Wednesday, September 22, 2021
Your Ads Here
Homeखेलइन्टर मिलानको जित

इन्टर मिलानको जित

,
sharethis

रोम । इटालियन सिरी ‘ए’अन्तर्गत भएको खेलमा इन्टर मिलानले साम्पडोरियनालाई २–१ ले पराजित गरेको छ । घरेलु मैदानमा आइतबार राति भएको खेलमा इन्टरको जितमा रोमेलु लुकाकु र लोउटारो मार्टिनेज नायक भए । उनीहरूको गोलमा उसले जित निकालेको हो । साम्पडोरियाका मोर्टेन थोर्सवीले गोल फर्काए पनि हारलाई टार्न सकेनन् ।

इन्टर मिलानले खेलको १०औं मिनेटमा अग्रता लिएको थियो । उसले रोमेलु लुकाकुले क्रिस्टियन इरिक्सनको पासमा हेर्नलायक गोल गरेका थिए । पहिलो हाफमा नै इन्टरले अग्रता दोब्बर बनायो । खेलको ३३औं मिनेटमा एन्टेनियो क्यानड्रिभाको पासमा लोउटारो मार्टिनेजले गोल गर्दै इन्टर मिलानलाई २–० को अग्रता दिलाए । लोउटारो स्पेनिस क्लब बार्सिलोना जाने चर्चामा रहेका छन् ।

खेलको ५२औं मिनेटमा मोर्टेनले गोल गर्दै साम्पडोरियालाई खेलमा फर्काउने संकेत दिए । त्यसपछि दुवै टोलीले केही मुभ सिर्जना गरेको भए पनि गोल हुन नसक्दा २–१ को नतिजा नै अन्तिम भयो । जितसँगै तेस्रो स्थानमा रहेको इन्टरको २६ खेलबाट ५७ अंक पुगेको छ । पराजित साम्पडोरिया २६ अंक जोडेर १६औं स्थानमा रहेको छ ।

२४ घण्टामा भएका समाचारहरु पढ्नुहोस   नेपालको चुनौती समाप्त

यस्तै, सिरी ‘ए’को अर्काे खेलमा एटलान्टाले ससुलोमाथि ४–१ को फराकिलो जित निकालेको छ । एटलान्टाको जितमा डुभान जापाटाले दुई तथा विराट डिजिमसिटीले एक गोल गरे । एक गोल उपहार पाएको थियो । ससुलोका मेदी बौरवियाले सान्त्वना गोल फर्काए । जितसँगै एटलान्टाको २६ खेलबाट ५१ अंक जोडेर चौथो स्थानमा रहेको छ । ससुलो ३२ अंक जोडेर १२औं स्थानमा छ ।

तपाइको प्रतिक्रिया

(Visited 109 times, 1 visits today)

आजको समाचार

अध्यादेश खारेज नभई जसपाले मन्त्री पठाउँदैन : उपेन्द्र यादव

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले राजनीतिक दलसम्बन्धी अध्यादेश खारेज नभएसम्म सरकारमा नजाने अडान लिएका छन् । अध्यादेश खारेजपछि मात्र...

नेपालको चुनौती समाप्त

काठमाडौं । हङकङसँग गोलरहित बराबरीमा रोकिएपछि नेपालको एएफसी महिला एसियन कप–२०२२ छनोटको यात्रा समाप्त भएको छ । जित निकाल्नै पर्ने खेलमा हङकङको महिला राष्ट्रिय...

परराष्ट्रमन्त्री खड्काद्वारा शपथ, लगत्तै न्यूयोर्क जाने

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त परराष्ट्रमन्त्री डा नारायण खड्कालाई आज पद तथा गोपनीयताको शपथ दिलाएकी छन् । राष्ट्रपति भवन शीतल निवासमा आयोजित समारोहमा...

रत्नजित र रशिला च्याम्पियन

काठमाडौं । शीर्ष वरीयताका विभागीय त्रिभुवन आर्मी क्लबका रत्नजित तामाङ र विभागीय त्रिभुवन आर्मी क्लबकी रशिला महर्जन प्रथम रिभाइभ लिजर पार्क खुला राष्ट्रिय ब्याडमिन्टन...

बालुवाटारमा गठबन्धनकाे बैठक जारी

  काठमाडाैं ।  सत्तारुढ गठबन्धनका शीर्ष नेताको बैठक सुरु भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा  केहीबेरअघिदेखि सुरु भएको बैठकमा सरकार विस्तारका विषयमा छलफल हुने भएकाे छ...

साताका लोकप्रिय समाचार

अवरोध र नाराबाजी बजेट पारित

काठमाडौं । प्रमुख प्रतिपक्षी दल एमाले सांसदहरूको अवरोध र नाराबाजीबीच सोमबार प्रतिनिधि सभाबाट चालू आर्थिक वर्ष २०७८-७९ का लागि विनियोजित बजेट पारित भएको छ...

नेपालले हङकङसँग खेल्दै

काठमाडौं । एएफसी महिला एसियन कप–२०२२ छनोटको दोस्रो खेलमा नेपाली राष्ट्रिय महिला फुटबल टोलीले आज (मंगलबार) हङकङसँग प्रतिस्पर्धा गर्दै छ । खेल उज्वेकिस्तानस्थित (जेएआर...

बलात्कार आरोप लगाएर ५० लाख असुल्न खोज्ने ३ महिला पक्राउ

  तुलसीपुर । दाङमा एक पुरुषलाई बलात्कारको आरोप लगाएर ५० लाखको बार्गेनिक गर्ने ३ जना महिला पक्राउ परेका छन् । पक्राउ पर्नेहरुमा घोराही १५ बस्ने...

बझाङमा हजुरआमाको हत्या आरोपमा नाति पक्राउ

बझाङ । आफ्नै नातिले ८० वर्षीया हजुरआमाको हत्या गरेको आरोप लागेको छ । जिल्लाको दुगाथली गाउँपालिका–५ का २१ वर्षीया सुवास जप्रेललाई ८० वर्षीया हजुरआमा...

कांग्रेस १४औं महाधिवेशनः १३ जिल्लामा वडा अधिवेशन अनिश्चित

काठमाडौं । नेपाली कांग्रेसले १३ जिल्लामा वडा अधिवेशन गर्न ढिला गरेसँगै ९ भदौका लागि तोकिएको पालिका अधिवेशनसमेत अनिश्चित बनेको छ । क्रियाशील सदस्यता नामावली...

ट्रेन्डिङ

यी हुन् संवैधानिक आयोगमा नियुक्ति सिफारिश पदाधिकारी (सूचीसहित)

काठमाडाैं ।  संवैधानिक परिषद्ले विभिन्न संवैधानिक आयोगमा रिक्त पदाधिकारीमा नियुक्तिका लागि सिफारिश गरेको छ । परिषद्ले लोकसेवा आयोगका अध्यक्षमा माधवप्रसाद रेग्मी (झापा) तथा सदस्यमा...

पिसिआर टेष्ट रिपोर्ट नदेखाए कर्णाली प्रवेश गर्न नपाइने

  कर्णाली ।  कर्णाली प्रदेश सरकारले यहाँका मूल प्रवेशद्वारमा पिसिआर टेष्ट रिपोर्ट नदेखाए रोक लगाउने निर्णय गरेको छ । प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीका अध्यक्षतामा...
1

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

तपाइको प्रतिक्रिया
(Visited 200 times, 1 visits today)