गण्डकी प्रदेशमा १ सय २४ जना कोरोना संक्रमित थपिए

पोखरा । गण्डकी प्रदेशमा पछिल्लो २४ घण्टामा १ सय ४ जना कोरोना भाइरस संक्रमित फेला परेका छन् । योसँगै प्रदेशमा कुल संक्रमित संख्या ६ सय ९७ पुगेको छ ।

प्रदेश स्वास्थ्य निर्देशनालयका तर्फबाट प्रदेश स्वास्थ्य निर्देशक एवं प्रदेशका कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा. विनोदबिन्दु शर्माले मंगलबार राति विज्ञप्ति जारी गर्दै सो को पुष्टि गरेका हुन् । पोखरामा ७ जना नयाँ संक्रमित फेला परेका हुन् भने १० वर्ष मुनिकै ६ जना बालबालिकासमेत कोरोना संक्रमित बनेका छन् ।

पोखरा स्वास्थ्य विज्ञान प्रयोगशालासहित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौं र भरतपुर अस्पतालमा गरिएको नमुना परीक्षणमा प्रदेशका बागलुङ, कास्की, पर्वत, स्याङ्जा, तनहुँ, नवलपुर र गोरखाका संक्रमित फेला परेका हुन् ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा गरिएको परीक्षणमा बागलुङ ढोरपाटनका ५ जना पुरुष र १ महिला गरी ६ जना संक्रमित भेटिएका हुन् ।

यस्तै, कास्कीको पोखरा महानगरपालिकाका ३ जना पुरुष र ४ महिला छन् । २२ वर्षका २ जना पुरुष र ४० वर्षका १ पुरुष छन् भने महिलाको उमेर २२, २७, ३४ र ५४ रहेको छ ।

पर्वतमा २१ जना संक्रमित भेटिएका छन् । उनीहरुमध्ये बिहादी गाउँपालिकाका ३ महिना र २३ वर्षका पुरुष छन् । पैयुँ गाउँपालिकाका २०, ३८ र ४५ वर्षका ३ पुरुष छन् । कुष्मा नगरपालिकाका ९ जना संक्रमित भेटिएका छन् । उनीहरुको उमेर समूह ९ देखि ४३ वर्षसम्मको छ ।

मोदी गाउँपालिकाका ४४ वर्षीय महिलासहित ३ जना छन् । जसमा १८ र ४६ वर्षीया महिला छन् । फलेबास नगरपालिकाका २७ र ३० वर्षीय पुरुष छन् ।

काठमाडौंमै भएको परीक्षणमा नवलपरासी (बर्दघाट सुस्ता पूर्व) जिल्लामा २१ संक्रमित भेटिएका छन् । कावासोती नगरपालिकाका १० जना छन् । तीमध्ये ९ वर्षीया बालिका समेत छन् । यस्तै वर्ष २० देखि ५७ वर्षीय पुरुष छन् ।

बौदीकालिका गाउँपालिकाका ५ जना महिला र ५ पुरुष छन् भने पालिका नखुलेका २१ वर्षीय पुरुष छन् । तनहुँको घिरिङ गाउँपालिकाका १६ वर्षीय पुरुषसमेत संक्रमित छन् ।

स्याङ्जामा १३ नयाँ संक्रमितमध्ये गल्याङका वर्ष २१, २७ र ३२ वर्षका पुरुष छन् । भीरकोट नगरपालिकाका ५२ वर्षीय पुरुष, कालिगण्डकी गाउँपालिकाका २१ र ६५ वर्षका पुरुष, चापाकोट नगरपालिकाका १ महिला सहित ५ जना छन् । जसमा १९ वर्षीय महिला तथा वर्ष ३७, ४०, ४९ र ६० वर्षका पुरुष संक्रमित भएका हुन् । वालिङ नगरपालिकामा २० र २२ वर्षका पुरुष छन् ।

काठमाडौंमै भएको नमुना परीक्षणमा गोरखाका १८ जना संक्रमित भेटिएका छन् । जसमा भीमसेन थापा गाउँपालिकाका वर्ष ३ वर्षीय बालक सहित २२ वर्षीय पुरुष छन् । यस्तै, वर्ष ५ र १० का २ जना बालिका समेत संक्रमित बनेकी छन् । वर्ष २८, ३२, ४७ र ५८ वर्षीया महिला भीमसेन थापा गाउँपालिकाकै हुन् ।

गोरखाकै पालिका नखुलेका वर्ष २५ र ५० का २ जना पुरुष समेत संक्रमित बनेका छन् भने शहीद लखन गाउँपालिकाका ३ जना पुरुष छन् । उनीहरुको उमेर २१, २३ र ४१ वर्ष हो । बारपाक सुलीकोट गाउँपालिकाका २४ वर्षका पुरुष पनि कोरोना भाइरस संक्रमित छन् । सुलीकोटका ती पुरुषको भने पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पीसीआर परीक्षण भएको हो । गोरखाकै भीमसेन थापा गाउँपालिकाका वर्ष ६ र १२ वर्षका बालक र वर्ष ३५ र ५२ का महिला पनि संक्रमित बने । उनीहरुको परीक्षण पोखरामा भएको हो ।

उता, भरतपुर अस्पतालमा आइबार भएको नमुना परीक्षणमा नवलपरासी (बर्दघाट सुस्ता पूर्व) का १७ जनामा कोरोना भाइरस पुष्टि भएको छ । तीमध्ये गैँडाकोट नगरपालिकाका २८ वर्षीय महिला छन् । अन्य सबै पुरुष हुन् ।

गैँडाकोटकै ३५ वर्षीय पुरुष पनि कोरोना संक्रमित बने । बुलिङटार गाउँपालिकाका नयाँ १५ जना पुरुष संक्रमित बनेका हुन् । उनीहरुको उमेर समूह २० देखि ४५ सम्म छ ।

यसअघि असार ६ मा एकै दिन गण्डकीमा १ सय ८ जनामा कोरोना संक्रमण देखा परेको थियो । मंगलबार देखिएको संख्या २४ घण्टा अवधिमा देखिनेमा दोस्रो ठूलो संख्या हो ।

तपाइको प्रतिक्रिया
(Visited 239 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

बागमतीका मुख्यमन्त्री जम्कट्टेलले चैत १९ मा विश्वासको मत लिने

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
इटहरीको मेयरमा कांग्रेसबाट १० जना आकांक्षी