थप ६७१ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ७ हजार ८४८ पुग्यो

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा ६७१ जनामा कोरोना भाइरस (कोभिड– १९) सङ्क्रमण पृष्टि भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गरेको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा आज ५९१ पुरुष र ८० महिलामा कोरोना सङ्क्रमण पुष्टि भएको बताए ।

आज देखिएको सङ्क्रमण अहिलेसम्मकै सबैभन्दा धेरै हो । नयाँ थपिएसंगै नेपालमा कोरोना संक्रमितको सङ्ख्या ७ हजार ८४८ पुगेको छ । जसमा ७२२९ पुरुष र ६१९ जना महिला रहेका छन् । मन्त्रालयका प्रवक्ता गौतमका अनुसार डिस्चार्ज हुनेको संख्या हालसम्म १ हजार १८६ पुगेको छ । त्यस्तै कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या २२ जना पुगेको छ । हालसम्म ७४ जिल्लामा कोरोना संक्रमित भेटिएका छन् ।

तपाइको प्रतिक्रिया
(Visited 150 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

बीपी र पुष्पलालले हेरिरहेका छन् कि ?

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
देउवाले रेणुको गुनगान गाए, दाहालले झस्काए