नवलपुरमा कोरोना संक्रमितको संख्या १ सय ३२ पुग्यो

नवलपुर । पूर्वी नवलपरासीमा कोरोना संक्रमितको संख्या १३२ पुगेको छ । पूर्वी नवलपरासीमा आइतबार गैडाकोट नगरपालिकामा १ जना र बुलिङटार गाउँपालिकामा १ जना थपिएसँगै नवलपुरमा संक्रमितको संख्या १ सय ३२ पुगेको हो ।
अहिलेसम्म नवलपुरको सबैभन्दा बढी मध्यविन्दु नगरपालिकामा ३९ जना संक्रमित भेटिएका छन् ।

त्यसैगरी हुप्सेकोट गाउँपालिकामा ३२ जना, बौदीकाली गाउँपालिकामा १४ जना, बुलिङटार गाउँपालिका र विनयी त्रिवेणी गाउँपालिकामा १३/१३ जना, संक्रमित भेटिएको जिल्ला स्वास्थ्य कार्यालय नवलपुरका प्रमुख केशव चापागाईले बताए ।
त्यसैगरी देवचुली नगरपालिकामा ९ जना र कावासोती नगरपालिका र गैडाकोट नगरपालिकामा ६/६ जना संक्रमित भेटिएका छन् । संक्रमित मध्ये २ जना निको भएर फर्किएका छन् भने ३ जना उपचार पछि फर्किएका छन् ।

अहिले नवलपुरमा १ सय २७ जना उपचाररत रहेका छन् । ति मध्ये ४ जना मध्यविन्दु जिल्ला अस्पताल, ३ जना भरतपुरको कोरोना विशेष अस्पताल र बाँकीको रजहर स्थित प्राकृतिक चिकित्सालयमा उपचाररत रहेका छन् ।

जिल्ला स्वास्थ्य कार्यालय नवलपुरका प्रमुख चापागाईका अनुसार नवलपुरमा हालसम्म एक हजार पाँच सय २१ जनाको स्वाव संकलन गरी पिसिआर परीक्षण गर्दा १३८९ जनाको रिपोर्ट नेगेटिभ आएको छ भने १३२ जनामा कोरोना भाईरस पोजेटिभ देखिएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 279 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

नेतृ रेखा थापाद्वारा राप्रपाको विशेष महाधिवेशन माग

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
गुमानसिंह अर्याल : जनपक्षिय उम्मेदवारदेखि मेयरसम्म