मड्रिड । फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी)का ब्राजिलियन स्टार फरवार्ड नेयमार जुनियरले आफ्नो पूर्वक्लब बार्सिलोनालाई ६.७ मिलियन युरो तिर्नुपर्ने भएको छ ।
नेयमारले सन् २०१७ मा फ्रान्सेली क्लब पीएसजीमा अनुबन्ध भएपछि बार्सिलोनाले बोनसस्वरूप ४३.६ मिलियन युरो तिर्नुपर्ने मागसहित अदालतमा मुद्दा हालेका थिए । तर, अदालतले नेयमार उल्टै क्लबलाई ६.७ मिलियन युरो (९१ करोड नेपाली रुपैयाँ) तिर्नुपर्ने फैसला गरेको हो । बार्सिलोनाले शुक्रबार उक्त निर्णय’bout जानकारी दिएको छ । ‘फुटबल क्लब बार्सिलोना सामाजिक अदालत १५ ले आज गरेको फैसलाको स्वागत गर्दछ । क्लब र खेलाडी नेयमार जुनिअरबीच पछिल्लोपटक सम्झौता नविकरणलाई आधार मानेर बोनस दिने विषयमा फैसला भएको हो । यस फैसलासँगै नेयमारले माग गरेको ४३.६ मिलियन युरोको बोनस क्लबले दिनुपर्नेछैन ।
बदलामा खेलाडीले माग गरेको रकम भन्दा पनि खेलाडीले ६.७ मिलियन युरो फिर्ता दिनुपर्ने जिकिर छ ।’ सन् २०१७ अगस्टमा नेयमारले मुद्दा दायर गरेका थिए । सन् २०१७ मा पीएसजी जानुअघि उनले बार्सिलोनासँग सम्झौता नवीकरण गर्दा बोनस माग गरेका थिए । क्लबले बारम्बार खेलाडीले क्लब छोडे बोनस नदिने बताए पनि नेयमार र उनका एजेन्टसमेत रहेका पिताले भने क्लबलाई कारबाहीसम्मको माग राखेका थिए ।
पछिल्लो समय नेयमार पुनः बार्सिलोना फर्कन चाहेका छन् । उनी गत सिजन नै बार्सिलोनामा अनुबन्धनजिक पुगे पनि अन्तिम समयमा उनी बार्सिलोना जानबाट वञ्चित बनेका थिए । पीएसजीमा चोटका कारण प्रभाव जमाउन नसकेपनि उनी यो सिजनको अन्त्यसम्ममा बार्सिलोना जाने योजनमा छन् । तर, कोरोना कहरले आर्थिक मन्दी सिर्जना गरेपछि बार्सिलोनाले उनलाई पुनः अनुबन्ध गर्ने नगर्ने निर्णय हुन बाँकी छ ।