विश्व किर्तिमानी शेर्पा कांग्रेस प्रवेश

काठमाडौं । विश्व किर्तिमानी मिङमा शेर्पा सहिका पर्यटन व्यवसायीहरु नेपाली कांग्रेसमा प्रबेश गरेका छन । संखुवासभा मकालु गाउपालिकाका शेर्पा सहित सात जना पर्यटन व्यवसायीलाई नेपाली कांग्रेसका महामन्त्री डा शशांक कोइरालाले सदस्यता प्रदान गरेका थिए । कार्यक्रममा सह महामन्त्री डा प्रकाशशरण महत,कांग्रेस नेता दिपक गिरि,पुर्वमन्त्री डा मिनेन्द्र रिजाल, गगन थापा पूर्वराज्य मन्त्री दिपक खड्का तारामान गुरुङको लगायतको उपस्थिति रहेको थियो ।

नेपाली काग्रेसका महामन्त्री शशांक कोइरालाले आगामि चुनावमा नेपाली काँग्रेस पहिलो पार्टी हुने दावी गरे । लोकतन्त्र प्राप्तिदेखि अहिलेसम्म पनि विकासमा अग्रणी भुमिका निर्वाह गरेको बताउदै कोइरालाले देश समृद्ध बनाउन कांग्रेस नै चाहिने धारणा राखे । कार्यक्रममा सहमहामन्त्री प्रकाशशरण महतले नेकपाको गलत रवैयाका कारण देश पछि परेको धारणा राखे । केन्द्रिय सदस्य मिनेन्द्र रिजालले सरकार बेसार र तातो पानिको कुरामा अल्झिएको बताउदै विकास र समृद्धीबाट विमुख हुनपुगेको दावी गरे । कार्यक्रममा केन्द्रिय सदस्य गगन थापाले कोरोनाको महामारीबाट बच्न गर्नुपर्ने तयारीमा सरकार चुकेको आरोप लगाए । सरकार अनियमितता र भ्रष्टाचारमा लिप्त हुदा कोरोना नियन्त्रणमा उल्लेख्य भुमिका निर्वाह गर्न नसकेको उनको भनाई थियो ।

पार्टी प्रवेश गरेका पर्वतारोही मिङमा शेर्पाले कांग्रेसले मात्रै लोकतन्त्रको संरक्षण र देश विकास गर्नेमा आफु विश्वस्त रहेको बताए ।

तपाइको प्रतिक्रिया
(Visited 269 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

प्रधानमन्त्री प्रचण्ड र देउवाबीच भेटवार्ता

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
शीर्ष नेताका आफन्त कसले जिते, कसले हारे ?