डडेल्धुरामा मन्त्री भट्टको पहलमा पिसिआर मेसिन खरिद

डडेल्धुरा । नेपाल सरकारका उद्योग वाणिज्य तथा आपुर्ति मन्त्री लेखराज भट्टले जमानी बसेर पिसिआर मेसिन खरिद गरी डडेल्धुरा पठाएका छन् । संघीय सरकारका तर्फबाट कोरोना भाइसको फोकल व्यक्तिका रुपमा सुदूरपश्चिम हेर्दै आएका मन्त्री भट्टको पहलमा ह्युमिनिटी फाउन्डेन नेपाल मार्फत पीसिआर मेसिन खरिद गरी डडेल्धुरा पठाइएको छ ।

सरकारी प्रकृयाबाट मेनिस खरिद गर्दा प्रक्रियामा जानु पर्ने र समय लाग्ने भएकोले ह्युमिनिटी फाउन्डेशन नेपालको नाममा मेसिन खरिद गरी तत्कालै डडेल्धुरा पठाइएको मन्त्री भट्टका स्वकीय सचिव हितेश ओझाले बताए । उनले भने, ‘मन्त्रीकै पहलमा जहाज चार्टर गरी चिनबाट ९६ लाखमा पिसिआर मेसिन र एसीसहित ल्याबका सामाग्रीहरु खरिद गरिएको हो ।’ मन्त्रीको सचिवालयले २६ लाख रुपैया चिनियाँ कम्पनीलाई दिएको र बाँकी रकम मन्त्री भट्टको जमानीमापछि उपलब्ध गराउने गरि मेसिन खरिद गरिएको समेत स्वकीय सचिव ओझाले बताए ।

पिसिआर मेसिन खरिद गर्ने प्रक्रियाको अन्तिम चरणमा ह्युमिनिटी फाउन्डेशन नेपाल जोडिएको र मेसिन खरिद गर्दा लाग्ने कुल खर्च ९६ लाख मध्ये ७० लाख ह्युमिनिटी फाउन्डेसन नेपाल र २६ लाख मन्त्रीको सचिवालयले व्यहोर्ने सहमति भएको थियो । तर फाउन्डेशनले आफ्नो मेसिन डडेल्धुरा अस्पताललाई हस्तान्तरण गर्दासम्म एक रुपैयाँ पनि उपलब्ध गराउन नसकेको मन्त्रीका स्वकीय सचिव ओझाले बताए ।

कोरोना भाइरसको महामारी सुदूरपश्चिमका पहाडी जिल्लाहरुमा तिव्ररुपमा बढ्दै गएको र प्रादेशीक जनस्वास्थ्य प्रयोगशाला धनगढीले मात्रै पिसिआर चेकजाँच गर्न धान्न नसक्ने अवस्था सृृजना भएको थियो । स्वाव संकलन गरि पठाएको दुई तिन हप्तासम्म पनि रिपोर्ट नआउने भएपछि सरकार र मन्त्रीमाथि जनताको व्यापक दबाब परेको थियो ।

विश्वभरी छरिएर रहेका नेपाली दाजुभाइहरुको आर्थिक सहयोगमा ह्युमिनिटी फाउन्डेशन नेपालले चिनबाट मेसिन खरिद गरेको र मेसिन खरिद गर्दा उद्योग वाणिज्य तथा आपुर्ति मन्त्री लेखराज भट्टको विशेष पहल रहेको ह्युमिनिटी फाउन्डेशनका अभियान्ता दिर्घराज उपाध्ययले बताए । उनले भने सुदुरपश्चिमका पहाडी जिल्लाका कोरोना संक्रमितहरुको परिक्षणका लागी उपयुक्त ठाँउ डडेल्धुरा रहेकोले विभिन्न सामाजिक अभियान्ताहरुको सहयोगमा पीसिआर खरिद गरी डडेल्धुरा पठाइएको हो मेसिन खरिदमा मन्त्री लेखराज भट्ट र उनका स्वकिय सचिव हितेश ओझाको पनि महत्वपूर्ण सहयोग रहेको छ ।

ह्युमिनिटी फाउन्डेशन नेपालले हालसम्म ५८ लाख रुपैयाँ मात्रै संकलन गर्न सकेकोले पिसिआर मेसिन खरिद गरिएको कम्पनीलाई रकम उपलब्ध गराउन नसकिएको भए पनि मन्त्री भट्टको विश्वासमा चाइनिज कम्पनीले मेसिन उपलब्ध गराएको छ र मन्त्रीले पनी अपुग रकम उपलब्ध गराउने विश्वास दिएको फाउन्डेशनका अभियान्ता उपाध्ययले बताए ।

उपाध्ययले भने, ‘डडेल्धुरामा पीसिआर मेसिनको आवश्यकता थियो र जे जसरी भए पनि डडेल्धुरामा पुगेको छ यसलाई विवादमा ल्याउनु भन्दा व्यवस्थापन गर्न सवैको ध्यान जानु जरुरी छ । फाउन्डेशन कुनै राजनैतिक आस्थामा नरहेकोले नितान्त सामाजिक सेवा गर्ने गरी स्थापना भएकोले फाउन्डेशनले गरेका कार्यहरुलाई राजनैतिक रुपमा बुझ्न नहुने हो । सुदूरपश्चिमको नेता मन्त्री हुनुभएको छ । उहाँको सहयोग नहुने कुरा हुँदैन मन्त्रीको विशेष सहयोग र पहलले पिसिआर मेसिन खरिद गरिएको कुरा भन्न हामीलाई कुनै शंकोच छैन ।’

संसारभरका नेपाली दाजुभाईहरुले डडेल्धुरा जिल्लामा पीसिआर मेसिन स्थापना गर्नका लागि सहयोग गरेका छन् । धनगढीका समाजसेवीहरुले १८ लाख ५० हजार उठाएका छन् तर डडेल्धुराका मानिसहरुले सहयोग गर्नुको सट्टा पिसिआर मेसिनमाथि राजनिति गर्न खोज्नु दुखद भएको समेत उपाध्ययले बताए । खरिद गरिएको पिसिआर मेसिनमाथि विवाद गर्नु भन्दा मेसिन उपलब्ध गराउने कम्पनीलाई रकम उपलब्ध गराउनका लागि आर्थिक सहयोग संकलनका लागी पहल गर्नु आवश्यक देखिन्छ ।

आइतबार बेलुका फाउन्डेशनका अध्यक्ष श्याम तायल र उद्योग वाणिज्य तथा आपुर्ति मन्त्री लेखराज भट्टका स्वकीय सचिव हितेश ओझाले डडेल्धुरा अस्पताल विकास समिति अध्यक्ष करुणाकर ओझालाई हस्तान्तरण गरेका थिए । अवको एक हप्तापछि डडेल्धुरामा पिसिआर मेसिन संचालनमा आउने अस्पताल विकास समिति अध्यक्ष करुणाकर ओझाले बताए । उनले भने, ‘मेसिन जडान गर्न कम्तीमा ४÷५ दिन लाग्ने छ र त्यसपछि डडेल्धुरा लगायत सुदूरपश्चिम प्रदेशका ७ पहाडी जिल्लाको कोरोना परिक्षण डडेल्धुरा अस्पतालबाटै हुन्छ । पिसिआर मेसिन खरिद कार्यमा उद्योग वाणिज्य तथा आपुर्ति मन्त्री लेखराज भट्टको समन्वयमात्रै भएको र खरिद कार्य ह्युमिनिटी फाउन्डेशन नेपालले नै गरेको अस्पताल विकास समिति अध्यक्ष ओझाले बताए ।

तपाइको प्रतिक्रिया
(Visited 264 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

२५ हजार घुससहित नेपाल प्रहरीका सई पक्राउ

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
नागेशले पाए विराटनगरको नेतृत्व