Wednesday, September 22, 2021
Your Ads Here
Homeभर्खरैप्रशासन सेवाका ५ हजार अधिकृत ‘भद्र’ आन्दोलनमा

प्रशासन सेवाका ५ हजार अधिकृत ‘भद्र’ आन्दोलनमा

,
sharethis

काठमाडौं । सरकारले वृत्ति विकासमा प्रत्यक्ष प्रभाव पर्ने गरी विभेदपूर्ण कानुन ल्याउन लागेको भन्दै प्रशासन सेवाका उपसचिव र अधिकृतसहित ५ हजार कर्मचारीले भद्र आन्दोलन थालेका छन् । सरकारले हाल छुट्टाछुट्टै सेवा समूहमा रहेका शिक्षा, आर्थिक योजना तथा तथ्यांक सेवा र विविध सेवालाई प्रशासन सेवामा गाभ्ने गरी संघीय निजामती सेवा विधेयकमा नयाँ प्रस्ताव तयार पार्ने गृहकार्य अघि बढाएपछि उपसचिव र अधिकृतहरू आन्दोलित बनेका हुन् ।

आन्दोलनमा सहभागी हुनेमा उपसचिव १ हजार ६३ जना र शाखा अधिकृत ३ हजार ९ सय ३६ जना छन् । उनीहरूलाई प्रशासन सेवाका सहसचिव र अधिकांश सचिवको सहानुभूति रहेको छ ।

अधिकृतहरूले आन्दोलनको पहिलो चरणअन्तर्गत सरकारको सो प्रस्तावविरुद्ध हस्ताक्षर अभियान थालेका छन् । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री हृदयश त्रिपाठीले यसअघि प्रस्ताव गरिएका व्यवस्था हटाएर प्रशासन सेवाका कर्मचारीको वृत्ति विकासलाई ध्वस्त पार्ने गरी विधेयकमा नयाँ प्रस्ताव गरेपछि प्रशासन सेवाका कर्मचारीहरूले आन्दोलन कार्यक्रम अघि सारेका हुन् ।

मन्त्री त्रिपाठीले संघ, प्रदेश र स्थानीय तहको सम्बन्ध नै टुटाउने गरी स्थानीय तह र प्रदेशमा केन्द्रका कर्मचारी जाने बाटो बन्द गराउन खोजेको भन्दै कर्मचारीहरूले आपत्ति जनाएका छन् । संविधानले नै संघ, प्रदेश र स्थानीय तहको सम्बन्ध सहकार्य, सहअस्तित्व र समन्वयको आधारमा अघि बढ्ने व्यवस्था गरे पनि मन्त्री त्रिपाठीले संविधानको सो मर्मविपरीत केन्द्रीय सरकारबाट प्रदेश सरकार र स्थानीय सरकारलाई अलग बनाउने प्रयास थालेको आरोप लगाएका छन् ।

यसअघि संघीय निजामती सेवा विधेयकको प्रस्तावमा प्रदेशका सचिव र स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतमा केन्द्रका कर्मचारी राखिने प्रस्ताव गरिएको थियो । तर, अहिले मन्त्री त्रिपाठीले सो प्रस्तावलाई परिवर्तन गरी प्रदेश र स्थानीय तहमा प्रदेश सेवाकै कर्मचारी राख्ने प्रयास थालेका हुन् ।

२४ घण्टामा भएका समाचारहरु पढ्नुहोस   सर्वोच्चले माग्यो सभामुख र निर्वाचन आयोगको सक्कल निर्णय

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, गृह मन्त्रालय, अर्थ मन्त्रालयलगायत अधिकांश मन्त्रालय, विभाग तथा स्थानीय तहमा कार्यरत प्रशासन सेवाका उपसचिव तथा अधिकृतहरू नै सो प्रस्तावको विरुद्धमा हस्ताक्षर अभियानमा उत्रिएका हुन् । उनीहरूले हस्ताक्षरदेखि कार्यालयको काम नै बहिष्कार गर्नेसम्मका आन्दोलनका कार्यक्रम तय गरेका छन् ।

सरकारले सो प्रस्ताव फिर्ता नलिए देशभरका सरकारी कार्यालय नै ठप्प पारिदिने चेतावनीसमेत उनीहरूले दिएका छन् । ‘कर्मचारीको वृत्ति विकासमा अवरोध पुग्ने गरी आउने प्रस्ताव हामीलाई मान्य छैन, सरकारले सो प्रस्ताव नसच्याए आन्दोलनको आँधीबेहरी सिर्जना गर्न बाध्य हुनेछौं,’ एक शाखा अधिकृतले राजधानीसँग भने ।

संघीय निजामती सेवा विधेयक विगत डेढ वर्षदेखि संसद्को राज्यव्यवस्था तथा सुशासन समितिमा विचाराधीन छ । राज्यव्यवस्था समितिका सदस्यको विभिन्न रुचि समूहका व्यक्तिसँगको सम्बन्ध तथा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रीको निष्क्रियताका कारण सो विधेयक लामो समयदेखि थन्कँदै आएको हो ।

अहिले मन्त्री त्रिपाठीले विगतमा भइसकेको महŒवपूर्ण सहमति उल्टाएर अनावश्यक प्रस्ताव राख्न थालेपछि विवाद बढेको हो । मन्त्रीको स्वार्थ समूहसँगको रुचिका कारण विधेयक अघि बढ्न नसकेको र गलत प्रस्ताव आएको प्रशासन सेवाका कर्मचारीको आरोप छ ।

तपाइको प्रतिक्रिया

(Visited 7,074 times, 2 visits today)

आजको समाचार

परराष्ट्र कांग्रेसको भागमा, खड्का मन्त्री बन्दै

काठमाडौं । सरकार बनेको दुई महिना बितिसक्दा पनि मन्त्रिपरिषद्लाई पूर्णता दिन नसकेको भनेर चर्काे आलोचना खेपिरहेका प्रधानमन्त्री शेरबहादुर देउवाले तत्काल परराष्ट्रमन्त्री नियुक्त गर्ने भएका...

डा भक्तमानको अपहरणमा संलग्न पण्डित पक्राउ

  चितवन ।  चितवनका चिकित्सक (बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका तत्कालीन कार्यकारी निर्देशक) डा भक्तमान श्रेष्ठको अपहरणमा संलग्न रही फरार एक व्यक्ति लामो समयपछि पक्राउ...

अध्यादेश खारेज नभई जसपाले मन्त्री पठाउँदैन : उपेन्द्र यादव

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले राजनीतिक दलसम्बन्धी अध्यादेश खारेज नभएसम्म सरकारमा नजाने अडान लिएका छन् । अध्यादेश खारेजपछि मात्र...

सोह्र श्राद्धको अपराह्नकाल : कुन तिथि कतिखेर गर्ने ?

काठमाडौँ । दिवङ्गत पितृका नाममा प्रत्येक वर्ष आश्विन कृष्ण पक्षमा गरिने सोह्र श्राद्धका लागि आवश्यक पर्ने अपराह्नकालको समय निर्धारण गरिएको छ । धर्मशास्त्रका विभिन्न...

साताका लोकप्रिय समाचार

अब प्राधिकरणले ठूला उद्योगीले मागेजति विद्युत् दिने

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले विद्युत् खपत बढाउने योजनाअन्तर्गत ठूला उद्योगलाई मागेजति विद्युत् उपलब्ध गराउन निर्धाणाधीन प्रसारण तथा वितरण लाइन र सबस्टेसन आयोजनाको निर्माणलाई...

ओली सरकारले नियुक्त गरेका सबै राजदूत फिर्ता

काठमाडौं । सरकारले नेपालका लागि अमेरिकी राजदूत पूर्वअर्थमन्त्री डा. युवराज खतिवडासहित केपी शर्मा ओलीको पालामा नियुक्त भएका सबै राजदूतलाई फिर्ता बोलाउने निर्णय गरेको छ...

अख्तियारद्वारा एक सय बढीसँग बयान

धनगढी । कञ्चनपुरमा वर्षौंदेखि भूमाफियाको कब्जामा रहेको महेन्द्रनगर नगर विकास समितिको सयौं बिघा जग्गा छानबिनका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोग केन्द्रीय कार्यालयबाट विशेष टोली...

डा भक्तमानको अपहरणमा संलग्न पण्डित पक्राउ

  चितवन ।  चितवनका चिकित्सक (बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका तत्कालीन कार्यकारी निर्देशक) डा भक्तमान श्रेष्ठको अपहरणमा संलग्न रही फरार एक व्यक्ति लामो समयपछि पक्राउ...

पञ्चायतले ०३५ सालमा मृत्युदण्ड दिएकाे क्याप्टेन यज्ञबहादुर थापालाई ०७८ मा पदक

ओखलढुंगा । क्याप्टेन यज्ञबहादुर थापाले सहादत प्राप्त गरेको ४३ वर्ष भइसकेको छ । सरकारले आइतबार घोषणा गरेको मानपदवी पाउनेको सूचीमा थापाको नाम ‘प्रसिद्ध प्रबल जनसेवाश्री’...

ट्रेन्डिङ

लोकसेवा आयोगकै गम्भीर त्रुटि

काठमाडौं । लोकसेवा आयोगका अध्यक्षकै अध्यक्षतामा रहने सिफारिस समितिको गम्भीर त्रुटिका कारण शिक्षक सेवा आयोगको नियुक्ति प्रक्रिया अवरुद्ध भएको खुलासा भएको छ । आयोगका तत्कालीन...

माधव नेपाललाई मन परेको अमिताभ बच्चनको त्यो गीत

  काठमाडौं । साधारण टिसर्ट र पाइजामा थिए पूर्वप्रधानमन्त्री एवं एमाले वरिष्ठ नेता माधवकुमार नेपाल । कोटेश्वरस्थित निवासमा उनले दिएकै समयमै पुग्दा हामीलाई आधा घन्टा...
1

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

तपाइको प्रतिक्रिया
(Visited 200 times, 1 visits today)