पटन नगरपालिका बजारक्षेत्र सिल

बैतडी । बैतडीको पाटननगरपालिका भित्रका बजार क्षेत्रलाई सोमबारदेखि सिल गरिएको छ । वडा नं ६ को कार्यालयमा हिजो बसेको सर्वपक्षीय बैठकले सोमबारदेखि नगरक्षेत्र भित्रका बजार क्षेत्रलाई सिल गर्ने निर्णय अनुसार बजार क्षेत्र सिल गरिएका हुन् ।

कोरोनाका बिरामी बढ्दै गएपछि संक्रमणको जोखिम बढ्ने भएकाले बजार क्षेत्र सील गर्ने निर्णय भएको पाटन नगरपालिकाका प्रमुख केशवबहादुर चन्दले जानकारी दिए । लकडाउन खुकुलो भएसंगै बजारमा भीडभाड बढेकाले कोरोनाको जोखिम न्यूनीकरणका लागि बजार क्षेत्र सिल गरिएको उनले बताए । नागरिकको जीवन रक्षाका लागि यो कदम उठाइएको नगरप्रमुख चन्दले जानकारी दिए ।

पाटन नगरपालिकाको पाटन, मानिका खान, खोड्पेलगायतका बजार क्षेत्र असार १५ गतेसम्म बजार क्षेत्र सिल गरिएका हुन् । बजार सिल गर्ने निर्णय कसैले उल्लघंन गरेमा जरीवना गरिने समेत जनाइएको छ । पाटन नगरपालिकाका ८ जनामा कोरोना संक्रमण पुष्टी भईसकेको छ भने एकजना निको भएर घर फर्केका छन् । बाँकी ७ जना आइसोलेसनमा बसीरहेका पाटन नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख मदनसिंह महराले जानकारी दिए ।

यस्तै पाटन नगरपालिका भित्र रहेका बैंक तथा बित्तीय संस्थाहरुलाई हप्तामा ३ दिन मात्र सेवा दिन नगरपालिकाले आग्रह गरेको छ । आइतबार, सोमबार र बिहीबार बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म मात्रै बैंक तथा बित्तीय संस्थाहरुलाई आग्रह गरिएको नगरपालिकाले जारी गरेको सूचनामा उल्लेख छ । कोरोना भाईरसको जोखिम बढ्दै गएपछि जोखिम न्यूनीकरणका लागि नगरपालिकाले यस्तो निर्णय गरेको हो ।

तपाइको प्रतिक्रिया
(Visited 527 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

पदमुक्त भए प्रधानमन्त्री प्रचण्ड

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
पाल्पाको रिब्दीकोटमा गठबन्धनका उम्मेदवार विजयी