प्युठान । प्युठानको एक क्वारेन्टिनमा बसेकी गर्भवतीले शिशु जन्माएकि छिन् । मल्लरानी गाउँपालिका –४ स्थित जनजागृति माध्यामिक विद्यालय कसेरी क्वारेन्टिनमा बसेकि थिइन् । १८ वर्षीया सीता खड्काले छोरा जन्माएकि हुन् ।
क्वारेन्टिनमा सुत्केरी व्यथा लागेपछि उनलाई प्राथमिक स्वास्थ्य केन्द्र खलङ्गामा ल्याइएको थियो । स्वास्थ्य केन्द्रमै आज बिहान करीब ८ बजे उहाँ सुत्केरी भएकी गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख पारस शाहीले बताइन् ।
आमा र शिशु दुवैको स्वास्थ्यावस्था सामान्य रहेको जनाइएको छ । खड्काको आरडिटी रिपोर्ट नेगेटिभ आएको छ । पिसीआर लिने नलिने विषयमा छलफल भइरहेको स्वास्थ्य शाखा प्रमुख शाहीले बताए । खड्का आफ्ना श्रीमान्सँग यही असार १ गते भारतबाट आई क्वारेन्टिनमा बसेकि थिइन् ।
तपाइको प्रतिक्रिया
(Visited 190 times, 1 visits today)