स्टाफ कलेजको कार्यकारी निर्देशकमा खनाल

काठमाडौ । सरकारले नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठान (स्टाफ कलेज)को कार्यकारी निर्देशकमा पुर्व सचिव राजन खनाललाई नियुक्त गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले खनाललाई स्टाफ कलेजको कार्यकारी निर्देशकमा नियुक्त गरेको हो ।

वर्तमान कार्यकारी निर्देशक पुण्य न्यौपानेको ४ वर्षे कार्यकाल सकिएलगत्तै खनाललाई ४ वर्षको लागि स्टाफ कलेजको कार्यकारी निर्देशकमा नियुक्त गरिएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय स्रोतले जानकारी दिएको छ । खनाल केहि समय अघि मात्रै अर्थ सचिव बाट सेवानिवृत्त भएका थिए । उनको नाम गर्भनरको लागि समेत चर्चामा रहेको थियो ।

तपाइको प्रतिक्रिया
(Visited 93 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

सरकारका सचिव र विभागीय प्रमुखलाई अख्तियारको ‘वार्निङ’

कुरी-कुरी