बैतडीमा थप २५ जनामा कोरोना संक्रमण पुष्टि

बैतडी । बैतडीका थप २५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा २५ जनामा कोरोना संक्रमण पुष्टी भएको स्वास्थ्य कार्यालयका प्रमुख योगेशप्रसाद भट्टले जानकारी दिए ।

भारतका विभिन्न ठाउँबाट स्वदेश फर्केर क्वारेन्टाइनमा बसेका उनीहरुको आरडीटी रिपोट पोजेटिभ देखिएकापछि पीसीआर टेष्ट गरिएको थियो । पिसिआर रिपोर्ट पनि पोजेटिभ देखिएको उनले बताए । बिहिबार थपिएका संक्रमित मध्ये दशरथचन्द नगरपालिका १० जना, सिगास गाउँपालिकाका ६ जना,पञ्चेश्वर गाउँपालिकाका ४ जना, सुर्नया गाउँपालिकाका ३ जना र पाटन नगरपालिकाका २ जना रहेका छन् । नयाँ संक्रमित २५ जना मध्ये २ जना महिला र २३ जना पुरुष रहेका छन् ।

दशरथचन्द नगरपालिकाका १४ बर्षीय महिला, २१, ३३, २०, २६, ४०,२८, २५, २८ र २४ बर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टी भएको हो । यस्तै सुर्नया गाउँपालिकाका २१,४५ र २८ बर्षीय पुरुषमा कोरोना पुष्टी भएको छ भने सिगास गाउँपालिकाका २१ बर्षीय महिला, २४,२२ र १८ बर्षीय पुरुषमा कोरोना पुष्टी भएको हो ।

सिगासका संक्रमित २ जनाको उमेर नखुलेको स्वास्थ्य कार्यालयले जनाएको छ । यस्तै पञ्चेश्वर गाउँपालिका २६,४०,२३ र ३१ बर्षीय पुरुषमा कोरोना पुष्टी भएको छ । यसअघि बैतडीका २७ जनामा कोरोना संक्रमण पुष्टी भएको थियो । यो संगै बैतडीमा कोरोना संक्रमितको संख्या ५२ पुगेकोछ । नयाँ थपिएका संक्रमितहरु क्वारेन्टाइनमै रहेका जानकारी आएको र उनीहरुको स्वास्थ्य अवस्था हेरेर आइसोलेसनमा राखिने स्वास्थ्य कार्यालयका प्रमुख भट्टले जानकारी दिए । स्वाब संकलन भएको मितिदेखि १४ दिन पुगेका र कुनै लक्षण नदेखिएकाहरुलाई भने होम आइसोलेसनमा राखिने प्रमुख भट्टले जानकारी दिए ।

तपाइको प्रतिक्रिया
(Visited 184 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

सांसदकाे आरोपप्रत्यारोपले संसद बैठक स्थगित

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
तीन घेराको सुरक्षा