सेभिया रोकियो

मड्रिड । स्पेनिस ला लिगामा सेभिया लेभान्टेसँग बराबरीमा रोकिएको छ । सेभिया लेभान्टेसँग १–१ गोलको बराबरीमा रोकिएको हो । भ्यालेन्सियामा सोमबार राति भएको खेलमा घरेलु टोलीलाई दबाबमा राखे पनि आफ्नै गल्तीमा सेभिया बराबरीमा रोकिन बाध्य बनेको हो । प्रतिस्पर्धात्मक बनेको खेलको पहिलो हाफमा गोलरहित बराबरीमा टुंगिएको थियो ।

दोस्रो हाफको सुरुमै लुक डि जोङले गोल गर्दै सेभियालाई अग्रता दिलाएका थिए । खेल सकिन तीन मिनेट बाँकी रहँदा डिएगो कार्लाेसले आत्मघाती गोल गरेपछि सेभिया जितबाट वञ्चित बन्न पुग्यो । त्यसपछि खेलमा थप गोल निस्कन नसक्दा खेल सेभियाले ३ अंक गुमाउन बाध्य बन्यो । बराबरीसँगै तेस्रो स्थानमा रहेको सेभियाको ५१ अंक पुगेको छ । लेभान्टे ३५ अंक जोडेर एक स्थान माथि १२औं स्थानमा रहेको छ ।

अर्काे खेलमा रियल बेटिस र ग्रानडाले २–२ गोलको बराबरी खेल्दै अंक बाँडेका छन् । रियल बेटिसका सर्जियो केनालेस र क्रिस्टियन टेलोले गोल गरे । ग्रानडाका कार्लाेस फर्नान्डेज र रोवर्टाे सोल्डाडोले गोल गरे । बराबरीसँगै ग्रानडाले भिल्ला रियललाई एक अंकले पछि पार्दै आठौं स्थानमा उक्लिएको छ । रियल बेटिस १३औं स्थानमा यथावत् छ ।

तपाइको प्रतिक्रिया
(Visited 193 times, 1 visits today)

Ads Space Available

epaper

राजधानी दैनिकमा वार्षिक ग्राहक न्यानो उपहार योजना

भर्खरै

१० माघ २०८१

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
त्रियुगाकाे प्रमुखमा कांग्रेस र उपप्रमुख एमाले विजयी, गाईघाटमा एमालेलाई कांग्रेसकाे टक्कर