ब्रिजेश र शोभिताको ‘किन हो कुन्नि…’ सार्वजनिक (भिडियोसहित)

काठमाडौं । डा. ब्रिजेश मैनाली र शोभिता पराजुलीको प्रस्तुतीमा ‘किन हो किन कुन्नि सपनीहरुमा उनी’ नामको लिरिकल म्युजिक भिडियो सार्वजनिक भएको छ ।

म्युजिक नेपालको युट्युब च्यानलबाट सार्वजनिक गरिएको उक्त भिडियोमा ब्रिजेशको शब्द रहेको छ भने दिपक शर्माको संगीत रहेको छ । नेपाल आइडल–२ का लोकप्रिय गायक अमित बरालको स्वर रहेको छ ।

गीतमा लकडाउनको बेला आफ्ना प्रियसीहरुलाई भेटन नपाएर बसेका प्रेमी हुन् वा प्रेमभाव अभिव्यक्त गर्न नसकेका प्रेमीहरुको मनोभाव समेटिएको छ । स्वीडेनमा सहायक प्राध्यापकको रुपमा कार्यरत मैनालीको यसअघि पनि दिपक शर्माकै संगीतमा ‘यो देश बनाउने जिम्मा कसको हो ..’ बोलको राष्ट्रभक्तिगीत सार्वजनिक भएको थियो ।

तपाइको प्रतिक्रिया
(Visited 178 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

सुदूरपश्चिमको सत्ताले नाउपामा रडाको, रन्जिता पक्षका दुई सांसद पनि दुई तिर !

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
स्वतन्त्र उम्मेदवार हमालले गरे धनगढीकाे मेयरमा उम्मेदवारी दर्ता