रुखको एउटै हाँगामा झुन्डिएको अवस्थामा भेटिए देवर-भाउजु

सांकेतिक तस्वीर

इलाम । इलामको माङसेबुङ गाँउपालिका–६ मा एउटै रुखको हाँगा झुण्डिएको अवस्थामा देवर–भाउजु मृत्त भेटिएका छन् । माङसेबुङ–६ मावाटोलका २७ वर्षीय विशाल राई र उनकै भाउजु २६ वर्षीया गीता राईको शव फेला परेके प्रहरीले जनाएको छ ।

बिहीबारबाट बेपत्ता देवर–भाउजु बेलुकासम्म घर नफर्किएपछि आफन्तले खोजी गर्ने क्रममा शुक्रबार रुखको एउटै हाँगामा डोरीको पासो लगाएर झुन्डिएको अवस्थामा फेला पारेका थिए ।

घटना’bout प्रहरी चौकी साक्फाराबाट जानकारी पाएपछि इलाका प्रहरी कार्यालय मंगल’boutबाट प्रहरी निरीक्षक राजकुमार साह तेलीको नेतृत्वको टोली घटनास्थल पुगेको छ । दुवैजनाको शवलाई पोष्टमार्टमको लागि पाँचथरको रवी लगिएको छ । घटनाको प्रकृति हेर्दा शंकास्पद देखिएको प्रहरी निरीक्षक तेलीले बताए । थप विवरण पोष्टमार्टमको रिपोर्ट आएपछि थाहा हुने तेलीले बताए ।

तपाइको प्रतिक्रिया
(Visited 451 times, 1 visits today)

Ads Space Available

epaper

राजधानी दैनिकमा वार्षिक ग्राहक न्यानो उपहार योजना

भर्खरै

श्रेणीविहीन कर्मचारीहरुको जागिरको ग्यारेन्टी गर्नुपर्ने प्रभु साहको माग

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
गठबन्धनबीच ११ उपमहानगरमा किन मिलेन कुरा ?