पर्वतमा ८ जना कोरोना संक्रमित डिस्चार्ज

पर्वत । लक्षण विना नै कोरोना संक्रमीत बनेका पर्वतका ८ जना विरामी बिहीवार डिस्चार्ज भएका छन् । संक्रमण पुष्टि भएको १४ औं दिनको दिनमा उनीहरु डिस्चार्ज भएको पर्वत अस्पलालका प्रमुख डा शिशिर देवकोटाले जानकारी दिए ।

उनीहरुको गत जेठ २० गते पोखरा स्थित प्रयोगशालामा स्वाब परिक्षण गर्दा रिर्पोट पोजेटिभ आएको थियो । रिर्पोट पोजेटिभ आएपछि आइसोलेसनमा राखेर उपचार गरिएको थियो । संक्रमण पुष्टि भएको १४ औं दिनमा भने चितवन स्थित प्रयोगशालामा रिर्पोट नेगेटिभ आएपछि उनीहरुलाई डिस्चार्ज गरिएको डा. देवकोटाले जानकारी दिए ।

डिस्चार्ज हुनेहरुमा फलेवास नगरपालिकाका ३ जना २१ बर्षिया पुरुष र १ जना ४० बर्षिया पुरुष रहेका छन् । योसंगै फलेवास नगरपालिकाका ४ जना डिस्चार्ज भएका छन् । यसैगरी महाशिलाका २ जना २१ बर्षिया र एक जना १ बर्षिया पुरुष छन् । महाशिलाका ३ जना डिस्चार्ज भएका हुन् । डिस्चार्ज हुनेमा विहादी गाउँपालिकाका १ जना पुरुष रहेका छन् ।

योसंगै फलेवास नगरपालिकाका ४, महाशिला गाउँपालिकाका ३ र विहादी गाउँपालिकाका १ जना संक्रमीत डिस्चार्ज भएका हुन् । अव उनीहरु आफ्नो घरमा जान पाउने भएका छन् । १४ दिनको आइसोलेसन बसाईबाट उनीहरुले कोरोना जितेका हुन् । संक्रमणको लक्षण विना नै कोरोना रोग जित्ने उनीहरुलाई अस्पतालले आजै विदाई गरेको छ । उनीहरुलाई आइसोलेसन अस्पतालबाट डा. देवकोटा सहितको टोलीले विदाई गरेको हो ।

अव आइसोलेसनमा कुल २९ जना उपचाररत छन् । एक जना भने पोखरामा उपचाररत छन् । योसंगै जिल्लामा अव संक्रमीतको संख्या ३० भएको छ । पछिल्लो समय भारतबाट ४ सय भन्दा बढि मानिस पर्वतमा भित्रिएका छन् । उनीहरुलाई पुलिङ क्वारेन्टाइनमा राखेर परिक्षण पछि आइसोलेसन वा स्थानीय क्वारेन्टाइनमा पठाइने गरिएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 247 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

शेरको सवारी

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
प्रदेश संसदबाट राजिनामा दिएर मेयर बन्न आएका आजाद पराजित