डडेल्धुरा अस्पताललाई सोमबार कोरोना परीक्षण मेसिन हस्तान्तरण हुँदै

डडेल्धुरा । डडेल्धुरा अस्पताल डडेल्धुरालाई ह्युमिनिटी फाउन्डेसन नेपालले सोमबार कोरोना परिक्षण मेसिन हस्तान्तरण गर्ने भएको छ । शुक्रबार काठमाण्डौंबाट ट्रकमार्फत पठाइएको मेसिन सोमबार डडेल्धुरा पुग्ने डडेल्धुरा अस्पताल विकास समिति अध्यक्ष करुणाकर ओझाले बताए ।

राजमार्गका केही भागहरुमा पहिरोले बाटो अवरुद्ध भएकोले डडेल्धुरा पुग्न केही ढिलाई भएको र आज रातिसम्म धनगढी पुग्ने र आइतबार बेलुका डडेल्धुरा पुग्ने समेत अस्पताल विकास समिति अध्यक्ष ओझाले बताए । ह्युमिनिटी फाउन्डेसन नेपालले सुदुरपश्चिम तथा विदेशमा बस्दै आएका विभिन्न सामाजसेवी तथा दाताहरुबाट संकलन गरियउको रकमले मेसिन खरिद गरि डडेल्धुरा असपताललाई हस्तान्तरण गर्न लागिएको फाउन्डेसन नेपालका अध्यक्ष श्याम तायलले बताए ।

फाउन्डेसनले हस्तान्तरण गर्ने कोरोना परिक्षण मेसिनलाई अस्पतालमै भएको संरचनामा जडान गरी एक हप्ताभित्र संचालनमा ल्याउने तयारी भइरहेको निमित्त मेडिकल सुपरिटेन्डेनट जगदीश चन्द्र विष्टले बताए । अस्पतालले केही दिनअघि मात्रै अत्याधुनिक क्षमताको ल्याब मेसिन खरिद गरी स्थापना गरेको र अस्थाई प्रयोगशालाको कार्य पनि अन्तिम चरणमा रहेको अस्पताल विकास समिति अध्यक्ष ओझाले बताए ।

तपाइको प्रतिक्रिया
(Visited 158 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

प्रधानमन्त्री प्रचण्ड र देउवाबीच भेटवार्ता

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
यी हुन् निर्वाचन आयाेगले स्पष्टीकरण साेधेका उम्मेदवार (सूचीसहित)