Thursday, July 29, 2021
Homeकला‘मौन क्रन्दन’को अनलाइन विमोचन सम्पन्न

‘मौन क्रन्दन’को अनलाइन विमोचन सम्पन्न

,
sharethis

काठमाडौं । डा. सावित्री श्रेष्ठको कथा संग्रह ‘मौन क्रन्दन’ को शनिबार अनलाईन विमोचन गरिएको छ । विगत तीन दशकदेखी नेपाली साहित्यमा संलग्न रहेकी लेखक श्रेष्ठ अक्षलोक साहित्यिक पत्रिकाको सम्पादक हुन् । उनले विशेषगरि महिला अधिकार र महिला तथा सिमान्तकृत वर्गको उत्थानका विषयवस्तु अन्र्तगत रहेर आफ्नो कलम चलाउँदै आएकी छिन् ।

अहिले विश्वमा कोभिड १९ ले गर्दा सिर्जित विशेष परिस्थिती र त्यसले नेपाललाई पारिरहेको प्रत्यक्ष असरलाई मध्यनजर गरि कथा संग्रहको प्रकाशक अक्षलोक प्रकाशनले अनलाइन विश्लेषणात्मक विमोचन गरको थियो । कार्यक्रममा साहित्यकारहरु अस्विनी कोइराला, कृष्ण बजगाँई, पद्मावती सिंह, वासुदेव अधिकारी तथा डा. लेख प्रसाद निरौलाले विष्लेषण गरेका थिए । कृतिको टिप्पणी गर्दै कार्यक्रममा साहित्यकार पद्मावती सिंहले भनिन् ‘नारीको विषय वस्तुलाई प्रमुख स्थान दिने कथाकारको रुपमा मैले डा. श्रेष्ठलाई पाएँ । कथा एकदम रोचक, भाषा सरल, सबै कथाहरु स्वादिला र पठनीय छ ।’

प्रा.डा. राजेन्द्र प्रसाद अधिकारी, प्रा. डा. वेनी जङ्गगम, गोर्खे साइँलो, विष्णु अल्पविराम, विन्दा पाण्डे, डा. अम्बु भवानी, स्वराज शाक्य, जयन्ती स्पन्दन, निर्मल थापा, सीता शर्मा, हृदयराज बज्रचार्य, ई. डा. राजन सुवाल, चम्पक पोखरेल, ई. स्वजन स्वराज शाक्य, एम.जे. झा लगायतका विभिन्न साहित्यकार, साहित्यप्रेमी, बुद्घिजीवि वर्ग तथा प्राध्यापकहरुको सहभागीता रहको थियो ।

कार्यक्रममा अक्षलोक साहित्यिक पत्रिकाका प्रधान सम्पादक प्रा. सिद्घिश्वर मान श्रेष्ठले स्वागत मन्तव राख्दै ‘मौन क्रन्दन’ पुस्तक कहाँ पाइन्छ भन्ने बारे जानकारी गराए । कार्यक्रम संञ्चालन भने पुस्कतका कभर डिजाईनर संचार विशेषज्ञ स्वर्णिमा श्रेष्ठले गरेका थिए । अनलाइनमा जुम मार्फत भएको यस कार्यक्रममा करिब ७५ जनाको सहभागिता रहेको थियो भने फेसबुक लाईभ तथा युट्युबमा पनि प्रत्यक्ष प्रशारण भएकोमा थप सहभागी रहेका थिए ।

(Visited 204 times, 1 visits today)
Loading comments...

आजको समाचार

पुनर्बहालीको माग गर्दै चार पूर्वमाओवादी सांसद सर्वोच्चमा

काठमाडौं । नेकपा माओवादी केन्द्रको कारबाहीको आधारमा प्रतिनिधिसभा सदस्यबाट पदमुक्त भएका चार पूर्वमाओवादी नेताहरूले संसद् पुनर्वहालीको माग गर्दै सर्वोच्चमा रिट दर्ता गरेका छन् । गत...

‘परीक्षार्थीलाई खोप व्यवस्था गर्नू’

काठमाडौं । संसदीय समितिले कक्षा १२ का परिक्षार्थीलाई कोरोनाविरुद्ध खोप व्यवस्था गर्न सरकारलाई निर्देशन दिएको छ । संसद् शिक्षा तथा स्वास्थ्य समितिले आगामी ३१...

मध्यभोटेकोशी जलविद्युत आयोजनाको सेयर प्रभावितले नै भर्न पाएनन्

  सिन्धुपाल्चोक । मध्यभोटेकोशी जलविद्युत आयोजनाले सिन्धुवासी र आयोजना प्रभावितहरुका लागि खुला गरेको शेयर आयोजना प्रभावितले नै भर्न नपाएपछि स्थानीय सरकारले आयोजनासँग प्रभावितहरुलाई शेयरबाट बञ्चित...

शिक्षा सुधारको स्थायी ठेगाना राज्य

हाम्रो देशको शिक्षा क्षेत्र कुनै पनि राजनीतिक दल वा राज्यको प्राथमिकताको विषय बन्न सकेको छैन । बारम्बार परिवर्तन भइरहने सरकार र भागबन्डामा बन्ने शिक्षामन्त्रीहरू...

मन्त्रिमण्डल पूर्णता दिन सकस

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवालाई मन्त्रिमण्डल पूर्णता दिन सकस परेको छ । प्रधानमन्त्रीमा नियुक्त भएको दुई साता बित्दासमेत उनले मन्त्रिमण्डल विस्तार गर्न सकेका छैनन्...

साताका लोकप्रिय समाचार

रुखको हाँगाले लागेर एक जनाको मृत्यु

धनकुटा । धनकुटाको महालक्ष्मी नगरपालिका–२ हिलेखर्कमा रुखको हाँगाले लागेर एक जनाको मृत्यु भएको छ । छिमेकीले ढालेको रुखको हाँगाले लागेर स्थानीय ५७ बर्षीया टंकमायाँ...

बुद्ध एअरकाे दुई जहाज काठमाडाैंमा आपतकालीन अवतरण

  काठमाडाैं ।  बुद्ध एयरको दुई वटा जहाज आज (सोमबार्र आपतकालीन अवतरण गरिएको छ । काठमाडौबाट धनगढीतर्फ उडेको बुद्ध एयरको जहाज आपतकालीन अवतरण भएको छ...

वर्तमान राजनीतिक अस्थिरताको जवाफदेहिता

प्रारम्भ नेपालको राजनीति अत्यन्त असहज बन्दै गयो ।संक्रमणबाट देशले मुक्तिपाउने अवस्था देखिँदैन । २०४६ सालपश्चात् सरदर एक वर्षमा एउटा सरकार बन्दैगएको छ । जनताको मतको...

पैसाको लोभमा आफ्नै साथीको हत्या

  चितवन । चितवनमा पैसाको लोभका कारण आफ्नै साथीको गोली हानी हत्या भएको छ । सेनाको एउटै गणमा संगै काम गर्ने आफ्नै साथीको हत्या गरी...

मन्दिरको सुन चोरेको अभियोगमा सुन चाँदी व्यवसायी संघका अध्यक्षसहित सात जना पक्राउ

बैतडी । बैतडीको एक मन्दिरको सुन चोरीको आरोपमा सात जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । नियन्त्रणमा लिइएकामध्ये चार जना सुन चोरीमा संलग्न र तीन...

ट्रेन्डिङ

कांग्रेस १४औं महाधिवेशन : कार्यतालिका नै प्रभावित

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले २२ असारको केन्द्रीय समितिबाट परिमार्जन गरेको महाधिवेशनको सुरु कार्यतालिका नै प्रभावित भएको छ । कांग्रेसले पछिल्लो पटक...

कुवेतमा काम गरिरहेको बेला ढिस्को खस्दा चार नेपालीको मृत्यु, तीन घाइते

काठमाडौं । कुवेतको एक निर्माणस्थलमा बालुवा र ग्राभेलको ढिस्कोमा पुरिएर चार जना नेपालीको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् । ...

ई-पेपर

1

RAJDHANIDAILY VIDEO

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 191 times, 1 visits today)