Sunday, June 13, 2021
Home बिचार कोभिड–१९ र आर्थिक समृद्धिको सम्भावना

कोभिड–१९ र आर्थिक समृद्धिको सम्भावना

,

कोभिड–१९ ले कृषि क्षेत्रमा आत्मनिर्भरताको सम्भावना उजगर गरेसँगै पशुपक्षीको विकासबाट आर्थिक समृद्धि हासिल हुने मुद्दा पनि चर्चामा आएको छ । विश्व मानव सभ्यताको विकाससँगै पशुपक्षी मानिससँग रहँदै आएका छन् । यसर्थ, यी मानव सभ्यता र विकासका सहयात्री हुन् । पशुपक्षीले मानव सभ्यताको विकाससँगै पत्रवाहकको काम, सुरक्षा प्रदान गर्ने, यातायातको साधन, कृषिका सहयोगी, मासु, दूध र अण्डाजस्ता पौष्टिक आहार प्रदान गरेर मानव जातिलाई गुन लगाएका छन् । नेपालको पनि उत्पत्तिसँग पशुपक्षी साथमै रहेकोमा खासै तर्कवितर्क गरिरहनु परोइन । तथापि पशु विकास तथा पशु स्वास्थ्य सेवाको औपचारिक आरम्भ भने १९७८ सालमा कृषि अड्डा खुलेपछि भएको मानिन्छ । यसपछि आधुनिक पशुपक्षीको विकासक्रम आरम्भ भएको हो ।

१९८२ सालमा सिहंदरबार परिसरभित्र कृषि प्रवद्र्धन फार्म खडा गरियो भने १९९४ सालमा कृषिपरिषद् गठन गरियो । यसैगरी, १९९८ सालमा काठमाडौंको त्रिपुरेश्वरमा भेटेरिनरी अस्पताल खुल्यो भने २००० सालमा चित्लाङमा भेडाफार्म स्थापना गरियो । साथै, २००४ सालमा परवानीपुरमा अनुसन्धान फार्म खडा भयो । यसरी राणकालीन जहानियाँ शासनमा पनि पशुपक्षीको विकासलाई प्राथमिकतामा राखेको पाइन्छ ।

२००७ सालमा नेपालमा प्रजातन्त्र आएपछि मुलुकको चौतर्फी विकासको कार्यारम्भ भयो । तदनुरूप २००८ सालमा कृषि विभाग स्थापना गरियो । २०१० सालमा कृषि विभागमा पशु सेक्सन खडा गरियो । जसबाट पशु विकासको महŒवका साथै यसले आर्थिक समृद्धिमा पार्ने सकारात्मक प्रभावलाई आत्मसात गरियो । यसैगरी, २०१४ सालमा १० जिल्लामा पशु अस्पताल खडा गरियो । यसै क्रममा २०२३ सालमा पशु विकास तथा पशु स्वास्थ्य विभाग स्थापना भयो । यसरी पहिलोपटक छुट्टै विभाग खडा गरियो । एकपटक छुट्टै मन्त्रालय पनि खडा भएको थियो । बेलाबखतमा राज्यमन्त्री र सहायक मन्त्री नियुक्ति गरी पशुपक्षीको विकासको जिम्मेवारी दिने गरेको पनि पाइन्छ ।

२०७२ सालमा संविधानसभाबाट संघीय प्रणालीमा आधारित नेपालको संविधान जारी भयो । मुलुकमा संघीयता लागू हुनपूर्व सबै जिल्लामा जिल्लास्तरीय पशु स्वास्थ्य कार्यालय, गाउमा सेवा केन्द्र, विभिन्न स्थानमा प्रयोगशाला र फार्म स्थापना भएका थिए । हाल संघीय सरकार, प्रदेश सरकार र स्थानीय तहबाट पशुपक्षी विकाससम्बन्धीे विविध काम भइरहेको छ । हाल, एक प्रकारले संक्रमणको स्थिति सिर्जना भएको छ । तथापि, मुलुकको अर्थतन्त्र निर्माणमा महŒवपूर्ण स्थान ओगट्ने पशुपक्षीको व्यवस्थापनलाई वैज्ञानिक प्रणालीबाट सञ्चालन गर्नुपर्छ । यसमा तीनै तहका सरकारले मन, वचन र कर्मले अधिकतम योगदान गर्नुपर्छ ।

हाम्रो मूल ध्येय पशुपक्षी पालन व्यवसायलाई व्यवस्थित, आयमूलक तथा आकर्षक बनाउने नै हुनुपर्छ । यसले खाद्य तथा पोषण सुरक्षा, गरिबी न्यूनीकरण र रोजगारी सिर्जनामा प्रत्यक्ष सघाएको छ । गाईभैंसी, चौरी, बाख्रालगायतको पालनबाट हामीलाई दूध प्राप्त भइरहेको छ । हाल नेपालमा बर्सेनि २२ लाख १३ हजार २०२ मेट्रिक टन दूध उत्पादन हुने गरेको छ । यसलाई वृद्धि गरी पाउडर दूध कारखाना सञ्चालनमा ल्याउनुपर्छ । दूधबाट बन्ने घिउलगायत मिठाईका परिकारमा पनि आत्मनिर्भर हुनुपर्छ । साथै, चकलेटलगायतका कारखाना खोल्नुपर्छ । यी सबै पहलबाट हामी आत्मनिर्भरतातर्फ उन्मुख हुनेछौं ।

आत्मनिर्भर अर्थतन्त्र निर्माणमा ठूलो टेवा दिने पशुपक्षीको व्यवस्थापनमा वैज्ञानिकता ल्याउनुपर्छ

हामीले पशुपक्षीको नियमन र व्यवस्थापन गर्न पशु स्वास्थ्य कार्यक्रम कार्यान्वयन कार्यविधि निर्माण गरी लागू गरेका छौं । जसले पशुपक्षी, पशुजन्य पदार्थ तथा पशुपक्षी उत्पादन सामग्रीको स्वस्थ्य उत्पादन, बिक्रीवितरण र उपभोगको मापदण्ड निर्धारण गरेको छ । यसको प्रभावकारी कार्यान्वयन हुनुपर्छ । हामीले विश्व व्यापार संगठन र विश्व पशु स्वास्थ्य संगठनको मापदण्डअनुसार पशुपक्षीको व्यबस्थापन र नियमन गर्नुपर्छ । पशुपक्षी पालनको कामलाई हल्का ढंगले लिनुहुँदैन । यसमा लापर्बाही गर्दा लाभभन्दा नोक्सानी बढी हुन्छ । पशुपक्षीमा बेलाबखत आइपर्ने संक्रमणको महामारीले ठूलो आर्थिक क्षति हुने गरेको छ । यसको न्यूनीकरण गर्नुपरेको छ । यसका लागि किसानलाई तालिम दिनुका साथै यस क्षेत्रमा दक्ष जनशक्ति उत्पादन गर्न स्कुल र कलेजको पाठ्यक्रममा यी विषयलाई समावेश गर्नुका साथै विश्व विद्यालयमा यस विधाको छुट्टै विभाग खडा गर्नुपर्छ ।

पशुपक्षीमा लाग्ने रोगहरूको सर्भिलेन्स, अन्वेषण, पहिचान, रोकथाम, नियन्त्रण र अनुगमन गर्ने दह्रो प्रणाली हुनुपर्छ । भेटनरी औषधि तथा जैविक पदार्थ, पशुपक्षी फार्म, ह्याचरी र पशु नश्ल सुधारको काम गुणस्तरीय हुनुपर्छ । यसमा स्वयं किसान पनि चनाखो हुनुपर्छ । कतै म्याद नाधेको औषधिको बिक्रीवितरण एवं उपयोग भइरहेको छ कि ? कतै पशुपक्षी फार्म र ह्याचरीको सञ्चालनमा तोकिएको मापदण्डको पालना भएको छैन कि ? भनी भेटनरी निरीक्षकले नियमित निरीक्षण गर्नुपर्छ । यस काममा विशेषगरी पालिकाहरू संवेदनशील हुनुपर्छ ।

पशुमा लाग्ने खोरेत रोग नियन्त्रण गर्न होस् वा भेडा बाख्रामा लाग्ने पीपीआर रोग नियन्त्रण गर्न होस्, सम्बन्धित निकाय चनाखो हुनुपर्छ । यसैगरी, सुँगुर, बंगुर र बँदेलमा लाग्ने क्लासिक स्वाइन फिभर (बंगुरको हैजा), गाईभैंसीमा लाग्ने भ्यागुते र चरचरे रोग तथा स्थानीय कुखुरामा फैलिने रानीखेत रोग नियन्त्रणका लागि पनि सम्बन्धित निकाय चुस्त र दुरुस्त हुनुपर्छ । यस्ता रोगबाट एकातिर पशुपक्षी सखााप हुन्छन् भने अर्कोतिर लगानीकर्ताले पनि ठूलो नोक्सानी व्यहोर्नुपर्ने हुन्छ । यी रोगको रोकथामका लागि खोप दिने र रोगी वस्तुको उपचार हुने सुनिश्चितता कायम गर्नुपर्छ ।

मानिसले अत्यन्त खुसीका साथ कुकुर र बिरालो पाल्ने गर्दछन् । तर, यी जनावर बहुलाएर मानिसलाई टोक्दा रेबिज हुने गर्दछ । यसर्थ, रेबिज भ्याक्सिन बैंकको व्यवस्थापन पनि गर्नुपर्छ । साथै, कुकुर बन्ध्याकरणको कार्यक्रमलाई पनि निरन्तरता दिनुपर्छ । नेपालजस्ता मुलुकमा बेवासिसे कुकुर र बिरालाले निकै असजिलो पारिरहेका छन् । यसर्थ, यस्ता विषयमा जनचेतना पनि फैलाउनुपर्छ ।

नेपाल सरकारले दुग्ध पदार्थको उत्पादन वृद्धि गर्ने प्रयास पनि गरिरहेको छ । जसअनुसार, मध्य पहाडी लोकमार्ग र हुलाकी राजमार्ग लक्षित एकीकृत दुग्ध उत्पादन प्रवद्र्धन कार्यक्रम सञ्चालनमा छ । यसैगरी, प्रजनन योग्य राँगा वा साँढे हुर्काउने स्रोत केन्द्र सञ्चालनमा छन् । भूकम्प प्रभावित १४ जिल्लामा पशुपक्षी राहत तथा पुनस्र्थापन कार्यक्रम सञ्चालन भएको छ । सरकारले गोठ सुधार कार्यक्रममा किसानलाई अनुदान दिएको छ ।

व्यावसायिक पशुपक्षी पालनले हामीले लिएको समृद्ध नेपाल सुखी नेपालीको लक्ष्य चुम्न मद्दत गर्नेछ

नेपाल सरकारले घाँसेबालीको व्यावसायिक बीउ उत्पादन कार्यक्रम पनि सञ्चालनमा ल्याएको छ । साथै, सरकारले युवा र एकल महिला लक्षित पशुपक्षी पालन कार्यक्रम पनि सञ्चालन गरेको छ । यस अतिरिक्त, कोरली पाँडी हुर्काउने कार्यक्रम सञ्चालनमा छ । हामीसँग खर्क सुधार कार्यक्रम पनि छ । सरकारले गाईभैंसीलाई सुत्केरी आहार भत्ता अनुदान पनि दिएको छ । यस्मा पालिकाबीच स्वच्छ प्रतिस्पर्धा नै छ । तथापि, पशुपक्षी पालन व्यवसायमा न त आमकिसानको ध्यान गएको छ, न त लगानीकर्ताले अपवादमा केही गाई फार्म, अस्ट्रिच पालनको कार्यबाहेक कुनै मेघा प्रोजेक्ट नै सञ्चालनमा आउन सकेको छ ।

हामीले मुलुकलाई माछा र मासुमा पनि आत्मनिर्भर बनाउनुपर्छ । हाल नेपालमा मासुको वार्षिक उत्पादन ३ लाख ७२ हजार २२६ मेट्रिक टन छ भने माछाको वार्षिक उत्पादन ९३ हजार मेट्रिक टन छ । हामी मासुमा लगभग आत्मनिर्भरताको नजिकमा छौं भने माछामा हाम्रो वार्षिक खपतको आधा पनि उत्पादन छैन । हामी पोल्ट्रीमा आत्मनिर्भर छौं । क्रमशः माछा र मासु पनि छोटो अवधिमा आत्मनिर्भर हुने तत्कालीन कार्ययोजना लागू गर्नुपर्छ । तराईका फाँटमा ठूलाठूला माछापोखरीको निर्माण गर्नुपर्छ भने हिमाली र पहाडी क्षेत्रको चिसो पानीमा ट्राउट माछाको फार्मिंङ गर्नुपर्छ । हिमाली क्षेत्र, पहाड र तराईका निश्चित क्षेत्रलाई चरन क्षेत्र घोषणा गरी व्यापक रूपमा मासुजन्य वस्तुको फार्म सञ्चालन गर्नुपर्छ ।

नेपाल सरकारले बेलाबखतमा वर्ड प्mलुको क्षतिपूर्ति दिएको छ । यसैगरी, सबै पशुधनमा क्षतिपूर्ति दिने प्रणाली लागू गर्नुपर्छ । साथै, हामीले पशुको नश्ल सुधार गरी उत्पादकत्व वृद्धि गर्नुपर्छ । हाल नेपालमा नश्ल सुधार भएका गाइको अंश केवल १२ प्रतिशत मात्रै छ भने भैंसीको अंश २८ प्रतिशत छ । हामीले पशुपालनको विकासका लागि घास खेती प्रवद्र्धन गर्ने र वैकल्पिक पशु आहारको उत्पादनमा पनि जोड दिनुपर्छ । उदाहरणका लागि, हिउँदमा पशु आहार कम हुने गर्दछ । जसको कारण पशु कुपोषणको समस्या देखिन्छ ।

हामीले पशु कल्याण प्रवद्र्धनका केही सीमित काम गरेका छौं । यस अलावा हामीले पशु अधिकारको पनि संरक्षण गर्नुपर्छ । तिनलाई कुटपिट गर्ने वा तौल बढाउन अखाद्य वस्तु खान दिने वा पासविक ढंगले ओसारपसार गर्नेलाई कडा दण्ड गर्नुपर्छ । यस्ता हर्कत गर्ने उपर कडा कारबाही गर्नुपर्छ । हामीले भेंडाबाख्रा प्रवद्र्धन कार्यक्रमबाट पनि लाभ लिनुपर्छ । मुख्य कुरो, लाइभस्टक गुणस्तर व्यवस्थापनमा आमकिसानलाई अनिवार्य रूपमा तालिम दिनुपर्छ । हामीले मिल्किङ पार्लर स्थापना गर्नुका उपलब्ध सबै विकल्पको उपयोग गरी मिल्क होली डे हुन नदिने तथा बिक्री नभएर किसानले दूध फुक्नुपर्नेजस्ता अवस्थाबाट मुलुकलाई मुक्त राख्नुपर्छ । अर्को कुरा, पशुपक्षीको कारोबारमा पनि बिचौलियाबाट किसान लुटिएका छन् ।

पशुपक्षी पालनले हामीलाई दूध, अण्डा, मासु, कम्पोस्ट मल मात्रै दिएको छैन । यिनको छाला, रौंलगायतको पनि उच्च मूल्य प्राप्त भइरहेको छ । पशुपक्षी पालनले मानिसलाई एकलकाटे हुनबाट जोगाउँछ । घोडा र खच्चडले हामीलाई यातायातको साधनका रूपमा सघाइरहेका छन् भने राँगा र गोरुले हलो जोत्ने तथा बयलगाढा चलाउने कामका सघाएका छन् । कुकुर हाम्रो सुरक्षामा खटिएका छ भने बाख्राका पाठपाठीले हाम्रो घरआँगनमा नयाँ रौनक थपेका छन् । जसका कारण हामीले पशुपक्षीको आवश्यक सम्मान गर्नुपर्छ । गाई हाम्रो राष्ट्रिय जनावर हो । डाँफे हाम्रो राष्ट्रिय पक्षी हो । हामीले विभिन्न चाडपर्वमा पनि पशुपक्षीको पूजा गर्ने गरेका छौं । यसरी मानव सभ्यताको विकाससँगै पशुपक्षीको विकासमा पनि हामी सधैं क्रियाशील हुनुपर्छ । व्यावसायिक पशुपक्षीपालनले हामीले लिएको समृद्ध नेपाल सुखी नेपालीको लक्ष्यमा हामीलाई पु-याउन मद्दत गर्नेछ ।

(Visited 168 times, 1 visits today)
Loading comments...

आजको समाचार

उपत्यकामा निषेधाज्ञा एक हप्ता थपियो

काठमाडौं । काठमाडौं उपत्यकामा थप एक साता निषेधाज्ञा लम्बिएको छ ।जेठ मसान्तसम्म लगाइएको निषेधाज्ञालाई थप एक साता बढाउने निर्णय भएको हो । आइतबार काठमाडौं,...

‘कसले भन्छ किसानले अनुदान पाउदैनन्, मलाई हेर्नुस्’

काठमाडौं । खेती किसानीमा लागेका किसानहरुको एउटा सदाबहार गुनासो हुन्छ । ‘वास्तविक किसानले कहिल्यै अनुदान पाउदैनन्, कागजपत्र मिलाएरै नक्कली किसानले सरकारी अनुदान असुल्छन ।...

उपचाररत मोडल निशालाई आर्थिक सहयोग गर्नेहरु बढ्दै

  काठमाडौं । मोडल तथा कलाकार निशा घिमिरेको उपचार सुरु भएसँगै उनलाई आर्थिक सहयोग पनि जुट्न थालेको छ । यसै क्रममा उनलाई चलचित्र विकास बोर्डद्वारा...

‘कर्णालीमा आउ, डाक्टर बनेर जाउँ’

कर्णाली । अब जुम्लामा चिकित्सक उत्पादन गर्ने बाटो खुला भएको छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा चिकित्साशास्त्रको स्नातक तह (एमबिबिएस) कार्यक्रम सञ्चालन गर्न...

साताका लोकप्रिय समाचार

सुदूरपश्चिम प्रदेशको नीति तथा कार्यक्रम : कृषिलाई प्राथमिकता

धनगढी । सुदूरपश्चिम प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०७८/७९ का लागि नीति तथा कार्यक्रम बिहिबार प्रदेश सभामा प्रस्तुत भएको छ । सुदूरपश्चिम प्रदेश प्रदेश प्रमुख...

दाइजोमा ग्यास चुल्हाे र सिलिन्डर नल्याएकाे भन्दै श्रीमतीलाई निर्घात कुटपिट

  सर्लाही ।  दाइजोमा ग्यास चुल्हो र सिलिन्डरलगायत सामग्री नल्याएको भन्दै सर्लाहीमा एक युवकले  नवदुलहीमाथि निर्घात कुटपिट गरेका छन् । दाइजोमा ग्यास चुल्हो र सिलिन्डर नल्याएको...

हिमाल सागर असारदेखी अमेरिकामा कन्सर्टमा सहभागी हुने

  काठमाडौं । अमेरिकामा एकल सांगीतिक कार्यक्रम गर्न गएका गायक हिमाल सागरले त्यहाँ कोरोनाको महामारीका कारण कन्सर्ट गर्न पाएका थिएनन् । अब भने यही ५...

जन्मदिनमा अस्पताललाई स्वास्थ्य सामग्री

  चापागाउँ (ललितपुर) । समाजसेवी अमृत खड्काले आफ्नो जन्मदिनको अवसरमा पारेर पाँच स्वास्थ्य केन्द्रलाई सामग्री सहयोग गरेका छन् । कल्पना क्राङ्खटमार्फत तत्कालीन शैंबु गाविस अध्यक्षसमेत रहेका...

ट्रेन्डिङ

५१५३ मा संक्रमण पुष्टि, १०८ जनाकाे निधन

  काठमाडाैं । पछिल्लो २४ घण्टामाथप ५१५३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ भने १०८ जनाको मृत्यु भएको छ । कोरोना भाइरस संक्रमणबाट हालसम्म मृत्यु...

मिर्गौला रोगबाट विद्यार्थीको मृत्यु

झापा । झापाको मेचीनगर नगरपालिका–९ की १७ वर्षीया विद्यार्थी अरिस्ता परियारको मिर्गौला रोगका कारण मृत्यु भएको छ । परिवारको आर्थिक अवस्था कमजोर भएका कारण मिर्गौला...

बैतडीमा ट्याक्टर दुर्घटना हुुँदा चालकको मृत्यु

बैतडी । यहाँ आज ट्याक्टर दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा दोगडाकेदार गाउँपालिका–८ का ट्याक्टर चालक २६ वर्षीय नरेशबहादुर विष्ट...

पुनर्कर्जा कोषको सीमा बढ्यो, कोरोना प्रभाव कम गर्न केन्द्रीय बैंकले ल्यायो यस्तो सुविधा

काठमाडौं । पुर्नकर्जा कोषको सीमा बढेको छ । केन्द्रीय बैंकले कोरोनाको प्रभावका कारण मुलुकको अर्थव्यवस्थामा परेको प्रभावलाई न्यूनीकरण गर्ने लक्ष्यका साथ उक्त कोषको सीमा...

वरुण / नताशाको विवाहमा जम्मा ५० जनालाई निम्ता

मुम्बई । कोरोनाका कारण सामाजिक दुरी कायम गर्दै विवाहमा ५० जना भन्दा बढी व्यक्तिहरु सामिल हुन नपाउने भएपछि बलिउड अभिनेता वरुण धवन अहिले दुःखी...

थप ३४८ जनामा कोरोना संक्रमण, ४ जनाको मृत्यु

काठमाडौँ । थप ३४८ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । पछिल्लो समय ४ हजार ९५६ जनाको पिसिआर परीक्षण गरिएको थियो । थपिएका...

नेपाल रत्न तथा आभूषण संघको अध्यक्षमा पुनः ज्योत्सना

काठमाडौं । नेपाल रत्न तथा आभूषण संघको अध्यक्षमा पुनः ज्योत्सना श्रेष्ठ निर्वाचित भएकी छन् । शनिबार राजधानीमा सम्पन्न संघको १६औं वार्षिक साधारण सभा तथा...

ठूला आन्तरिक विमानस्थलको धमाधम विस्तार

काठमाडौं । मुलुकको हवाई उड्डयन क्षेत्रको बढ्दो आकर्षण र खड्किएको पूर्वाधार विस्तारका लागि नियामक नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले ठूला आन्तरिक विमानस्थलको धमाधम विस्तार...

उद्यमीलाई वित्तीय साक्षरता तालिम दिइने

काठमाडौं । घरेलु तथा साना उद्योग व्यवसायी महासंघले उद्यमीलाई वित्तीय साक्षरता तालिम दिने भएको छ । राष्ट्रिय बाणिज्य बैंक र एनएनबी बैंकको सहयोगमा महासंघले...

धनुषाका २ जना प्रहरीमा कोरोना संक्रमण

जनकपुरधाम । धनुषामा फेला परेका कोरोना संक्रमित मध्ये २ जना नेपाल प्रहरीमा कार्यरत रहेका छन् । ती प्रहरीहरू नगराईन नगरपालिकाको गंगुलीस्थित क्वारेन्टाइनमा नै ड्युटी...

अस्पतालले भर्ना लिन नमान्दा युवाको मृत्यु

जनकपुरधाम । धनुषामा एक युवाले उपचार नपाएरै मृत्युवरण गरेका छन् । धनुषाको मिथिला नगरपालिका घर भई ससुराली बटेश्वरमा करिब एक सातादेखि बस्दै आएका ४०...

प्याकु-यालको संस्मरण ‘आफैंलाई खोज्दा’को लोकार्पण

काठमाडौं । ‘मान्छेले आफ्नो जीवनका भिन्नभिन्न कालखण्डमा निर्वाह गर्नुपरेका भूमिकामाथि न्याय गर्नु भनेको ती कुनै पनि भूमिकामा आफूलाई मिसाउँदा आफ्नो मौलिकतालाई कायम राख्न सक्नु...

ई-पेपर

1

RAJDHANIDAILY VIDEO

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 170 times, 1 visits today)