अझै पनि हाजिर गर्छन् र टाप कस्छन् कर्मचारी

काठमाडौं । देशभरका सरकारी कार्यालयमा कर्मचारीले समय पालना नगरी कार्यालयको काममा चरम ठगी गरेको पाइएको छ । अहिले पनि कतिपय सरकारी कार्यालयमा हाजिर गर्ने र टाप कस्ने प्रवृत्ति यथावत् नै रहेको छ । कर्मचारी वृत्तमा यस्तो प्रवृत्तिलाई हाटा प्रवृत्ति भनेर व्यंग्य गर्ने गरिएको छ ।

हाटा भन्नाले हाजिर गर्ने र अन्यत्र आफ्नै व्यक्तिगत काममा टाप कस्ने प्रवृत्ति हो । प्रधानमन्त्री मातहत रहेको राष्ट्रिय सर्तकता केन्द्रले संघीय मन्त्रालय, विभाग, अस्पताल, विभिन्न कार्यालयदेखि वडा कार्यालयसम्म गरेको अनुगमनबाट अझै पनि धेरै कर्मचारी कामचोर प्रवृत्तिकै रहेको देखाएको हो । केन्द्रले अनुगमनका क्रममा कारबाही सिफारिस गरेका मध्ये ८३ प्रतिशत कर्मचारीले कार्यालय समयको पालना नगरेको पाइएको हो । केन्द्रले १७ सय ६ जना कारबाही सिफारिस गरेकामा १ हजार ४ सय १६ जनाले समय पालना नगरेको पाइएको छ । यसरी समय पालना नगर्नेमा ३ सय २१ जना वीर अस्पतालका कर्मचारी रहेका छन् ।

केन्द्रले आर्थिक वर्ष २०७६÷७७ को सुरुवातदेखि कात्तिक मसान्तसम्म १ सय ४३ सरकारी कार्यालयको अनुगमन गरेको थियो । केन्द्रले कार्यालयमा समय पालना भए÷नभएको, तोकिएको पोसाक लगाए ÷नलगाएको र नागरिक वडापत्रको अवस्था’bout अनुगमन गरेको थियो । सोही क्रममा २ सय ९० कर्मचारीले तोकिएको पोसाक नलगाएको अनुगमनका क्रममा फेला पारिएको थियो । साथै १ सय ४३ मध्ये १ सय २५ कार्यालयले नागरिक बडापत्र व्यवस्थित नगरेको र बडापत्र नराखेको पाइएको थियो ।

अनुगमनपछि केन्द्रले १ हजार ७ सय ६ जना कर्मचारीलाई कारबाही सिफारिस गरेको छ । तर, हालसम्म ४ सय ४२ कर्मचारीलाई मात्र कारबाही भएको केन्द्रले जनाएको छ । केन्द्रका सहायक प्रवक्ता डालनाथ अर्यालले बाँकी कारबाहीको सम्बन्धमा विवरण संकलन भइरहेको बताए । कर्मचारीले कार्यालय समयको पालना नगर्दा सेवा प्रवाहमा गम्भीर समस्या पर्ने अर्याल बताउँछन् ।

‘कर्मचारीले नियम पालना नगर्नुलाई सामान्य रूपमा लिन सकिँदैन । कारबाही सिफारिस भएका कर्मचारीलाई कार्यालय प्रमुखले कारबाही नगरेमा कार्यालय प्रमुखलाई नै कारबाही सिफारिस गरिनेछ,’ सहायक प्रवक्ता अर्यालले भने ।

केन्द्रले अनुगमनपश्चात् सम्बन्धित कार्यालयलाई कारबाहीे सिफारिस गर्ने र सम्बन्धित कार्यालयले कारबाही भएको जानकारी केन्द्रलाई गराउनुपर्छ । काम नगर्ने र समयको पालना नगर्ने कर्मचारीलाई निजामती सेवा ऐनको दफा ५५(क) बमोजिम बारबाही गर्ने प्रावधान रहेको छ । प्रावधानअनुसार पहिलोपटक सचेत गराइने र दुईपटकसम्म यस्तो गतिविधि गरेको पाइएमा नसियत दिइने गरिन्छ । जुन कर्मचारीको वृत्ति विकास र सरुवा बढुवासँग प्रत्यक्ष सम्बन्धित रहने गर्छ ।

तपाइको प्रतिक्रिया
(Visited 171 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

सार्वजनिक ऋण २६ खर्ब ६७ अर्ब २६ करोड

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
रौतहटको १८ पालिका प्रमुखको लागि ४ सय १५ जनाको उमेदवारी