सप्तरीमा एकै दिन थपिए १९ जना कोरोना संक्रमित

सप्तरी, राजविराज । सप्तरीमा मंगलबार एक महिलासहित १९ जनामा कोरोना संक्रमित भेटिएका छन् । एकै दिन यति ठूलो संख्यामा जिल्लामा पहिलो पल्ट संक्रमित फेला परेको हो । यो सँगै जिल्लामा कोराना संक्रमितको संख्या १ सय ९५ पुगेको छ ।

पछिल्लो पटक संक्रमित फेला परेका मध्ये १६ जना तिलाठी कोइलाडी गाउँपालिकाका छन् भने ३ जना हनुमाननगर कंकालिनी नगरपालिकाका हुन् । १६ दिन अघि भारतका विभिन्न सहरबाट घर फर्केका उनीहरुलाई तिलाठी कोइलाडी गाउँपालिका तथा हनुमाननगर कंकालिनी नगरपालिकाद्वारा निर्माण गरिएको क्वारेन्टाइनमा राखिएको थियो ।

संक्रमित मध्ये १६ जनाको परिक्षण रिपोर्ट गजेन्द्र नारायण सिंह अस्पतालस्थित पिसिआर प्रयोगशालाबाट पोजेटिभ देखिएको अस्पतालका मेसु डा. रन्जित झाले बताए । यस्तै हनुमाननगर कंकालिनी नगरपालिकाका ३ जनाको जनकपुरस्थित पिसिआर परिक्षण प्रयोगशालाबाट प्राप्त रिपोर्टले पोजेटिभ देखाएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख दुनियालाल यादवले बताएका छन् ।

जिल्लामा हालसम्म फेला परेका कुल १ सय ९५ संक्रमित मध्ये ९० जना निको भएर घर फर्किसकेका छन् भने १ सय ५ जना अझै आइसोलेशनमा राखि उपचार कार्य भइरहेको गजेन्द्र नारायण सिंह अस्पतालका मेसु डा. झाले जानकरी दिए । हाल सम्ममा सप्तरीको १८ मध्ये १६ वटा स्थानिय तहमा कोरोना संक्रमित देखिसकिएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 143 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

देउवा-नेपालको भेटले सत्ता समीकरणमा तरंग

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
तीन घेराको सुरक्षा