२७ दिनमा काेराेनामुक्त गर्भवती आमा र तीन वर्षिया छोरी

सप्तरी, राजविराज । कोरोना संक्रमित भई उपचार्थ आइसोलेशनमा भर्ना भएकी एक गर्भवती महिला र उनको तीन वर्षिया छोरी निको भएर घर फर्किएकी छिन् ।

कोरोना संक्रमित भई गत जेठ १४ गते यहाँस्थित साइकृष्णा अस्पतालको आइसोलेशन कक्षमा भर्ना भएकी सप्तरीको बलानबिहुल गाउँपालिका वडा नं. ५ रामनगरकी निर्मलादेवी यादव र उनको तीन वर्षिया छोरी अंजली मंगलबार डिस्चार्ज भएकी हुन् ।

आमाछोरी एक महिनाअघि भारतको हरियाणबाट घर फर्केका थिए । उनलाई गाउँपालिकाद्वारा निर्माण गरिएको क्वारेन्टाइनमा राखिएको तथा स्वाब परिक्षणको रिपोर्ट पोजेटिभ देखिएपछि आइसोलेशनमा पठाइएको बलानविहुल गाउँपालिका स्वास्थ्य चौकीका संयोजक मो. नसिम राइनले बताए ।

गजेन्द्र नारायण सिंह अस्पतालका मेडिकल सुपरिडेन्टेन्ट डा. रन्जित झाले दुई पटक गरिएको पिसिआर परिक्षण रिपोर्ट नेगेटिभ आएपछि डिस्चार्ज गरिएको बताए । डा. झाले डिस्चार्ज भएकी अन्जलीकी आमा गर्भवति समेत रहेको जानकारी दिए ।

२७ दिन पछि कोरोना जितेर घर फर्किन लाग्दा निकै प्रसन्न देखिएकी आमाछोरीलाई बिदाई गर्दा अस्पतालका मेसु डा. झाले भने, “बधाई छ, अब घरमा पनि आवश्यक सर्तकर्ता अपनाएर बस्नुहोला ।”

तपाइको प्रतिक्रिया
(Visited 132 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

यस्तो छ– एमडीएमएस खरिद अनियमितताको अन्तरकथा

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
रेणु–सिर्जनालाई देउवाको ढाडस