सीमा क्षेत्रका नागरिकलाई सुरक्षाको प्रत्याभूति गराउँछौं : आइजीपी खनाल

दार्चुला । सशस्त्र प्रहरी महानिरीक्षक (आइजीपी) शैलेन्द्र खनालले सीमा क्षेत्रका नागरिकलाई सुरक्षाको प्रत्याभूति दिलाउने बताएका छन् । दार्चुला सदरमुकाम खलंगामा निर्माण भएको सशस्त्र प्रहरी बल नेपाल नम्बर ५० गुल्म हेडक्वाटर दार्चुलाको भवनको उद्घाटन गर्दै खनालले यस्तो बताएका हुन् ।

व्यास गाउँपालिका १ छांगरुमा गत वैशाख ३१ गते स्थापना भएको सशस्त्र प्रहरीको बोर्डर आउट पोष्ट बीओपीको निरीक्षण गर्न दार्चुला आएका आइजीपी खनालले सोहि अवसरमा दार्चुलामा निर्माण भएको भवनको उद्घाटन गरेका थिए ।

व्यास गाउँपालिका १ छांगरु गागामा रहेको सशस्त्र प्रहरीको बीओपी निरीक्षण गरेर फर्किएपछि खलंगामा भवनको उद्घाटन गरेका छन् । भवन उद्घाटन गर्दै आइजीपी खनालले सीमा सुरक्षाको लागि सशस्त्र प्रहरी जिल्लामा क्रियाशिल रहेको बताए । उनले भने, “सीमित स्रोत साधनका बीचमा सशस्त्र प्रहरीले आफ्नो जिम्मेवारी निर्वाह गरिरहेको छ ।

उनले अहिले देशभरी सशस्त्रको बोर्डर आउट स्थापना भइरहेको र जिल्लामा पनि सशस्त्र प्रहरीको थप पोष्ट स्थापना छिट्टै हुने बताए । ‘दार्चुला सदरमुकाम खलंगामा रहेको गुल्मलाई गणको रुपमा परिणत गछौ ।’ उनले भने ‘व्यासको छांगरुमा सशस्त्रको गुल्म स्थापना हुन्छ । गुल्म स्थापनाको लागि भवन निर्माणको कार्य अघि बढिसकेको छ । आधुनिक सुविधासम्पन्न भवन निर्माण गर्छौ ।’

यस्तै लेकमको लाली, मालिकार्जुनको जोलजीवि र व्यासको दुम्लीङमा बोर्डर आउट पोष्ट राख्ने सशस्त्रको तयारी छ । सशस्त्र प्रहरीले दार्चुलामा भारतसँग सीमा जोडिएका १२५ किलोमिटर र चीनसँग सीमा जोडिएको २० किलोमिटर क्षेत्र सीमा निगरानी गरिरहेको खनालले बताए ।

“सीमामा बस्ने नागरिकलाई सुरक्षाको अनुभूति हुने गरी सशस्त्र प्रहरी खटिरहेको छ,” उनले थपे, “सीमा बस्ने नागरिकलाई सुरक्षाको प्रत्याभूति हुने गरि विश्वास दिलाउँछौ ।” अहिले पनि सीमामा बस्ने नागरिक सन्तुष्ट रहेको भन्दै थप स्रोत साधनले भ्याएसम्म सशस्त्र प्रहरी परिचालन गरिने जानकारी दिए ।

सीमामा बस्ने नागरिकलाई स्वास्थ्य सेवा जरुरी छ । व्यासको छांगरु तिंकरमा कम्तीमा अहिले १५ सैयाको अस्पताल निर्माण गर्न सक्यौं भने त्यहाँका नागरिकले पनि सुविधा पाउँछन् । “त्यो क्षेत्रमा सशस्त्र प्रहरीले पनि स्वास्थ्य संस्था स्थापनाको लागि पहल गर्छ, थप पहल मिडियाले पनि गर्नु आवश्यक छ,” उनले भने “हामीले सशस्त्र प्रहरीबाट डाक्टर नै खटाउनुपर्छ भने पनि हामी गर्छौ ।”

यो क्षेत्रमा अहिले छ महिना मात्रै स्वास्थ्य चौकी खुल्ने गरेको छ । तर भौगोलिक रुपमा विकट भएको कारण यो क्षेत्रमा जनशक्ति समेत बस्न मान्दैनन् ।

नागरिकलाई सुरक्षाको पूर्ण प्रत्याभूति हुने गरी काम भइरहेको भन्दै व्यासमा गुल्मको लागि भवन निर्माणको लागि प्रक्रिया अघि बढेको बताए । सरकारले व्यासमा सशस्त्र प्रहरीको गुल्म स्थापनाको लागि भवन निर्माण गर्न ११ करोड बजेट विनियोजन गरेको छ ।

आर्थिक वर्ष ०७२/०७३ सालमा गाल्वा देव सिंह मोहन जेभी कन्सट्रक्सन धनगढीले कुल २ करोड ३० लाख २ हजार ३८४ रुपैयाँ दुई तले भवन निर्माण गरेको थियो भने आर्थिक वर्ष ०७३/०७४ मा ५७ लाख ७३ हजार ३५ रुपैयाँ लागतमा एल बि कन्सट्रक्सन धनगढीले तेस्रो तला भवन निर्माण गरेको थियो । पूरै भवन निर्माण गर्न कुल २ करोड ८७ लाख ७५ हजार ४२० रुपैयाँ लागतमा बनेको गुल्मपति डम्मरबहादुर विष्टले बताए ।

भवन निर्माण गरेपनि भवनको उद्घाटन हुन सकेको थिएन् । दार्चुलामा २०७० असार ७ गतेको मन्त्री परिषद बैठकको निर्णयअनुसार ०७० माग ७ गतेबाट दार्चुला बसेको छ ।

तपाइको प्रतिक्रिया
(Visited 247 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

१८ महिनापछि प्रतिनिधि सभाबाट भन्सार विधेयक पारित

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
२५ वर्षपछि बुटवलमा कम्युनिष्ट सत्ता ढल्यो