तुलसीपुर । अत्यावश्यक बाह्यक भोलिदेखि तुलसीपुर बजार १२ बजेपछि बन्द गरिने भएको छ । तुलसीपुर उपमहागनरपालिकाका नगर प्रमुख घनश्याम पाण्डेको अध्यक्षतामा बसेको सर्वदलिय बैठकले तुलसीपुर बजार विहान ६ बजेदेखि दिउँसो १२ बजेसम्म मात्र खोल्ने र त्यसपछि बन्द गर्ने निर्णय गरेको प्रेस संयोजक वसन्त आचार्यले जानकारी दिएका छन् ।
बेलुकी पाँच बजेसम्म भने कृषी, भेटनरी, औषधी पसल, मेडिकल, भने खुल्ला रहने छन् । यो निर्णय संगै तुलसीपुर बजार अब अर्को व्यवस्था नभए सम्मका लागि प्रत्यक दिन दिउसो १२ बजेसम्म बजार खुल्ने र त्यसपछि बन्द हुने छ । यो बाहयकका अन्य निर्णयहरु भने यथावत रहनेछन् । बैठककमा स्थानीय प्रशान, तुलसीपुर उद्योगबाणिज्य संघ, तुलसीपुर चेम्बर अफ कमर्स, विभिन्न व्यवसायीक संगठन लगाएतका प्रतिनिधिको सहभागिता रहेको थियो ।