ का राम बहादुर सार्कीको हेलिकप्टरबाट उद्दार गरिएको इलाका प्रहरी चौकी हेदाङनाले जनाएको छ ।

किमाथांका–जोगवनी सडक खण्डमा प्रदेश १–०२–००१ क ३६६७ नम्बरको ट्रिपर सडक भन्दा ६० फिट तल खसेर चालक सार्की गम्भीर घाईते भएका हुन् । घाईते सार्कीलाई उपचारका लागि सुनसरीको धरान स्थित विपि कोईराला स्थास्थ्य विज्ञान प्रतिष्ठान लगिएको ईलाका प्रहरी चौकी हेदाङनाका प्रहरी नायव निरिक्षक महीतकुमार यादवले जानकारी दिए ।

बिहिबार विहान ८ बजे किमाथांका –जोगवनी सडक खण्डको स्तरउन्तिको काम गरेको स्वामी नारायण आर्शीवाद कम्पनीको ट्रिपर दुर्घटना भएको थियो । घाइते चालकको टाउको, ढाड र खुट्टामा चोट लागेका छ । उनको स्थानिय स्वास्थ्य चौकीमा सामान्य उपचार गरी थप उपचारका लागि धरान लगिएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 165 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

लुकेका ललिता निवासहरू

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
पाल्पामा निर्वाचन टोली मतदानस्थमा खटिदै