Wednesday, September 22, 2021
Your Ads Here
Homeप्रदेशभारतद्वारा अतिक्रमित क्षेत्रमा अहिलेसम्मकै बढी बजेट

भारतद्वारा अतिक्रमित क्षेत्रमा अहिलेसम्मकै बढी बजेट

,
sharethis

धनगढी । भारतद्वारा अतिक्रमित दार्चुलाको व्यास क्षेत्रका लागि सुदूरपश्चिम प्रदेश सरकारले ५ करोड रुपैयाँ बजेट छुट्याएको छ । दार्चुलाको व्यास गाउँपालिकाअन्तर्गत पर्ने सो क्षेत्रको विकास निर्माणका लागि बजेट छुट्याइएको हो ।
सोमबार प्रदेशसभामा आर्थिक मामिला तथा योजनामन्त्री झपट बोहराले प्रस्तुत गरेको आर्थिक वर्ष २०७७/७८ को बजेटमा सीमावर्ती व्यास गाउँपालिकामा विकास निर्माणका काम अघि बढाउन विशेष प्राथमिकतासहित ५ करोड रुपैयाँ विनियोजन गरिएको उल्लेख छ ।
मन्त्री बोहराले संघीय सरकार र स्थानीय तहको समन्वयमा सो क्षेत्रमा सडक, पुल, खानेपानीलगायतका भौतिक पूर्वाधार, शिक्षा, स्वास्थ्य जस्ता सार्वजनिक सेवा उपलब्ध गराउन ५ करोड रुपैयाँ बजेट विनियोजन गरिएको बताए ।
मन्त्री बोहराले दार्चुलाको व्यास गाउँपालिकामा संघीय सरकार र स्थानीय तहको समन्वयमा सडक, पुल, खानेपानीलगायतका भौतिक पूर्वाधार, शिक्षा, स्वास्थ्यजस्ता सार्वजनिक विकास र सहज सार्वजनिक सेवा उपलब्ध गराई प्रदेश सरकारको अनुभूतिसहितको एकीकृत विकास गर्दै जान ५ करोड बजेट विनियोजन गरिएको जानकारी दिए । दार्चुलाको दुर्गम भेगमा पर्ने सो क्षेत्रमा पहिलोपटक विकास निर्माणका लागि यति धेरै ठूलो रकम बजेट विनियोेजन गरिएको हो ।
चीन, भारत र नेपालको त्रिदेशीय नाका रहेको व्यास गाउँपालिकाको लिपुलेक, लिम्पियाधुरा र कालापानी क्षेत्र हुँदै भारतले एकतर्फी सडक निर्माण गरेपछि त्यसको व्यापक विरोध भएको थियो । भारतले नेपाली भूमि अतिक्रमण गरी सेना राखेर सडक बनाएपछि हालै नेपालले लिपुलेक, लिम्पियाधुरा र कालापानी क्षेत्र समेटेर नयाँ नक्सा जारी गरिसकेको छ ।
अतिक्रमित क्षेत्रका लागि संघीय सरकारले बजेट विनियोजन नगरेपछि प्रदेश सरकारले भने त्यस क्षेत्रमा आफ्नो अनुभूतिसहितको एकीकृत विकास गर्ने गरी बजेट विनियोजन गरेको मन्त्री बोहराले बताए । लिपुलेक, लिम्पियाधुरा र कालापानी क्षेत्र व्यास गाउँपालिकामा पर्छन् ।
भारतले नयाँ नक्सामा लिपुलेक, लिम्पियाधुरा र कालापानी समेटेपछि नेपालले पनि ती क्षेत्रलाई समेटेर नयाँ नक्सा जारी गरी नयाँ नक्सालाई प्रतिनिधिसभाले सर्वसम्मत अनुमोदनसमेत गरेको छ ।
सुदूरपश्चिम प्रदेश सरकारले त्रिदेशीय सीमा नाका भएको व्यास गाउँपालिकामा पहिलोपटक विकास निर्माणका लागि भन्दै ५ करोड बजेट विनियोजन गरेपछि व्यासवासी खुसी भएको व्यास गाउँपालिका अध्यक्ष दिलिप बुढाथोकीले बताए ।
उनले विकासका दृष्टिले धेरैपछि परेको बहुचर्चित व्यासमा अहिलेसम्म राज्यको उपस्थिति हुन नसकेको बताउँदै प्रदेश सरकारले यस क्षेत्रका लागि ५ करोड रुपैयाँ विनियोजन गरेर सराहनीय कार्य गरेको बताए । उनले भने, ‘सो रकमले भौतिक पूर्वाधार विकासमा सहयोग पुग्नेछ ।’
उनले संघीय सरकारले समेत ब्यास क्षेत्रलाई विशेष प्राथमिकतामा राख्नुपर्ने बताए । स्थानीय विकासबाट समेत वञ्चित रहेको व्यासको कुटी, गुन्जी र छाङरुका बासिन्दा अझै पनि रोजीरोटीका लागि भारतमै निर्भर रहेका छन् ।
भारतले नेपाली भूमि अतिक्रमण गरेर दार्चुलाको व्यास गाउँपालिकाको लिपुलेक हुँदै चीनको मानसरोवरसँगको नाका जोड्ने ७८ किलोमिटर सडक निर्माण गरेपछि यो क्षेत्रको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा चर्चा भइरहेको छ ।

तपाइको प्रतिक्रिया

(Visited 245 times, 1 visits today)

आजको समाचार

बाजुरा काँग्रेसको ६९ वटै वडामा एकसाथ अधिवेशन

बाजुरा । नेपाली कांग्रेसको १४ औं महाधिवेशन तथा सातौँ जिल्ला अधिवेशनको तयारी अन्तिम चरणमा पुगेको छ । आजबाट सुरु हुने वडा, गाउँ, नगरपालिका, प्रदेश...

परराष्ट्रमन्त्री खड्काद्वारा शपथ, लगत्तै न्यूयोर्क जाने

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त परराष्ट्रमन्त्री डा नारायण खड्कालाई आज पद तथा गोपनीयताको शपथ दिलाएकी छन् । राष्ट्रपति भवन शीतल निवासमा आयोजित समारोहमा...

नेपालको चुनौती समाप्त

काठमाडौं । हङकङसँग गोलरहित बराबरीमा रोकिएपछि नेपालको एएफसी महिला एसियन कप–२०२२ छनोटको यात्रा समाप्त भएको छ । जित निकाल्नै पर्ने खेलमा हङकङको महिला राष्ट्रिय...

पहिरोले घर पुरिदा एकै परिवारका तीन छोरीको मृत्यु

  गुल्मी । गुल्मीमा पहिरोल घर पुिरदा तीन जनाको मृत्यु भएको छ । जिल्लाको रेसुङ्गा नगरपालिका –८ थुम्कामा तिलक परियारको घर पुरिदा उनकी छोरीहरु २१...

किन हुन्छ सीमा क्षेत्रमा सशस्त्र प्रहरीमाथि बारम्बार आक्रमण ?

काठमाडौं । कञ्चनपुरमा सोमबार साँझ भारतीय तस्कर समूहको आक्रमणबाट नेपालका तीन जना सशस्त्र प्रहरी घाइते भएका छन् । साँझ करिब ८ बजेको समयमा दोधाराचाँदनी...

साताका लोकप्रिय समाचार

राजनीति कसका लागि ?

राजनीति कसका लागि गरिन्छ ? यसको सोझो उत्तर छ–जनताका लागि । तर, नेपालमा अहिले त्यस्तो उत्तर दिइयो भने त्यो पूर्णतः गलत साबित हुने गरेको...

हुलाकी राजमार्गको पुल १० वर्षदेखि अलपत्र

  धनगढी । कैलालीको भजनी नगरपालिकास्थित कान्द्रा नदीमा निर्माणाधीन पुल १० वर्षदेखि अलपत्र छ । पुलका चारवटा स्पानमध्ये दुईवटाको काम मात्र सकिएको छ । तेस्रोपटक...

मन्त्रिपरिषद्लाई छिटो पूर्णता देऊ

भदौ २३ गतेबाट पूर्णरूपमा विस्तार हुने भनिएको मन्त्रिमण्डल अझै पनि विस्तार हुन सकेको छैन । यो अवधिसम्म अपूर्ण सरकारले ६० दिन पार गरिसकेको छ...

‘फलामको टुक्रा होइन प्रदेश सरकारको भावना हो’

  सप्तरी । प्रदेश २ का समाजिक विकासमन्त्री नवल किशोर साहले गृह जिल्ला सप्तरीमा शनिबार छात्रालाई साइकल र शारीरिक आपांगता भएकालाई ह्विलचियर वितरण गरेका छन्...

प्रहरी र सशस्त्र प्रहरीमा विभूषणको अर्थ

  काठमाडौं । सुरक्षा निकायमा भने विभूषणले ठूलो अर्थ राख्छ । योपटक नेपाल प्रहरीमा प्रहरी महानिरीक्षक शैलेश थापा क्षत्रीसहित विभिन्न तहका १ सय १९ जनालाई...

ट्रेन्डिङ

दार्चुलामा ट्याक्टर दुर्घटना हुँदा १ को मृत्यु, ५ जना घाइते

बैतडी । दार्चुलाको मार्मामा ट्याक्टर दुर्घटना हुदाँ १ जनाको मृत्यू भएको छ भने ५जना घाइते भएका छन् । मृत्यु हुनेमा मार्मा गाउँपालिका ६ का...

नेकपा किचलोले एकताको काम ओझेलमा

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)भित्रको किचलोका कारण एकताका बाँकी काम टुंगो लगाउने जिम्मेवारी ओझेल पर्दै गएको छ । पार्टी केन्द्रीय कमिटी, सचिवालय,...
1

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

तपाइको प्रतिक्रिया
(Visited 200 times, 1 visits today)