अन्तर्राष्ट्रिय वादोकपमा नेपाललाई ९ स्वर्ण

काठमाडौं । दोस्रो अन्तर्राष्ट्रिय भर्चुअल कराते वादोकप प्रतियोगितामा नेपालले ९ स्वर्णसहित ११ पदक जित्दै चौथो स्थान हासिल गरेको छ । अन्तर्राष्ट्रिय वादोकाइ एकेडेमीले आयोजना गरेको भर्चुअल प्रतिस्पर्धामा नेपालले चौथो स्थान हासिल गरेको हो ।

विश्वव्यापी रूपमा फैलिरहेको कोरोना भाइरस संक्रमणको कारणले भौतिक रूपमा टाढा रहेर पनि प्रविधिको माध्यमबाट एकताबद्ध हुन र खेलकुदलाई निरन्तरता दिन ‘वी आर फार बट युनाइटेड’ भन्ने नारासहित प्रतियोगिता १ देखि १० जुनसम्म भएको थियो । प्रतियोगिता काता र कुमुते गरी दुई विधामा प्रतिस्पर्धा भएको थियो । सविना श्रेष्ठले सिनियर, जिया कार्कीले क्याडेट र वर्षा बुढामगरले जुनियरतर्फ दोहोरो स्वर्णपदक हासिल गरिन् । मौसम बुढामगरले क्याडेटको कातामा, अंकित गुरुङले सिनियरतर्फ कुमुतेमा र साहिल घलेले क्याडेटतर्फ कुमुतेमा स्वर्ण पदक हात पारेको हो । अनिल उपरकोटी, प्रजोल गुरुङ, वरुण मगर, सन्तोष श्रेष्ठ, विनिसा राजवहाक, दिव्या गौतम र सोनी राईले रजत पदक हात पार्दा जोन तामाङ, सुलभ राजवहाक, सुरज राजवहाक, रोशन तामाङ, सम्प्रदा सापकोटा, राजश्री श्रेष्ठ, शान्ता श्रेष्ठ र ममता मर्हजनले कांस्य पदक जितिन् ।

१० दिने प्रतियोगतिामा नेपालसहित ब्राजिल, क्युवा, इटाली, फ्रान्स, मोरोक्को, बोस्निया, इस्कोजिया, अल्जेरिया, न्युजिल्यान्ड र प्यालेस्टाइनका गरी ३ सय १० जना खेलाडीहरु प्रतिस्पर्धामा उत्रिएका थिए । इन्टरनेसनल वादोकाइ एकेडेमी नेपालका प्रमुख प्रशिक्षक निरज महर्जन, महासचिब विकास राजवहाक र प्रशिक्षक गोविन्द श्रेष्ठले रेफ्रीको भूमिका निर्वाह गरेका थिए ।

तपाइको प्रतिक्रिया
(Visited 38 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

कांग्रेसको समानुपातिक सूची संशोधनमा सहमति जुट्यो

कुरी-कुरी