Monday, May 17, 2021
Home खेल बायर्न र डर्टमुन्ड सफल

बायर्न र डर्टमुन्ड सफल

,

म्युनिख । यो सिजनको बुन्डेसलिगा च्याम्पियन बनिसकेको बायर्न म्युनिख र दोस्रो स्थान पक्का गरिसकेको बोरुसिया डर्टमन्डले लिगको ३३औं चरणको खेलमा सफलता हात पारेका छन् ।

स्टार फरवार्ड रोवर्ट लेवान्डोस्कीको दुई गोल मद्दतमा म्युनिखले फ्रेइवर्गमाथि ३–१ को सहज जित निकालेको हो । जोसुवा किम्मिचले एक गोल गरे । फ्रेइवर्गका लुकास होलेरले सान्त्वना गोल फर्काए । फ्रेइवर्गविरुद्ध दुई गोलगरेसँगै लेवान्डोस्की यो सिजनको बुन्डेसलिगाको सर्वाधिक गोलकर्ता हुने पक्का भएको छ । बुन्डेस लिगामा लेवान्डोस्कीको यो ३० खेलमा ३३औं गोल हो । उनी सर्वाधिक गोलकर्ताको सूचीमा शीर्षस्थानमा रहेका छन् । समग्रमा उनले यो सिजन ४१ खेलमा ४७ गोल गरेका छन् । उनलाई आरबी लाइप्जिगका टिमो वेर्नर (२६)ले पछ्याइरहेका छन् । जितसँगै बायर्नले ३३ खेलबाट ७३ अंक पु-याएको छ । पराजित फ्रेइवर्ग ४५ अंक जोडेर आठौं स्थानमा रहेको छ ।

यस्तै, अर्काे खेलमा युवा सनसनी एर्लिङ ब्राउट हालान्डको दुई गोल सहयोगमा बोरुसिया डर्टमुन्डले जर्मन बुन्डेसलिगामा आरबी लाइप्जिगलाई २–० ले पराजित गरेको छ । जितसँगै डर्टमुन्ड ३३ खेलबाट ६९ अंक जोड्दै दोस्रो स्थान पक्का गरेको छ । पराजित लाइप्जिग ६३ अंक जोडेर तेस्रो स्थानमा यथावत् छ । डर्टमुन्डमाथि जित निकाल्न सकेको भए लाइप्जिगले अर्काे सिजनका लागि च्याम्पियन्स लिगमा स्थान सुरक्षित गर्ने थियो । हारले पनि लाइप्जिगको शीर्ष चारमा पर्ने सम्भावना जीवितै छ । अब लिगको अन्तिम खेलमा अग्सवर्गलाई पराजित गर्न सके लाइप्जिग शीर्ष चारमा रहेर अर्काे सिजनको लागि च्याम्पियन्स लिगलाई छनोट हुनेछ ।

(Visited 134 times, 1 visits today)
Loading comments...

आजको समाचार

साताका लोकप्रिय समाचार

भारतमा ९५ लाखभन्दा बढी स्वास्थ्यकर्मीलाई कोभिडविरूद्धको पहिलो खोप दिइयो

नयाँदिल्ली । भारतका ९५ लाखभन्दा बढी स्वास्थ्यकर्मीले कोभिड–१९विरूद्धको पहिलो खोप लगाएका संघीय स्वास्थ्यमन्त्री हर्षबर्धनले बुधबार जानकारी गराउनुभएको छ । यो वर्षको जनवरी १६ देखि खोप...

कोरोनाको दोस्रो लहरमा तहसनहस सेवा

न्युजिल्यान्डका प्रधानमन्त्री डेभिड क्लार्कले सरकारी सूचनाविपरीत घुम्दा पदबाट राजीनामा गरे । बेलायतका प्रधानमन्त्री जोन्सन सरकारले तोकेको मापदण्ड पालना गर्न राजकुमार फिलिपको अन्त्येष्टिमा सहभागी भएनन्...

कर्णाली प्रदेशमा सरकार गठन विवाद यथावत, मुख्यमन्त्री शाही आफैले राखे पाँच मन्त्रालय

कर्णाली । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले आज मन्त्रिपरिषद् पुनःगठन गर्नुभएको छ । सत्ता साझेदार दल नेपाली काँग्रेससँगको विवाद समाधान गर्न मुख्यमन्त्री शाहीले...

ट्रेन्डिङ

सम्पादकीय : सत्तारूढ दलको संकट र देशको नियति

सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)भित्र चर्किँदै गइरहेको आन्तरिक विवाद अतन्तः देशकै संकटका रूपमा देखा परेको छ । यसले भर्खरै संस्थागत हुँदै गरेको संघीय राज्य...

बुबा भेट्न कोरोनाले सकिएन, अर्को साल खैं !

ललितपुर । आफ्ना पुजनीय बुवालाई सम्मान र भक्ति प्रकट गर्दै बुधबार बुबाको मुख हेर्ने दिन मनाइदैछ । अन्धकार रुपी संसारमा ज्ञान एवं कर्मको दिब्य...

हेटौडामा एक साताका लागि निषेधाज्ञा थप

मकवानपुर । जिल्ला प्रशासन कार्यालय मकवानपुरले हेटौडा उपमहानगरपालिका र मनहरी गाउँपालिकामा जारी निषेधाज्ञालाई भदौ १५ गतेसम्म थप गरेको छ । यसअघि गत साउन २६ देखि...

मकवानपुरमा चट्याङ लागेर श्रीमानको मृत्यु, श्रीमती घाइते

हेटौँडा । मकवानपुरको भीमफेदीमा आज बिहान चट्याङ लागेर एक जनाको मृत्यु भएको छ भने अर्का एक घाइते भएका छन् । भीमफेदी गाउँपालिकाको च्याउखोला भन्ने...

टी-२० विश्वकप क्रिकेट तोकिएकै मितिमा

दिल्ली । आईसीसी टी २० विश्वकप क्रिकेट प्रतियोगिता तोकिएकै मितिमा आयोजना हुनेछ । आईसीसीबाट अनुमति पाएसँगै भारतमा हुने विश्वकप सन् २०२१ को अक्टोबर देखि...

यूएई र कुवेतमा नेपालीलाई प्रवेश गर्न रोक

काठमाडौं । नेपाली कामदारका लागि खाडी क्षेत्रका आकर्षक श्रम गन्तव्यमूलक युनाइटेड अरब इमिरेट्स (यूएई) र कुवेतले नेपाली नागरिकलाई आफ्नो देश प्रवेशमा प्रतिबन्ध लगाएको छ...

विष्फोटक पदार्थसहित विप्लव समूहका दुई कार्यकर्ता पक्राउ

कालिकोट । नेत्रविक्रम चन्द्र विप्लव समूहको अखडा क्षेत्रका रुपमा मानिएको कालिकोट जिल्लाको नरहरीनाथ गाउँपालिका–९ लालुबाट ठुलो परिमाणमा विष्फोटक पदार्थसहित प्रहरीले दुईजना लाई पक्राउ गरेको...

कामै नगर्नेलाई बजेट दिइन्नँ :सिलवाल

‘नवौं राष्ट्रिय खेलकुद तयारीमा जुटिसक्यौं’ पोखरा । राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव रमेशकुमार सिलवालले खेलकुदको भौतिक पूर्वाधार तथा खेल संचालनमा स्थानीय निकायलाई...

मौसममा सुधार आउन केही दिन लाग्ने

काठमाडाैं । पश्चिमी वायु र स्थानीय वायुको प्रभावले आज देशभर आंशिक सामान्य बदली रही धेरैजसो स्थानमा मेघगर्जन, चट्याङ, हावाहुरी र असिनासहित...

जोडिएकै हो त चुँडिन लागेको नेकपाको एकताको डोरी ?

काठमाडौं । सत्तारूढ दल नेकपामा चुलिएको संकट तत्काललाई समाधान भएको छ । नेकपाको स्थायी कमिटी बैठकमा बहुमत सदस्यले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा मागेपछि...

प्रधानमन्त्रीलाई विज्ञहरूको सुझाव : कडा लकडाउन गर्नुस्

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई जनस्वास्थ्य विज्ञहरूले पुनः कडा लकडाउन गर्न वा २१ दिनसम्म कफ्र्यु लगाउन सुझाएका छन् । पछिल्लो समय काठमाडौं उपत्यकालगायत...

कालो बादल सार्वजनिक

काठमाडौं । बियोगान्त कथा बोकेको कालो बादल सार्वजनिक भएको छ । गीतमा देवि घर्ति पूर्णकला बि.सी, राम प्रसाद अवस्थि र दिपक संगम बि.सीले स्वर...

ई-पेपर

RAJDHANIDAILY VIDEO

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 156 times, 1 visits today)