कोरोनाको शंका लाग्यो ? परिक्षण गर्न पाईदैन !

काठमाडौं । नेपालमै बसेका कुनै नागरिकले कारोना भाइरसको शंका लागेर परिक्षण गर्न चाहेमा तत्काल कोरोना भाइरस परिक्षण गर्न पाउने छैनन् । स्वास्थ्य मन्त्रालयले कोरोना परिक्षणका लागि बनाएको मापदण्ड अनुरुप कारोना परिक्षणका लागि उच्च ज्वरो आएको र चीनवाट फर्किएको हुनुपर्ने छ ।

‘हामीले चीनवाट फर्किएकालाई मात्रै कोरोना भाइरस परिक्षणको व्यवस्था गरेका छौं । नेपालमै बसेकाले कोरोना परिक्षण गर्न पर्दैन ।’ स्वास्थ्य मन्त्रालय एक अधिकारीले नाम उल्लेख नगर्ने सर्तमा भने । नेपालमा कोरानाको कुनै संक्रमण नभएको दावी गर्दै ति अधिकारीले चीनवाट आएकाहरुलाई मात्रै परिक्षणको व्यवस्था गरेको बताए । कोरोना भाइरसको परिक्षण राष्ट्रिय जनस्वास्वास्थ्य प्रयोगशाला टेकुमा हुने गरेको छ ।

तपाइको प्रतिक्रिया
(Visited 214 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

बलि दिन भारत पुर्‍याइएकी बालिकाको उद्धार

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – माघ २०, २०७९
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – माघ २०, २०७९
कैलालीमा खाता एमालेले खोल्यो