बाजुरा । बडिमालिका नगरपालिकाका वडा न ८ का वडाअध्यक्ष प्रकाश रावलले चलाउदै आएको सरकारी मोटरसाइकलसहित २ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । हिजो राति १२ बजे मात्र जिल्ला प्रहरी कार्यालय बाजुराको प्रहरी टोलीले सदरमुकाम मार्तडीमा बडिमालिका नगरपालिकाको मोटरसाइकल समातेको हो ।
बडिमालिका नगरपालिका वडा ८ का वडाअध्यक्ष प्रकाश रावलले चलाउँदै आएको बा २ ब २५१२ नम्मरको मोटरसाइकल प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रमुख प्रहरी नायव उपरिक्षक टकंप्रसाद भट्टराइले बताएका छन् । राति १२ बजेको समयमा मदिरा सेवन गरी मोटरसाइकल चलाएर आएका २ जनासहित मोटरसाइकल प्रहरीको टोलीले नियन्त्रणमा लिएको प्रहरी नायव उपरिक्षक भट्टराइले बताए ।
बा २ प २५१२ नम्मरको सरकारी मोटरसाइकल र बडिमालिका नगरपालिका वडा न ८ का वडाअध्यक्ष प्रकाश रावलले चलाउँदै आएका थिए । रातिको समयमा बिचबाटोमा प्रहरीले रोक्न खोज्दा एक जना फरार रहेको र २ जनासहित २ मोटरसाइकल नियन्त्रणमा लिएको प्रमुख भट्टराइले बताए । मोटरसाइकलमा सवार २ जनामा बर्ष २५ का गोरख थापा र बर्ष २० का प्रकाश थापालाई समेत प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ । सो सरकारी सवारी साधनको दुरूपयोग बिषयमा वडाअध्यक्षसहितका व्यक्तिलाई सार्वजनिक मुद्धाको रूप अघि बढाउने प्रहरी नायव उपरिक्षक भट्टराइले बताएका छन् ।
हरेक समयमा जिल्लामा सरकारी गाडीको दुरूपयोग हुँदै आएकोले अब कुनै पनि हालतमा नछोड्ने जिल्ला प्रहरी कार्यालय जनाएको छ । मोटरसाइकल सदरमुकाम मार्तडीको हिलटप होटलको अगाडी राति १२ बजे समातिएको प्रहरीले जनाएको छ । रातीको समयमा मदिरा सेवन गरी सरकारी गाडी बा २ ब २५१२ र प्राइभेट गाडी न से ५ प ५०७१ नम्मरको गाडीमा रहेका २ जनासहित दुबै गाडीहरू प्रहरी नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।