Sunday, May 9, 2021
Home प्रदेश प्रदेश ६ सोती घटनामा पक्राउ परेका सबै प्रतिवादीको सकियो बयान

सोती घटनामा पक्राउ परेका सबै प्रतिवादीको सकियो बयान

,

रुकुमपश्चिम । रुकुम(पश्चिम)को चौरजहारी नगरपालिका–८ सोती घटनामा संलग्न रहेको आरोपमा पक्राउ परी मुद्दा लागेका सबै प्रतिवादीको बयान सकिएको छ । मुद्दा दर्ता भएको चार दिनपछि आज पक्राउ परेका सबै २९ प्रतिवादीको रुकुम अदालतमा बयान सकिएको हो ।

पहिलो दिन सोमबार दुई नाबालक, दोस्रो दिन मंगलबार नौ, तेस्रो दिन बुधबार १० र चौथो दिन आज आठ प्रतिवादीको बयान लिइएको रुकुम अदालतका स्रेष्तेदार कृतबहादुर बोहराले जानकारी दिए ।

बयान सकिएपछि अब थुनछेक बहस शुरु हुने छ । अभियोग लागेका प्रतिवादीले आफ्नो बयान राखिसकेकाले शुक्रबारदेखि अदालतमा छुनछेक बहस शुरु हुने स्रेष्तेदार बोहराको भनाइ छ । जाजरकोटका पाँच र रुकुम(पश्चिम)का एक गरी ६ युवाको ज्यान जाने गरी गत जेठ १० गते भएको घटनामा संलग्न रहेको आरोपसहित जिल्ला सरकारी वकिल कार्यालयले पक्राउ परेका २९ जना र फरार रहेका पाँच जनासमेत गरी ३४ जनाविरुद्ध मुद्दा दर्ता गरेको थियो ।

सोती गाउँका ३३ जनाविरुद्ध कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग, जातीय भेदभाव र छुवाछुत कसूरमा तथा जाजरकोटका एक जनाविरुद्ध मतियार कसूरमा मुद्दा लागेको छ । घटनामा संलग्न भएको आरोपमा मुद्दा लागेका दुई नाबालकलाई भने अदालतले सोमबार मुद्दा पुर्पक्षका लागि बालगृहमा पठाउन आदेश दिएको थियो । उक्त आदेशानुसार प्रहरीले केटालाई नेपालगञ्ज र केटीलाई भक्तपुरको बालसुधारगृहमा पठाएको छ ।

यसैबीच फरार प्रतिवादीका हकमा भने अब अदालतले भनेअनुसार हुने जिल्ला प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक ठगबहादुर केसीले जानकारी दिए । मुद्दा अदालतमा गइसकेकाले अदालतले पक्राउको चिठ्ठी पठाएपछि फरार प्रतिवादीलाई पक्राउ गरिने उनको भनाइ छ । प्रतिवादी तुलाराम घर्ती, डिल्ली घर्ती, लोकेन्द्र घर्ती, सौरभ पुन र भीमवहादुर बुढा फरार छन् ।

(Visited 251 times, 1 visits today)
Loading comments...

आजको समाचार

कविता : मेरो चाहना

मान्छेले हिँड्ने बाटाहरू धेरै छन् घुम्ती र मोडहरू धेरै छन् तर, म चाहन्छु हर परस्थितिमा म सत्यकै बाटोमा हिँड्न सकू“ मान्छेले गाउने गीतहरू धेरै छन् संगीत र धूनहरू धेरै छन् तर,...

अक्सिमिटर कालोबजारी गर्ने तिवारी पक्राउ

वीरगन्ज । कोरोनाले शरीरको अक्सिजन कम गराउने हुँदा बेला–बेला शरीरको अक्सिजन मापन गर्न चिकित्सकले आमसर्वसाधारणलाई सल्लाह दिएका छन् । अहिले औषधी पसलमा पल्स अक्सिमिटर...

जीतबहादुर रायमाझीका मिथिला कला

मिथिला लोकचित्रकला विज्ञ जीतबहादुर रायमाझी माटाका भाडाका अवशेषमा अंकित चित्र र झुपडीका भित्तामा लेखिएका शिवलिंग, पेटमा बच्चाको चित्र अंकित हात्ती, पिपलको पात, दुईतिर सम्मुख...

परीक्षाको रोइलो

गतसाल चैत ११ देखि सुरु भएको लकडाउनको अवस्था यतिखेर पुनरावृत्ति भएको छ । नयाँ भेरियन्टसहितको कोरोनाको प्रकोपले नेपाल आक्रान्त छ । यतिबेला सबैको ध्यान...

बुर्किना फासो सुनखानीमा महिलाई जबरजस्ती वेश्यावृत्तिमा लगाइन्छ

बुर्किना फासो । मानव तस्करले ब्लेसिङलाई कुटपिट र लागूपदार्थ खुवाउन थालेको महिनौं बितिसके । यी २७ वर्षीया ब्लेसिङलाई एउटा सुनखानीबाट अर्कोमा पु-याउँछन् । हरेक रात...

साताका लोकप्रिय समाचार

कारुणिक आर्यघाट

देशको राजधानी सहर काठमाडौंमा अवस्थित एक मात्र विद्युतीय शवदाह गृह बन्द हुँदा आर्यघाटको अवस्था झनै कारुणिक बन्न पुगेको छ । आर्यघाट देशकै र समस्त...

परिषद् सचिवालय बन्द

काठमाडौं । न्याय परिषद् सचिवालयले परिषद्का सदस्य एवं वरिष्ठ अधिवक्ता लक्ष्मीबहादुर निराला खड्काको निधनप्रति दुःख व्यक्त गर्दै परिषद् सचिवालय बन्द गर्ने निर्णय गरेको छ...

भाेलि मध्यरातदेखि आन्तरिक उडान रोक्ने निर्णय

काठमाडाैं ।  सरकारले भोलि मध्यरातदेखी आन्तरिक उडान रोक्ने निर्णय गरेको छ । यसअघि कोभिड–१९ संकट व्यवस्थापन केन्द्रले गरेको सिफारिसअनुसार आइतबार बसेको बैठकले यस्तो निर्णय...

अप्ठ्यारोमा प्रधानमन्त्री ओली

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)ले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत प्राप्त गर्नेगरी राजनीतिक दलहरूस“ग छलफल गर्ने भएको छ । आफूविरुद्ध मोर्चाबन्दी...

सामाजिक सुरक्षा कोषमा आबद्ध श्रमिकले कोरोना उपचार खर्च पाउने

काठमाडौं । योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा सूचीकृत हुने श्रमिकलाई कोरोना भाइरसको संक्रमण भएमा उनीहरूको उपचार खर्च कोषले नै बेहोर्ने भएको छ । कोरोना...

ट्रेन्डिङ

उपचारका लागि काठमाडौं आउदै गरेका बिरामीको मुग्लिनमै प्राण गयो

काठमाडौं । वीरगञ्जमा कोरोना संक्रमणबाट थप दुई जनाको मृत्यु भएको छ । वीरगञ्ज–१२ बस्ने ४३ वर्षीय र वीरगञ्ज–२६ मनियारीका ३७ वर्षीय पुरुषको मृत्यु भएको...

कोरोना संक्रमितको उपचार र शव व्यवस्थापनका विषयमा छलफल गर्न बैठक सुरु

तुलसीपुर । तुलसीपुरको कोरोना विशेष अस्पतालमा उपचारका लागि जिल्ला बाहिरबाट कोरोना संक्रमित बिरामीलाई आउन दिने या नदिने भन्ने विषयमा छलफल गर्न बैठक सुरु भएको...

‘एसईई परीक्षा जसरी पनि हुन्छ, तयारी गर्नू’

काठमाडौं । गत ५ चैत २०७६ मा स्थगित गरिएको एसईई परीक्षा सञ्चालन गर्न गृहकार्य अघि बढाइएको छ । सांसदहरूले एसईई परीक्षा नगराउन आवाज उठाइरहेको...

सीमा नाकामा स्थायी बीओपी धमाधम थपिँदै

काठमाडौं । सरकारले सीमा सुरक्षाका लागि भारत र चीनतर्फ गरी सशस्त्र प्रहरीको स्थायी बीओपी तत्कालका लागि २ सय २१ पु-याउने गरी धमाधम काम अघि...

फरार १६ अभियुक्त प्रहरी फन्दामा

सप्तरी, राजबिराज । विभिन्न अपराधमा संलग्न भई अदालतबाट कैद सजाय तोकी फरार रहेका एक महिलासहित १६ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुई दिन...

निजामती सेवा : विशेषता र साख

आधुनिक राज्य व्यवस्थामा निजामती सेवाको विशेष स्थान रहेको हुन्छ । योग्यता प्रणालीअन्तर्गत योग्य ठहर भएका व्यावसायिक व्यक्तिहरू भएको निजामती सेवा राज्यप्रणालीको एउटा अभिन्न अंग...

यस्तो बन्यो राष्ट्रिय हवाई नीति

काठमाडौँ । हवाई प्रविधिको विश्वव्यापी आयाम र बदलिँदो परिवेशअनुरूप नेपालको आवश्यकतालाई मध्यनजर गर्दै सरकारले करिब डेढ दशकपछि नयाँ राष्ट्रिय हवाई नीति बनाएको छ । हवाई...

चीनको कैयुवान सहरमा चक्कु आक्रमणमा सातको मृत्यु

एजेन्सी । उत्तरपूर्वी चिनियाँ एक शहरमा आइतबार बिहान सडकमा चक्कु आक्रमण हुँदा कम्तीमा सात व्यक्तिको मृत्यु भएको र सात अन्य घाइते भएको स्थानीय अधिकारीले...

भारतबाट आएकालाई क्वारेन्टाइन लाँदै गरेको ट्रिपर कर्णाली नदीमा खस्यो

कालिकोट । कालिकोटको कर्णाली करिडोर अन्तर्गतको लालिघाटमा भएको ट्रिपर दुर्घटनामा दुई जनाको मृत्यु भएको छ भने यस्तै २ जना वेपत्ता भएका छन् । बुधबार...

बर्दियामा ब्राउनसुगरसहित एक युवक पक्राउ

बर्दिया । लागुऔषध ब्राउनसुगरसहित एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा गुलरिया नगरपालिका ७ का २९ वर्षीय मानबहादुर ठाकुर रहेका छन् ।...

माओवादीका पूर्व लडाकुलाई कांग्रेस नेताले दिए उपचार खर्च

सिन्धुपाल्चोक । सशस्त्र द्वन्द्वमा बन्दुकको छर्रा लागेर गम्भीर बिरामी भएका सिन्धुपाल्चोक सुनकोशी गाउँपालिका–५ सुनखानीका माओवादीका पुर्व लडाकुलाई उपचारका लागि नेपाली कांग्रेसका केन्द्रीय सदस्य मोहनबहादुर...

सेती नदीमा डुबेका युवकको डेढ महिनापछि शव फेला

पोखरा । सेती नदीमा पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएका एक युवकको शव डेढ महिनापछि फेला परेको छ । गत चैत २८ मा पोखरा–१ बगरस्थित...

ई-पेपर

RAJDHANIDAILY VIDEO

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 150 times, 1 visits today)