निकुञ्जबाट निस्केको हात्तीले घुम्ती पसल र गोठ भत्कायो

बर्दिया । बर्दिया राष्ट्रिय निकुञ्जबाट निस्केको हात्तीले ठाकुरबाबा नगरपालिका ४ सैनवार बसुरियामा रहेको एउटा घुम्ती पसल र बर्गदा गाउँको एकजनाको गोठ भत्काइ दिएको छ । शनिबार राति निकुञ्जबाट निस्केको हात्तीले सैनवार बसुरियाकि राधा सावदको घुम्ती पसल र बर्गदा गाउँका पुषबहादुर थारूको गोठ भत्काएको हो

राधा सावदको घुम्ती पसल पूर्णरूपमा क्षति भएको छ भने हात्तीले पसलमा रहेको सामना पनि नोक्सान गरेको छ ।
पसलमा रहेको लगभग ५० हजार रूपैयाँ बराबरको सामान नोक्सान भएको पीडित राधा सावदले बताइन ।

यसैगरी हात्तीले बर्गदा गाउँका पुषबहादुरको गोठको भित्ता र छानो भत्काएको छ । बस्तिमै आएको हात्ती गाउँलेले होहल्ला गरेपछि भागेको भागेको स्थानीय सन्जिब शर्माले बताए । निकुञ्ज मध्यवर्ती क्षेत्रका जनता वषौदेखि वन्यजन्तुबाट पीडित छन् । केही दिनयता बदेलले किसानहरूले राखेको धानको ब्याड पनि नष्ट गरेको किसानहरूले बताएका छन् ।

पीडित परिवारलाई निकुञ्ज र नगरपालिकाको नियमानुसार उचित राहत र क्षतिपूर्ति दिलाउन सहयोग गरिने मध्यवर्ती क्षेत्र सैनवार उपभोक्ता समूहका अध्यक्ष मुकुन्द सावदले बताए । राघा सावदले राखेको पसल निकुञ्ज क्षेत्रमा पर्ने निकुञ्जले बताएको छ । उनले अटेर गरेर हालसम्म त्यहा पसल चलाइरहेको निकुञ्जको भनाइ छ ।

 

तपाइको प्रतिक्रिया
(Visited 423 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

नेतृ रेखा थापाद्वारा राप्रपाको विशेष महाधिवेशन माग

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
जनकपुरमा कांग्रेसले गठबन्धनको निर्णय नमान्ने