गण्डकी प्रदेशमा एकैदिन थपिए ७७ जना कोरोना संक्रमित

पोखरा । गण्डकी प्रदेशमा एकैदिन ७७ जना कोरोना संक्रमित देखा परेका छन् । योसँगै गण्डकीमा कुल संक्रमित ३ सय २४ पुगेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

गण्डकीका ११ जिल्लामध्ये मुस्ताङबाहेक सबै जिल्लामा कोरोना फैलिन गएको हो । बिहीबारमात्र हिमालपारीको जिल्ला मनाङमा कोरोना पुष्टि भएको थियो । बिहीबार देखिएको संख्या पछिल्लो २४ घण्टामा देखिएका संक्रमितमध्ये सबैभन्दा उच्च हो । यसअघि एकैदिन अवधिमा जेठ २५ मा गण्डकीमा ३८ जनासम्म कोरोना देखिएको थियो ।

निर्देशनालयका अनुसार बिहीबार पछिल्लोपटक स्याङ्जा, पर्वत, तनहुँ, नवलपरासी (बर्दघाट सुस्ता पूर्व) र बागलुङमा गरी कुल ३० जनामा संक्रमण देखा परेको छ । उनीहरु सबैजना भारतबाट फर्किएको र सम्बन्धित पालिकाको क्वारेन्टाइनमा बस्दैआएका थिए ।

स्याङ्जा आँधीखोला गाउँपालिकाका ७२ र ३४ वर्षीया महिलामा कोरोना संक्रमण देखिएको छ । सोही गाउँपालिकाका वर्ष १३ र १९ का पुरुषमा समेत कोरोना देखिएको हो । स्याङ्जाकै कालीगण्डकी गाउँपालिकाका ५ जना पुरुषमा समेत कोरोना देखा परेको छ । उनीहरु २१, ३३, २६, ३० र १८ वर्षका छन् ।

पर्वतको कुष्मा नगरपालिकाका २० वर्षीय पुरुष, फलेबासका वर्ष १९ र २२ तथा जलजला गाउँपालिकाका १६ वर्षीय पुरुषमा समेत कोरोना देखा परेको छ । तनहुँको व्यास नगरपालिकाका वर्ष ४२, २९ र २५ का पुरुष बागलुङ गलकोट नगरपालिकाका ३३ वर्षका पुरुष छन् ।

नवलपरासी (बर्दघाट सुस्ता पूर्व) को हुप्सेकोट गाउँपालिकाका ९ जना र विनयत्रिवेणी गाउँपालिकाका ४ जना पुरुषमा कोरोना पुष्टि भएको छ । हुप्सेकोटका वर्ष २० देखि ४० वर्ष उमेर समूहका छन् भने विनयत्रिवेणीका वर्ष २६, ३३, ३१ र ३५ का पुरुष हुन् ।

यसैगरी, भरतपुर महानगरपालिकास्थित भरतपुर कोरोना विशेष अस्पतालमा गरिएको नमुना परीक्षणमा पर्वतकै थप ५ जनामा कोरोना देखा परेको छ । स्वास्थ्य निर्देशनालयका अनुसार बिहीबार दोस्रो विज्ञप्तिअनुसार कुश्मा नगरपालिकाका ४२ वर्षीय पुरुष र २० वर्षीया महिलामा कोरोना पुष्टि भएको छ ।

त्यस्तै, मोदी गाउँपालिकाका ३० वर्षीय पुरुष र फलेबास नगरपालिकाका वर्ष ३० र ३७ का २ पुरुषमा कोरोना देखा परेको हो । फलेबासका २ जना पुरुषहरु कुश्मा नगरपालिकाको क्वारेन्टाइनमा रहँदैआएकोमा अन्य भने सम्बन्धित पालिकाकै क्वारेन्टाइनमा बस्दैआएका थिए । उनीहरु समेत सबैजना भारतबाट फर्केका हुन् । संक्रमितलाई कुष्मा नगरपालिकामा रहेको कोरोना अस्पतालको आइसोलेसन कक्षमा लैजाने तयारी भएको प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक एवं गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा. विनोदबिन्दु शर्माले जानकारी दिए ।

यसैबीच, गण्डकीमा बिहीबारै नवलपरासी (बर्दघाट सुस्ता पूर्व) मा १८ जना, तनहुँमा १२ जना, गोरखामा ११ जना र मनाङमा १ जना गरी ४२ जनामा संक्रमण पुष्टि भएको थियो । गण्डकीमा कुल संक्रमितमध्ये १ जनाको मृत्यु र २१ जना निको भएका छन् ।

तपाइको प्रतिक्रिया
(Visited 213 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

सांसदकाे आरोपप्रत्यारोपले संसद बैठक स्थगित

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
तामझामसहित मनोनयन